जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाममा आजबाट राष्ट्रिय परिचयपत्र वितरण

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलाममा आजबाट राष्ट्रिय परिचयपत्र वितरण

फिक्क्ल: जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।बिवरण पेश भई राष्ट्रिय परिचयपत्र छापिएर आए पछि प्रशासनले बितरण शुरु गरेको हो ।
पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनु भयो ।उहाले भन्नु भयो‘हामीले बिवरण पठाएका मध्ये पहिलो चरणमा पाँच सयको आएको छ, अरु अब क्रमश आउछ ।’
प्रजिअ पोखरेलका अनुसार परिचयपत्र लिन व्यक्ति स्वयम् ब्यक्ति नै उपस्थित हुनुपर्ने छ । प्रशासनले फिङ्गर प्रिन्ट रुजु गर्न र पिन नम्बर समेत रहेकाले परिचयपत्र लिन व्यक्ति नै आउनु पर्ने जनाएको छ ।
कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाईएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएकाको परिचयपत्र वितरण गरिने प्रशासनले जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रजिअ पोखरेल आए पछि कामलाई छिटो छरितो बनाईएको छ । सिफ्ट बिभाजन गरेर प्रशासनले बिहान समेत सेवाग्राहीलाई थप सुविधा दिदै आएको छ ।

TOP