जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको दुर्गा मेडिकल औषधी ब्यवस्था बिभागद्धारा पुनःशिल

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलामको दुर्गा मेडिकल औषधी ब्यवस्था बिभागद्धारा पुनःशिल

  इलाम: इलाम बजारको दुर्गा मेडिकललाई मंगलबार पुनःसिल गरिएको छ । औषधि ब्यवस्था विभाग बिराटनगरका फार्मेसी निरिक्षक दिपेन्द्र खडकाको नेतृत्वमा आएको अनुगमन टोलिले सिल गरेको हो । डा. राम कुमार धगौड़ाले किनेको उक्त दुर्गा मेडिकललाई ७ दिन भित्र नियम अनुसार औषधि ब्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिँदै शिल गरिएको हो ।

त्यस्तै अनुगमनले इलाम अस्पताल नजिकैको आदर्श फार्मेसी तथा पोलिक्लिनिकबाट syrup. Heptarange नामको औषधि जफत गरेको छ । उक्त टोलिले चुलाचुली गाउपालिका वडा नम्बर ४ आइत’bout बजारस्थित पाथिभरा औषधि पसललाई पनि शिल गरेको छ । सम्बन्धित निकायबाट अनुमती नलिइ सञ्चालन गरेको पाएपछी सिल गरेको हो ।

निरिक्षक खड्काले स्थानिय निकायमा मात्रै दर्ता गरेर टिकाराम घिमिरेले सञ्चालन गरेको उक्त पाथिभरा औषधि पसलसम्बन्धित निकायबाट अनुमती पत्र समेत नलिइ सञ्चालन गरेकोले शिल गरिएको बताए । उक्त पसलले औषधि ब्यवस्था विभागबाट इजाजत पत्र लिएर स्थानीय प्रशासनको रोहोबरमा मात्रे सिल खोल्न पाउने छ । केहि दिन अघि जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको नेतृत्वमा भएको अनुगमनले पनि दुर्गा मेडिकलमा ताला लगाएको थियो । सञ्चालकलाई बोलाउँदा सञ्चालक नआएको र पहिले देखिनै पटक पटक निर्देशन दिँदा पनि नटेरेपछि मेडिकलमा ताला लगाइएको हो । ताला लगाएको केहिदिनमा दुईलाख रुपैयाँ जरिमाना समेत गरिएको थियो ।

TOP