प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

राष्ट्रपति रनिङ शिल्डको आयोजना र व्यवस्थापनमा इलाम कोशी प्रदेशकै उत्कृष्ठ

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
राष्ट्रपति रनिङ शिल्डको आयोजना र व्यवस्थापनमा इलाम कोशी प्रदेशकै उत्कृष्ठ

इटहरी: कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले सुनसरीको इटहरीमा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति इलामलाई सम्मानित गरेको छ ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्य तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति इलामलाई १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा कोशी प्रदेशकै उत्कृष्ठ घोषित गर्दै सम्मान गरिएको हो ।
त्यसैगरी झापा जिल्ला खेलकुद विकास समितिलाई कोशी प्रदेशको उत्कृष्ट जिल्ला खेलकुद विकास समितिको रूपमा सम्मान गरिएको कार्यक्रममा १३ औँ राष्ट्रपति रनिङ शिल्ड लगायत विभिन्न खेलका खेलाडी र अफिसियललाई सम्मान गरिएको छ ।
कार्यक्रममा यस वर्ष कोशी प्रदेश सरकारले खेलकुदमा विनियोजन गरेको बजेट अपर्याप्त भएको भन्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बजेटको खाका सहित बजेट पुनरावलोकनको लागि पूर्व मुख्यमन्त्री राजेन्द्र राईलाई अनुरोध गर्नुभएको छ ।
सदस्य सचिव वाग्लेले कोशी प्रदेशमा खेलकुद मास्न आएको भन्दै पूर्व सामाजिक विकास मन्त्री बुद्धिराज भण्डारीलाई भष्मासुर नामाकरण गरिदिएको टिप्पणी गर्नुभएको छ । सरकार र बोर्ड विचको विवादमा सदस्य सचिव वाग्लेलाई हटाउने निर्णय गरेका पूर्व मन्त्रीलाई सदस्य सचिव वाग्लेले मन्तब्यभर भष्मासुर भनि सम्बोधन गर्नु भएको थियो ।
त्यसैगरी पूर्व मुख्यमन्त्री राजेन्द्र राईले हिक्मत कार्की नेतृत्वको सरकारले खेलकुदलाई अन्याय गरेको भन्दै विनियोजित बजेट अपर्याप्त भएको भन्दै पुनरावलोकन गर्न सहयोग गर्ने ठाउँ भएको खण्डमा सहयोग गर्ने बताउनु भएको थियो । हालै सम्पन्न प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा खेलाडीको दर्शक र पत्रकार सँगको विवाद बारे टिप्पणी गर्दै पूर्व मुख्यमन्त्री राईले खेलाडीलाई समेत अनुशासनमा रहन आग्रह गर्नुभएको थियो ।

TOP