जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सूर्योदय १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन

फिक्क्ल: इलामको सूर्योदय वडा नम्बर १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । सेवा केन्द्रको बिहिबार एक कार्यक्रमका बिच नगरप्रमुख रणबहादुर राईले उद्घाटन गर्नुभयो । उद्घाटनको अवसरमा ४५ जनाको निशुल्क प्रेसर जाँच गरिएको छ ।
राईले उक्त स्वास्थ्य सेवा केन्द्र भवन निर्माणमा सहयोग पुर्याउने सबैलाई नगरको तर्फबाट धन्यबाद दिनुभएको छ । विशेष गरी उक्त क्षेत्रको मूल समस्या खानिपानी भएको भन्दै उहाँले समस्या समाधानमा पालिका तल्लिन रहेको जनाउनु भएको छ । प्रमुख राईले ४० देखि ५० वर्ष उमेरका अविवाहित महिलाहरु र एकल महिलाहरुलाई पनि नगरले निशुल्क स्वास्थ्य बीमा गराउँदै आएको जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ केन्दमा चाँडै नै अनलाईन सिस्टम मार्फत बिरामीको डेटा संकलन गर्ने र रेफर सम्बन्धी काम गर्न सक्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ।

कार्यक्रममा उपप्रमुख दुर्गाकुमार बरालले सिंहदरवारको अधिकार फर्केर गाउँ गाउँमा आएको भन्दै यो विकास, स्थानिय सरकारबाट मात्र सम्भव भएको दावी गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले स्वास्थ्य चौकीमा बिरामीहरूको सहजताको लागि हाल ८२ प्रकारका औषधिहरू निशुल्क रुपमा बितरण गरिने बताउनु भयो । गर्भवती महिलाहरुलाई भिडियो एक्सरेको व्यवस्था मिलाई खान पानमा ध्यान दिन विशेष परामर्श दिईने अधिकृत भट्टराईले बताउनुभएको छ । व्यवस्थापन समिति गठन गरी समितिले थप कार्ययोजना बनाई सेवा केन्द्रलाई अझ गुणस्तरीय बनाईने उहाँको भनाई छ ।

कार्यक्रममा वडाध्यक्ष हेमराज आचार्यले यो विकासको लागि र यहाँको सेवा केन्द्रको लागि नगरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ। रोङगाउँपालिका र सूर्योदय १३ , १४ वडाका जनताहरुलाई स्वास्थ्य केन्द्रमा पायक पर्ने भएकाले सबैलाई लाभ लिन अनुरोध गर्नुभयो। यसैबिच वडाले स्वास्थ्य सेवा केन्द्र बनाउन जग्गा दान गर्ने दाताद्धय चूडामणि कटेल र युवराज आचार्यलाई सम्मान गरिएको छ । कार्यक्रमममा माधव भट्टराई ,टिका देवी गौतम, रिता परियार , इन्दिरा कटेल र प्रविन विसीले स्वागत गीत गाएका थिए ।
यो संगै सूर्योदयका १४ वटै वडामा आधारभूत स्वास्थ्य सुविधा पुगेको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।

TOP