Hamropalika menu advertisement

रोङ गाउँपालिकाको बदमटारमा बुद्ध स्तम्भ

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकाको बदमटारमा बुद्ध स्तम्भ


गोबिन्द पौडेल:


इलामको रोङ गाउँपालिका २ को बदमटारमा बुद्ध स्तम्भ को निर्माण भएको छ ।तिनघरे बदमटार खुदुनाबारी सडक खण्डको बिचमा पर्ने बदमटारको बुद्ध चोकमा कोशि प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयको दश लाख र स्थानिय वासिहरुको करिव १ लाख पचास हजारको लागतमा करिव १५ फुट अग्लो स्तम्भ चारवटा सडक सेन्सर लाईट गेट निर्माण भएको हो भने चोकमा रहेको करिव तीन फिटको बिशेष धातु जडित बुद्धको मुर्तिलाई स्तम्भको चुचुरामा राखिने निर्माण समितिका अध्यक्ष कुलदिप खालिङले बताए ।उक्त बुद्ध चोकमा राखिएको बुद्धको मुर्ति यस अघिनै पुर्व प्रधानमन्त्रि झलनाथ खनालद्वरा प्राप्त भएको अध्यक्ष खालिङले बताए ।
चालु बर्षको बैशाख २२ गते बुद्धपुर्णीमाको दिन लामा गुरुहरुबाट धार्मिक बिधिपाठपुजा र मन्त्रोचारणअनुसार वडा न २ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेले शिलन्यास गरेर निर्माण थालिएको सो स्तम्भको निर्माण सम्पन्न भएपनि बिशेष शुभसाईतमा शिलन्यास गरिने निर्माण समितिका उपाध्यक्ष सन्त तामाङले बताए ।

TOP