जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

एसईई नतिजामा सूर्योदयको उत्कृष्ठ बन्यो पंचकन्या बोर्डिङ

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
एसईई नतिजामा सूर्योदयको उत्कृष्ठ बन्यो पंचकन्या बोर्डिङ

फिक्कल: एसईई नतिजा अनुासर सूर्योदय नगरपालिका १० को पंचकन्या बोर्डिङ स्कुल नगर क्षेत्रकै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ । एसईईमा यो पटक ३.८ जिपीए प्राप्त गर्ने जिल्लाका उत्कृष्ठ १६ जनामा सूर्योदय—१० स्थित पंचकन्या बोर्डीङ स्कुलकी सम्पदा ढकाल र सामना गर्ड्तौला परेका हुन । उक्त नतिजा सूर्योदय नगरपालिका भित्रका संस्थागत र सामुदायिक बिद्यालय मध्येकै उत्कृष्ठ नतिजा हो ।
पंचकन्याबाट यस पटक १७ जनाले एसईई परीक्षा दिएकोमा १७ जना नै ११ मा भर्ना हुँने भएका छन । नयाँ ब्यवस्थापनमा बिद्यालय संचालनमा ल्याईए पछि पंचकन्याले बर्षेनी नतिजालाई सुधार गर्दै आएको छ । यस शैक्षिक सत्रमा ३५० जना बिद्यार्थी भर्ना भएको पंचकन्याले नगरले तोके अनुसार मात्र शुल्क बिद्यार्थीबाट लिदै आएको छ । बिद्यालयका प्रिन्सीपल यादव अधिकारीले कक्षा र बिद्यार्थीको अवस्था हेरी नगर र प्याप्सनले निर्धारण गरीए भन्दा कम शुल्क लिने गरिएको जानकारी दिनु भयो ।
उहाले भन्नु भयो‘हामी केहि नयाँ अभ्यास गरीरहेका छौ, जसले बिद्यार्थीको चौतर्फी बिकास र सुधार हुँन थालेको छ ।’ पंचकन्याले बिद्यार्थीलाई कोरा किताबी ज्ञान मात्र नभएर बिद्यालयमा बिभिन्न समयमा अतिरिक्त क्रियाकलाप समेत गराउदै आएको छ ।
सूर्योदय नगर क्षेत्रमा सामुदायीक मध्येबाट सबैभन्दा बढी कृष्णाश्रम माविका पवन श्रेष्ठले ३.७५ जिपीए ल्याएका छन् । फिक्कल माविका एकजनाले ३.७० जिपीए प्राप्त गरेका छन् । ३.६५ जिपीए प्राप्त गर्नेमा नर्वदा कल्याण बोर्डीङ स्कुल मेहेलबोटे, हिमालय माध्यमिक विद्यालय गोर्खे, फिक्कल माध्यमिक विद्यालय र पञ्चकन्या बोर्डीङ स्कुल रहेका छन् ।
१४ वटा सामुदायीक र १५ वटा संस्थागत गरि हाल सूर्योदयमा मावि तहका २९ वटा विद्यालय छन् । यसबर्ष यहाँका ७१८ जनाले एसईई परिक्षा लेखे । सामुदायीकका ४२७ र संस्थागतका २५१ ग्रेड ७१८ जनाले परीक्षा दिएकोमा १.६ जिपीए नपुगेका २४ जनाले ग्रेडवृद्धि परीक्षा लेख्नुपर्ने भएको छ । बाँकी विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने छन् । यस शैक्षिक सत्रबाट संस्थागत बिद्यालयको समेत नगरले अनुगमन गर्न थालेको छ ।

TOP