प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

व्यवसायीक क्षेत्रका समस्या समाधान गर्न सूर्योदय उद्योग वाणिज्य संघको माग

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
व्यवसायीक क्षेत्रका समस्या समाधान गर्न सूर्योदय उद्योग वाणिज्य संघको माग

इलाम : इलामको सूर्योदय नगर उद्योग वाणिज्य संघले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई उद्यमी व्यवसायीले भोगी रहेको समस्या समाधानका लागि पहल गर्न ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । संघले पशुपतिनगर नाकामा भारत तर्फ पनि अध्यागमन, पशु तथा कृषि क्वारेन्टाइन कार्यालय स्थापना गर्न आवश्यक पहल शुरु गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सरकारसंग माग गरेको अध्यक्ष प्रमोद राईले बताए ।

संघले पशुपतिनगर नाकामा रहेको भारतीय पक्षको भन्सार कार्यालय सञ्चालन गर्न माग गरेको छ । संघले भारतीय पक्षले भन्सार स्थापना नगरे सम्म नेपाली उद्यमी व्यवसायीलाई सहज रुपमा कारोबार गर्ने व्यवस्था गर्न माग गरेको छ । संघले भनेको छ ‘तत्काललाई नेपालबाट जाने कृषि उपज र अन्य सामग्री विक्रीका लागि सहजीकरण गनुपर्ने देखिएकाले आवश्यक समन्वाय र गुनासो सुन्ने व्यवस्था गर्न समेत हामी जोडदार माग गर्दछौ ।’

संघले पशुपतिनगरमा नेपाल राष्ट्र बैंकले सटही काउन्टरको तत्काल व्यवस्था गर्न माग गरेको छ । संघले भनेको छ ‘पछिल्लो समयमा नेपाली मुद्राको चरम अभाव देखिएको छ । सिमावर्ती क्षेत्र इलाममा भारतीय पर्यटक आउने, कृषि उपज भारतमा विक्रीबाट समेत भारतीय मुद्रा नै नेपाल भित्रिने गरेको सन्दर्भमा सबै मुल्यका भारतीय नोट सटहीको लागि व्यवस्था गर्न माग गर्दछौ ।’

संघले हाल बन्द रहेका सबै छोटी भन्सार कार्यालय सञ्चालनको प्रवन्ध गर्न माग गरेको छ । संघका अध्यक्ष प्रमोद राईको नेतृत्वमा संघका उपाध्यक्ष प्रज्वल प्रधान, महासचिव तोयानाथ भट्टराई, सदस्य राजु वराल सहितको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई भेटेपछि संघीय संसद महेश बस्नेत संग भेट गरेर सिमा क्षेत्रका समस्याका बारेमा छलफल गरेको थियो ।

बस्नेतले उद्यमी व्यवसायीका समस्यामा समाधान गर्न आफु उद्योग वाणिज्य संघसंगै रहने बताएका थिए । उनले पशुपतिनगरमा सटही काउण्टर स्थापना गर्ने लगायतका विषयमा निरन्तर पहल गरिरहेको बताए । संघले नगरका मुख्य बजारहरु फिक्कल, कन्याम, पशुपतिनगर लगायतका बजारहरुलाई प्लानिङ गरेर व्यवस्थापनको काम शुरु गर्न माग समेत माग गर्दै आएको छ ।

पछिल्लो समयमा संघले नगरका १४ वटै वडामा रहेका उद्यमी व्यवसायीसंग वडामै पुगेर संवाद गरेको थियो । सो कार्यक्रममा १४ वडाका ६८२ जनाले सहभागिता जनाएका थिए । संघले सूर्योदय नगरपालिकाका उद्यमी व्यवसायीको अवस्था बारेमा पनि हालै स्थलगत अध्यायन गरेको थियो । सो अध्यायनमा ७४३ जना उद्यमी व्यवसायीले आफ्नो उद्योग व्यवसायको अवस्थाको बारेमा जानकारी उपलव्ध गराएको संघका उपाध्यक्ष प्रज्वल प्रधानले जानकारी दिए ।

उपाध्यक्ष प्रधानले भने ‘अध्यायन र संवादका क्रममा सिमावर्ती पशुपतिनगरनाका र सिमा क्षेत्रका वडाहरुमा देखिएका समस्याहरु समाधानका लागि तत्काल सरोकारवाला निकायले काम शुरु गर्नुपर्ने देखिएको छ ।’ संघले अध्यायनका क्रममा देखिएका समस्या समाधान गर्न स्थानीय प्रशासनलाई ज्ञापन पत्र मार्फत आग्रह गरेको संघका अध्यक्ष प्रमोद राईले जानकारी दिए ।

TOP