जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

कतारमा गायिका सुनिता सम्मानीत

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
कतारमा गायिका सुनिता सम्मानीत

काठ्माण्डौ: कतारमा प्रवासी कटुवाल सेवा समाजले गायिका सुनिता कट्वाललाई सम्मान गरेको छ । प्रदेश १ का ११ जिल्लाका संस्थाहरुको संयुक्त आयोजनामा प्रदेश नम्बर १ समन्वय परिषद कतारको आयोजनामा गायिका कट्वाललाई प्रवासी कटुवाल सेवा समाजले सम्मान गरेको हो । कतारको मिसाईट स्थित अमाज क्याट्रीङ्को प्राङ्गणमा भएको सामुहिक बनभोज तथा सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट गएकी गायीका कट्वाललाई सेवा समाजले सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष सिताराम कटुवालको सभापतित्वमा तथा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गोपाल कटुवाल प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा कतारमा बिभिन्न संघ संस्थामा कार्यरत कटवालहरुको उपस्थिति रहेको थियो । संस्थाका महासचिव गोबिन्द कटुवालले औपचारिक संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष भरत कटुवालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सम्मान कार्यक्रममा संस्थाका सल्लाहकार तेज कटुवाल ,सल्लाहकार बिनोद कटुवाल, सल्लाहकार, छविरमण कटुवाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त सम्ममान कार्यक्रममा गायिका सुनिता कटुवालले प्रवासमा कटुवाल दाजुभाईले गरेको प्रगतिको खुलेर पंशसा गरेकी थिईन । उनले उक्त कार्यक्रममा अभिभावकत्व प्रदान गर्ने सबै कटवाल दाजुभाई प्रति धन्यवाद दिदै खुशी व्यक्त गरेकी थिईन ।

यस्तै उक्त अवसरमा गायिका कटवाललाई मोरङ ,सुनसरी , भोजपुर , धनकुटा सेवा समाज कतार लगायतका संघ संस्थाले समेत सम्मान गरेका थिए ।

TOP