जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम बजारबाट अनुदानको मल जफत, पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलाम बजारबाट अनुदानको मल जफत, पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना

इलाम : इलाममा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल बेच्ने कृषि बिज भण्डारलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सदरमुकामको मालापथमा भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक मल फेला परेपछि जरिमाना गराईएको हो ।

गएको बुधबार बजार अनुगमन गर्ने क्रममा उक्त कृषि विज भण्डारमा अनुदानको रासायनिक मल फेला परेपछि बिभिन्न संचार माध्यमले निरन्तर समाचार प्रकाशन गरिरहेको थियो ।

अनुदानको मल विक्री अनुमति बेगर नै मल बिक्रि गरेको पाइएपछि प्रशासनले मल गोदाम नै शिल गरेको थियो भने तीन दिनभित्रमा कागजात बुझाउन समय दिइएको थियो । म्याद असार १७ मा सकिँदासम्म पसलले मलको अधिकारिकताबारे कुनै प्रमाण दिन नसकेपछि आइतबार जरिमाना सहित गोदाममा राखिएको मल जफत गराएको छ ।

पराजुलीले सञ्चालन गरेको पसलमा अनुगमनमा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो । पसल सञ्चालकले झापाको चारआलीबाट मल ल्याएको भने पनि त्यससम्बन्धी कुनै पनि प्रमाण नभएपछि छानबिन गरिएको थियो । उता सहकारीलाई पनि छानबिन भइरहेको बताइएको छ ।

TOP