जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय ११ को भट्टराई कृषि फर्मलाई २ लाख रुपैयाँ जरिवाना,३२ बोरा रासायनिक मल नियन्त्रणमा

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदय ११ को भट्टराई कृषि फर्मलाई २ लाख रुपैयाँ जरिवाना,३२ बोरा रासायनिक मल नियन्त्रणमा

इलाम: रासायनिक मल अनाधिकृत रूपमा बेच्ने इलामका अर्का पसले पनि कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले सूर्योदय नगरपालिका ११ को भट्टराई चिया, कुचो, अदुवा, आलु कृषि व्यवसाय फार्मलाई २ लाख रुपैयाँ जरिवाना गराएको हो। उक्त फार्म स्थानीय लेखनाथ भटराईले संचालन गर्दै आएका छन ।

फार्मले अनाधिकृत रूपमा बेच्दै गरेको ३२ बोरा मलसमेत नियन्त्रणमा लिइ सूर्योदय नगरपालिकालाई बुझाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले अनुमति नै नलिइ अनाधिकृत रूपमा मल बिक्री भइरहेको पाएपछि अनुगमन तीव्र बनाइएको जानकारी दिए।

केही दिनअघि इलाम बजारको कृषि बिज भण्डारले सहकारीमार्फत् अनुदानको मल ल्याएर बिक्री गर्न लागेको पाइएपछि २ लाख रुपैयाँ जरिमाना गरिएको थियो । यो पसलबाट ५२ बोरा मलसमेत जफत गरी इलाम नगरपालिकालाई जिम्मा लगाइएको थियो।

TOP