Hamropalika menu advertisement

पर्यटनमन्त्री किराँतीद्वारा अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
पर्यटनमन्त्री किराँतीद्वारा अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण

इलाम: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण गरेका छन् ।मन्त्री किराँतीले सोमबार बिहान पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गरेका हुन् ।

पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गर्दै मन्त्री किराँतीले प्राकृतिको अनुपम उपहारका रुपमा रहेका पर्यटकीय क्षेत्रहरुको प्राकृतिक स्वरुपमा कुनै परिवर्तन नहुने गरी विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री किराँतीले पर्यटनको प्रबल सम्भावना रहेको यस क्षेत्रमा सदावहार पर्यटहरु आइरहरने वातावरण बनाउन सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।मन्त्री किराँतीले सिजन अनुसारको पर्यटन गतिविधिहरु संचालन गरेर पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भटटराई, नेपाल प्रहरी प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरीका इलाम प्रमुख द्रोण विष्ट, राष्ट्रिय अनुसन्धान केन्द्र उप निर्देशक विमल घिमिरे, मन्त्रीका स्वकीय सचिव नगेन्द्र भुजेल, नेकपा माओवादी केन्द्रका इलाम अध्यक्ष बिजय राई, प्रदेश कमिटि सदस्य प्रविन तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक इलाम आएका किराँतीले आइतबार साँझ इलामको सीमानाका पशुपतिनगरको अवलोकन र निरीक्षण गरेका थिए ।
मन्त्री किराँती सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को पारित नीति तथा कार्यक्रम र बजेटको सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन इलाम आएका हुन् ।

TOP