प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाममा नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियान शुभारम्भ

  • प्रकाशित मितिः June 14, 2026
  • हाम्रो पालिका
इलाममा नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियान शुभारम्भ

इलाम : नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियानको शुभारम्भ गरिएको छ । साउन २० गतेदेखी ३० गतेसम्म सञ्चालन हुने अभियान केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, वडा र टोलटोलमा बिभिन्न कार्यक्रम हुनेछन् ।अभियान अन्तरगत नेपाली कांग्रेसले समाज परिवर्तनमा गरेका राम्रा कामको प्रचार हुनेछन् । कांग्रेस सरकारमा हुँदा गरेका राम्रा कामको चर्चा समेत गर्न अभियान थालिएको बताइएको छ । प्रत्येक जिल्लामा प्रतिनिधि खटाइएका छ । इलाममा केन्द्रीय सदस्य डा डिला संग्रौलालाई खटाइएको छ ।

जिल्ला समन्वय समिति इलामको सभाहलमा अभियानको शुभारम्भ गरिएको छ । इलाम जिल्लाका सबै कार्यक्रम तय गरिने पाटी सचिव पुर्णप्रसाद गौतमले बताए । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि इलाम सहित देशैभर आन्तरिक विशेष अभियान सुरू गरेको हो । साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य संग्रौलाले पार्टीको सुदृढीकरणका लागि यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । अभियानको समयमा जिल्ला स्तरमा जिल्ला समिति क्षेत्रीय समिति, प्रदेश समिति, पालिका तथा वडा समितिहरुले गर्ने कार्यहरुको बारेमा छलफल समेत भएको थियो ।
पार्टीका जिल्ला उपसभापती खगेन्द्र देवानका अनुसार संगठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीको तल्लो तहहरूसँग छलफल गरेर आवश्यक रणनीति तय हुनेछ ।

पार्टीका जिल्ला सभापती डम्बर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभापतीद्धय केशब थापा, हिमालय कर्मचार्य, महासमिति, महाधिबेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य पार्टीका क्षेत्रीय सभापती एवं प्रदेश समितिका पदाधिकारी, भातृ संघ संगठनका प्रतिनिधि सहित पार्टीका अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुने केन्द्रिय सदस्य संग्रौलाले जानकारी दिइन् । कांग्रेसले यो वर्ष देशभर ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने नीति लिएको छ ।

२०७८ मा भएको १४ औं महाधिवेशनमा कांग्रेस क्रियाशिल सदस्य ८ लाख ४६ हजार पुगेका थिए । यो संख्या बढाउनका लागि केन्द्रमा भएको बैठकले पास गरिसकेको छ ।

TOP