जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम नगरपालिका क्षेत्रमा डेंगु रोग नियन्त्रण अभियान

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका क्षेत्रमा डेंगु रोग नियन्त्रण अभियान

फिक्क्ल: इलाम नगरपालिकामा डेंगु रोग रोकथाम र नियन्त्रणको लागि अभियान सुरु भएको छ ।शुक्रबार देखि इलाम नगरपालिका र स्वास्थ्य कार्यालय इलामको अगुवाइमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।
जनचेतनाको लागि साथै अन्य पाालिकामा पनि कार्यक्रम सञ्चालन गर्न सकिने भएकोले अभियान थालिएको स्वास्थ्य कार्यालय इलामका प्रवक्ता तथा डेंगु रोगका फोकल पर्सन विमल बरालले बताउनुभयो ।डेंगु रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानको खोजी गर्दै नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।
।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका उपप्रमुख विष्णु कुमारी दाहाल लिम्बु, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी, जनप्रतिनिधि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय बासीको सहभागिता रहेको थियो ।इलाममा हालसम्म २१ जना डेंगुका बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

TOP