जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पशुपतिनगरमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थलको उद्घाटन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
पशुपतिनगरमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थलको उद्घाटन

फिक्कल:
नेपाल भारत सीमा क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगारमा एकै पटक पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ्ग स्थलको उद्घाटन गरिएको छ ।बिहिबार सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई र नगर उपप्रमुख दुर्गा कुमार बरालले संयुक्त रुपमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ्ग स्थलको उद्घाटन गर्नु भएको हो ।

बाहय तथा आन्तारिक रुपमा नेपालमा आउने पर्यटकलाई धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र ,पर्यटकीय क्षेत्र लगायत यातयातकोको विषयमा जानकारी दिने उद्देश्यल सूचना केन्द्रको स्थापन गरीएको नगर प्रमुख राइृले जानकारी दिनु भयो ।
८० वटा सावारी एकै पटक पाकिङ गर्न सक्ने क्षमता भएको ट्याक्सी पार्किङ्ग ३ रोपनी ८ आना जमिनमा निर्माण भएको छ ।नगर प्रमुख राईले पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ्गको निर्माणले पर्यटन पर्यटन ब्यवसायी, यातायत ब्यवसायी, पर्यटकलाई सहज भएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बराल , प्रमुख प्रशासकीय अभिकृत मिलन भट्टराई , वडा नं. २ का वडाध्यक्ष डिक बम्जन लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

TOP