जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

कतारमा गायिका सुनिता सम्मानीत

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
कतारमा गायिका सुनिता सम्मानीत

काठ्माण्डौ: कतारमा प्रवासी कटुवाल सेवा समाजले गायिका सुनिता कट्वाललाई सम्मान गरेको छ । प्रदेश १ का ११ जिल्लाका संस्थाहरुको संयुक्त आयोजनामा प्रदेश नम्बर १ समन्वय परिषद कतारको आयोजनामा गायिका कट्वाललाई प्रवासी कटुवाल सेवा समाजले सम्मान गरेको हो । कतारको मिसाईट स्थित अमाज क्याट्रीङ्को प्राङ्गणमा भएको सामुहिक बनभोज तथा सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट गएकी गायीका कट्वाललाई सेवा समाजले सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष सिताराम कटुवालको सभापतित्वमा तथा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गोपाल कटुवाल प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा कतारमा बिभिन्न संघ संस्थामा कार्यरत कटवालहरुको उपस्थिति रहेको थियो । संस्थाका महासचिव गोबिन्द कटुवालले औपचारिक संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष भरत कटुवालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सम्मान कार्यक्रममा संस्थाका सल्लाहकार तेज कटुवाल ,सल्लाहकार बिनोद कटुवाल, सल्लाहकार, छविरमण कटुवाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त सम्ममान कार्यक्रममा गायिका सुनिता कटुवालले प्रवासमा कटुवाल दाजुभाईले गरेको प्रगतिको खुलेर पंशसा गरेकी थिईन । उनले उक्त कार्यक्रममा अभिभावकत्व प्रदान गर्ने सबै कटवाल दाजुभाई प्रति धन्यवाद दिदै खुशी व्यक्त गरेकी थिईन ।

यस्तै उक्त अवसरमा गायिका कटवाललाई मोरङ ,सुनसरी , भोजपुर , धनकुटा सेवा समाज कतार लगायतका संघ संस्थाले समेत सम्मान गरेका थिए ।

TOP