जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको मंगलबारे–कमेरे सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्दै सडक निर्माण गर्ने सहमती

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको मंगलबारे–कमेरे सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्दै सडक निर्माण गर्ने सहमती


फिक्कल
इलामको मङलबारे पुङ्फुङ सडक अन्तर्गत देउमाइखोला – कमेरे खण्डको सडक निर्माणमा भएका कमीकमजोरी सुधार गरेर काम गर्ने सहमती भएको छ ।
बुधबार जिल्ला समन्वय समिति उप प्रमुख चित्रकला बराईलीको नेतृत्वमा भएको अनुगमनका क्रममा समन्वय समिति , फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधि , निर्माण ब्यवसायी र स्थानीय बिचमा भएका कमीकमजोरीको सुधार गर्दै सडक निर्माण कार्य सम्पन्न गर्ने सहमती भएको हो ।
स्थानीयले कमसल काम भएको गुनासो गरेपछि समन्वय समितिको अगुवाईमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केहि स्थानमा सडकको ग्राभेल उक्कीएको पाईएको उप प्रमुख बराईलीले जानकारी दिनु भयो । उहाले उक्कीएको ठाउँमा ग्राभेल थप्ने र मौसममा सुधार आए पछि मात्र सडक कालोपत्रे गर्ने सहमती भएको जानकारी दिनु भयो ।
उप प्रमुख बराइली सहित फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई , निर्माण ब्यवसायी सन्तोष कट्वाल , प्राविधिक सहित स्थानीय सरोकारवाला बिच सडक निर्माण भैरहेको कमेरेमा छलफल भएको थियो ।
छलफलमा निर्माण ब्यवसायी कटवालले सडक निर्माणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्दै जाने , कमसल भनीएका स्थानमा थप सुधार गरेर मात्र कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
मंगलबारे कमेर ९ दशमलब ५ किलोमिटर र इभाङ क्षेत्रको १३ दशमलब २ किलोमिटर सडक भ्याट बाहेक ५२ करोड ९४ लाखमा गुजुमुखी जेभीले ठेक्का सम्झौता गरी काम गरीरहेको छ । सडकको नाली र ग्राभेलको काम सम्पन्न भई कालोपत्रे हुने क्रममा रहेको छ । जस मध्ये ६ किलोमिटर कालोपत्रे भैसकेको छ । एडीबीको आर्थिक सहयोगमा प्रदेश सरकार मार्फत उक्त सडकको निर्माण भैरहेको छ । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले गुणस्तरीय काम गराउनका लागि गाउँपालिकाले निरन्तर पहल गरीरहेको जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले निर्माण ब्यवसायी संग सरोकारवाला बिच सहमति भैसकेकाले गुणस्तरीय काम हुँनेमा आफु ढुक्क् रहेको बताउनु भयो ।

TOP