जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

निःशुल्क कानूनी सेवा दिएर समुदायमा योगदान पु¥र्याउन कानुन व्यवसायिको जोड

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
निःशुल्क कानूनी सेवा दिएर समुदायमा योगदान पु¥र्याउन कानुन व्यवसायिको जोड


फिक्कल: कानुन व्यवसायलाई मर्यादित बनाउन राष्ट्र र समुदायमा स्वैच्छिक लगानी आवश्यक रहेको कानुन व्यवसायिहरुले औल्याएका छन् । इलाममा आयोजित स्वेच्छिक निशुल्क कानुनी सेवा ( प्रो वोनो ) सम्बन्धि प्रदेश स्तरिय अभिमुखिकरणमा समुदायमा निशुल्क सेवा दिएर त्यसको अभिलेखिकरण गर्नु आवश्यक रहेको व्यवसायिले बताएका हुन् । कार्यशाला उद्घाटन गर्दै नेपाल वार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विभिन्न कारणले बदनाम बन्दै गएको कानुन व्यवसायलाई मर्यादित बनाउन समुदायमा सेवा पुर्याउन जरुरी भएको बताउनुभयो । उहाँले कानुन व्यवसायिले विना शुल्क पनि सेवा दिइरहेको तर त्यसको मुल्याकन गर्ने पद्धती नभएकाले पनि समस्या रहेको औल्याउनु भयो ।
अभिमुखिकरणमा बरिष्ठ कानुन व्यवसायिहरु नेपाल वार एसोसिएसनका पुर्व अध्यक्ष प्रेम बहादुर खड्का, महासचिव अनिता खनाल, उपाध्यक्ष सुरज खत्री, पुर्व उपाध्यक्ष इश्वरी प्रसाद भट्टराई, जे वी लुड.्गेली, तारानाथ पराजुली, सुर्योदय नगरका वडा सदस्य उमेश पोख्रेल समेतका वक्ताले वकालत पेशामा लागेको धव्वालाई समुदायमा रहेर मर्यादित बनाउनु पर्ने बताउनुभयो ।
नेपाल वार का इलाम इकाई अध्यक्ष उत्तम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा मोरड., सुनसरी, इलाम पाँचथर, ताप्लेजुड.का कानुन व्यवसायिहरुको सहभागिता रहेको छ । इलामको श्रीअन्तुमा भइरहेको कार्यक्रम दुइ दिन सम्म संचालन हुने भएको छ ।

TOP