जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

निःशुल्क कानूनी सेवा दिएर समुदायमा योगदान पु¥र्याउन कानुन व्यवसायिको जोड

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
निःशुल्क कानूनी सेवा दिएर समुदायमा योगदान पु¥र्याउन कानुन व्यवसायिको जोड


फिक्कल: कानुन व्यवसायलाई मर्यादित बनाउन राष्ट्र र समुदायमा स्वैच्छिक लगानी आवश्यक रहेको कानुन व्यवसायिहरुले औल्याएका छन् । इलाममा आयोजित स्वेच्छिक निशुल्क कानुनी सेवा ( प्रो वोनो ) सम्बन्धि प्रदेश स्तरिय अभिमुखिकरणमा समुदायमा निशुल्क सेवा दिएर त्यसको अभिलेखिकरण गर्नु आवश्यक रहेको व्यवसायिले बताएका हुन् । कार्यशाला उद्घाटन गर्दै नेपाल वार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विभिन्न कारणले बदनाम बन्दै गएको कानुन व्यवसायलाई मर्यादित बनाउन समुदायमा सेवा पुर्याउन जरुरी भएको बताउनुभयो । उहाँले कानुन व्यवसायिले विना शुल्क पनि सेवा दिइरहेको तर त्यसको मुल्याकन गर्ने पद्धती नभएकाले पनि समस्या रहेको औल्याउनु भयो ।
अभिमुखिकरणमा बरिष्ठ कानुन व्यवसायिहरु नेपाल वार एसोसिएसनका पुर्व अध्यक्ष प्रेम बहादुर खड्का, महासचिव अनिता खनाल, उपाध्यक्ष सुरज खत्री, पुर्व उपाध्यक्ष इश्वरी प्रसाद भट्टराई, जे वी लुड.्गेली, तारानाथ पराजुली, सुर्योदय नगरका वडा सदस्य उमेश पोख्रेल समेतका वक्ताले वकालत पेशामा लागेको धव्वालाई समुदायमा रहेर मर्यादित बनाउनु पर्ने बताउनुभयो ।
नेपाल वार का इलाम इकाई अध्यक्ष उत्तम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा मोरड., सुनसरी, इलाम पाँचथर, ताप्लेजुड.का कानुन व्यवसायिहरुको सहभागिता रहेको छ । इलामको श्रीअन्तुमा भइरहेको कार्यक्रम दुइ दिन सम्म संचालन हुने भएको छ ।

TOP