जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अन्तुमा फोटो प्रदर्शनी

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अन्तुमा फोटो प्रदर्शनी

फिक्कल: पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र अन्तुमा फोटो प्रदर्शनी गरीएको छ ।
देशका बिभिन्न स्थानमा फोटो पदर्शनी गरीरहेको ‘अठोट नेपाल’ले अन्तुमा पर्यटन, संस्कृत , भेषभूषा र पर्यावरण झल्कीन ५० वटा फोटो प्रदर्शनी गरिएको हो ।
देशका विभिन्न स्थानमा खिचिएका नेपालको संस्कृति, कला, प्राकृतिक, वाइडलाइफका तस्बिर प्रदर्शनीमा राखिएको अठोट नेपालका संयोजक देवेन्द्र शाही ठकुरीले जानकारी दिनु भयो ।

फोटो प्रदर्शनीमा इलामको रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबो, सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई लगयात जनप्रतिनिधि, स्थानीय पर्यटन ब्यवसायी नेपाल र भारतका संचारकर्मीले फोटोको अवलोकन गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष बिप्लव भट्टराईले एकै ठाउँमा रहेर नेपाल झल्कने तस्विर अवलोकन गर्न पाएको बताउनु भयो ।
फोटो प्रदर्शनीमा रोङ गाउँपालिका अध्यक्ष स्याङबोले फोटोका माध्यमबाट प्रर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।अठोट नेपालले यसअघि हेटौँडा र जनकपुरमा मा फोटो प्रदर्शनी गरेको थियो।

TOP