जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाममा चिया बिषयको पढाइ हुँने

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलाममा चिया बिषयको पढाइ हुँने

फिक्कल: चिया रोपण सुरु भएको १६० वर्षपछि नेपालमा पहिलो पटक इलाममा चिया बिषय पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यस शैक्षिक सत्र देखि चिया बिषयको पाठ्यक्रम तयार गरी पढाइ शुरु गर्ने भएको हो ।
इलामको सूर्योदय नगरपालिकामा शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीबीच चिया प्रविधिसम्बन्धी छलफल गरी चिया बिषय पढाई हुँने जानकारी दिएको छ । चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताउनु भयो ।
यसैवर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई उक्त शिक्षामा सहभागी गराउने लक्ष्य रहेको छ । २० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधिमा समावेश गराइने बताइने भएको छ । चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । मन्त्रालयको सहयोगमा विद्यार्थीलनिशुलक अध्ययन गर्न पाउनेछन् ।
चियाको मुख्य क्षेत्र रहेको इलाममै चिया प्रविधि पढाइ हुँदा चिया क्षेत्रका लागि पनि उत्साहजनक विषय रहेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ नेपालमा विसं १९२० मा इलामबाट चिया रोपण कार्य सुरु भएको इतिहास छ । तर, अहिलेसम्म देशभरमै कतै पनि चियासम्बन्धी पढाइ भएको छैन । केहि बर्ष अघि झापामा चिया पढाई भए पनि अहिले उक्त कक्षा बन्द भैसकेको छ ।

TOP