जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाममा ट्राफिक सप्ताहको शुभारम्भ

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाममा ट्राफिक सप्ताहको शुभारम्भ

इलाम : सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बाल बालिकाहरुलाई ट्राफिक सम्बन्धी जनचेतनामुल्क सन्देश प्रबाह गर्दै ‘ट्राफिक सप्ताह २०८०’ शुभारम्भ गरेका हुन । प्रमुख जिल्ला अधिकारी पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रु र चालक दुबै सचेत हुनुपर्ने बताए ।

आजदेखि सुरु भएको अभियान असार २५ गतेसम्म सञ्चालन हुनेछ । ट्राफिक सप्ताह सुभारम्भको अबसर पारेर एक जना असल चालकलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, जेव्राक्रसबाट बाटो काट्ने यात्रीलाई प्राथमिकता दिऔँ’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरि समेत गरिएको थियो । इलामको ठुलो टुडिखेल बाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गर्दै गौतम बुद्ध सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभातफेरिमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, सरकारी निकायका प्रमुख लगायतको सहभागीता थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिपक दुलालले यो सप्ताहमा ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने लगायत काम गरिने जानकारी दिए ।

TOP