खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

इलाममा ट्राफिक सप्ताहको शुभारम्भ

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
इलाममा ट्राफिक सप्ताहको शुभारम्भ

इलाम : सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बाल बालिकाहरुलाई ट्राफिक सम्बन्धी जनचेतनामुल्क सन्देश प्रबाह गर्दै ‘ट्राफिक सप्ताह २०८०’ शुभारम्भ गरेका हुन । प्रमुख जिल्ला अधिकारी पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रु र चालक दुबै सचेत हुनुपर्ने बताए ।

आजदेखि सुरु भएको अभियान असार २५ गतेसम्म सञ्चालन हुनेछ । ट्राफिक सप्ताह सुभारम्भको अबसर पारेर एक जना असल चालकलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, जेव्राक्रसबाट बाटो काट्ने यात्रीलाई प्राथमिकता दिऔँ’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरि समेत गरिएको थियो । इलामको ठुलो टुडिखेल बाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गर्दै गौतम बुद्ध सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभातफेरिमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, सरकारी निकायका प्रमुख लगायतको सहभागीता थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिपक दुलालले यो सप्ताहमा ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने लगायत काम गरिने जानकारी दिए ।

TOP