जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पाटेनागीमा बृक्षारोपण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
पाटेनागीमा बृक्षारोपण


फिक्क्ल: इलाम नगरपालिकाको पर्यटकीय स्थल पाटेनागीमा गुराँसका बिरुवा रोप्ने अभियान शुरु गरीएको छ । जैविक विविधताले भरीपूर्ण पाटेनागीमा मासिँदै गएको गुराँसको संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण अभियानको काम शुरु गरीएको हो ।
इलाम नगरपालिकाको आयोजना र पाटेनागी पर्यटन प्रवद्र्धन विकास समितिको सहयोगमा गुराँसका विरुवा रोपन थालिएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकास राई, इलाम नगरपालिका प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख दिलिप घिमिरे, नेपाली सेना गणिथुम्का ब्यारेकका प्रमुख सुनिल सुवेदी, इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, वडाअध्यक्षहरु, पर्यटनकर्मी लगायतको उपस्थितिमा बिरुवा रोप्ने अभियान थालिएको नगर पालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिनु भयो । नगरपालिकाले उक्त क्षेत्रलाई गुराँसको जंगलका रुपमा बिकास गर्ने योजनाका साथ बिरुवा रोप्न थालिएको नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । उहाले उक्त क्षेत्रमा हजारौको संख्यामा बिभिन्न प्रजातीका गुराँसका बिरुवा रोपीने बताउनु भयो ।
इलाम नगरपालिकाले पर्यटकीय क्षेत्रको बिकास ,सौन्दयकरण, रैथाने जातका बोट बिरुवाको संरक्षण गर्दै वातावरणलाई स्वच्छ राख्ने निति अनुरुप वृक्षारोपण गर्दै आएको छ ।

TOP