जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक

इलाम: छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक भएको छ । ठुलो टुडिखेलमा संचालन हुने प्रतियोगिता संचालन हुनेछ । लिग लिडर मछिन्द्र सहित १० टिम सहभागी हुने प्रतियोगिताको उद्धघाटन खेलमा फागुन १५ गते कोहिमा ईगल फुटबल क्लब नागाल्यान्ड भारतले गोर्खा ब्वाईज क्लब रुपन्देहीसंग पहिलो प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी फागुन १६ गते आयोजक माईभ्याली फुटबल क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबिच दोश्रो प्रि–क्वाटरफाइलनको लागी प्रतिस्पर्धा हुनेछ ।
पहिलो क्वाटरफाइनल खेलमा फागुन १७ गते मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ र झापा–११ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । फागुन १८ गते पहिलो संस्करणको बिजेता ए डिभिजन क्लब त्रिभुवन आर्मीले अर्को ए डिभिजनको क्लब संकटाको सामना गर्दैछ । तेश्रो क्वारटफाइनल खेलमा फागुन १९ गते नागाल्यान्ड र रुपन्देही बिचको बिजेताले शहिद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
अन्तिम क्वाटरफाइनल खेलमा फागुन २० गते माईभ्याली र सिक्किमबिचको बिजेताले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । फागुन २१ र २२ गते हुने सेमीफाइनल खेलका बिजेता र उपविजेता बिच फागुन २४ गते फाइनल खेल हुने तय भएको छ । यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् । गोल्डकपको टाइटल स्र्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

TOP