जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सूर्योदय ११ को भट्टराई कृषि फर्मलाई २ लाख रुपैयाँ जरिवाना,३२ बोरा रासायनिक मल नियन्त्रणमा

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
सूर्योदय ११ को भट्टराई कृषि फर्मलाई २ लाख रुपैयाँ जरिवाना,३२ बोरा रासायनिक मल नियन्त्रणमा

इलाम: रासायनिक मल अनाधिकृत रूपमा बेच्ने इलामका अर्का पसले पनि कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले सूर्योदय नगरपालिका ११ को भट्टराई चिया, कुचो, अदुवा, आलु कृषि व्यवसाय फार्मलाई २ लाख रुपैयाँ जरिवाना गराएको हो। उक्त फार्म स्थानीय लेखनाथ भटराईले संचालन गर्दै आएका छन ।

फार्मले अनाधिकृत रूपमा बेच्दै गरेको ३२ बोरा मलसमेत नियन्त्रणमा लिइ सूर्योदय नगरपालिकालाई बुझाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले अनुमति नै नलिइ अनाधिकृत रूपमा मल बिक्री भइरहेको पाएपछि अनुगमन तीव्र बनाइएको जानकारी दिए।

केही दिनअघि इलाम बजारको कृषि बिज भण्डारले सहकारीमार्फत् अनुदानको मल ल्याएर बिक्री गर्न लागेको पाइएपछि २ लाख रुपैयाँ जरिमाना गरिएको थियो । यो पसलबाट ५२ बोरा मलसमेत जफत गरी इलाम नगरपालिकालाई जिम्मा लगाइएको थियो।

TOP