प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाम बजारको माइपोखरी डेन्टल र दुर्गा मेडिकललाई २ लाखका दरले जरिमाना

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलाम बजारको माइपोखरी डेन्टल र दुर्गा मेडिकललाई २ लाखका दरले जरिमाना

फिक्कल: इलाममा सञ्चालित माईपोखरी डेण्टल र दुर्गा मेडिकललाई २ लाखका दरले जरिमाना गराइएको छ । वन्लि फर हस्पिटल सप्लाई नामक औषधि बेचेको फेला परेपछि दुर्गा मेडिकल र माईपोखरी डेन्टललाई जरिवाना गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइराललाको नेतृत्वमा गएको अनुगमन टोलिले दुर्गा मेडिकल र माईपोखरी डेन्टलमा वन्ली फर हस्पिटल सप्लाई उल्लेख भएको बेटाडिन बिक्रीबिवरण भैरहेको फेला पारेको थियो ।
आइतबार कोईरालाको नेतृत्वमा स्वास्थ्य कार्यालय, इलाम नगरपालिका स्वास्थ्य शाखा, घरेलु कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलिले जरिमानाको लागि सात दिनको म्याद दिँदै पसलमै पुगेर पत्र थमाएको छ ।
उपभोक्ता मूल्य नरहेको उक्त औषधिमा जति पनि मूल्यमा बेचविखन हुने र यस्तो कार्य उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा १६ (२) क बमोजिम क्रियाकलाग भएको हुँदा उक्त ऐनको दफा ३८ (ङ) को कसुरमा दफा ३९ (१) ख बमोजिम दुईलाख रुपैया जरिवाना गरिएको सहायक प्रजिअ कोईरालाको भनाई छ ।
इलाम बजारमा भएका मेडिकलमा भएको अनुगमनको क्रममा सामान्य मापदण्ड पुरा नभएका औषधि पसल तथा मेडिकललाई समेत निगरानीमा राखिने भएको छ ।

TOP