प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको रोङ पूर्ण खोप गाउँपालिका बन्दै

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
इलामको रोङ पूर्ण खोप गाउँपालिका बन्दै

गोबिन्द पौडेल:

इलामको रोङ गाउँपालिका पूर्ण खोप गाउपालिका बन्ने भएको छ ।जन्मे देखी १५ महिना सम्म राष्ट्रिय खोप तालिका अनुसार बिभिन्न १३ वटा रोगको बिरुद्ध नौ वटा खोप लगाइने नियमित राष्टिय अभियान अनुसार दिइने र यदि नियमित खोप अभियानमा कुनैपनि खोप छुटेमा सोह्र देखी ५९ महिना भित्र खोज र खोप अभियान अन्र्तगत खोपकोे सुनिश्चित गरेपछि पूर्ण खोपको घोषणा गर्न सकिनेछ ।
रोङ गाउँपालिकाले गत चैत्रमा सबै वडामा स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेविका जनप्रतिनिधिको समिति निमार्ण गरी घर धुरी सर्भेक्षण गरेर खोप अभियान संचालन गरी छुटेका बालवालिकालाई बैशाख १५ र बैशाख ३१ गते खोप लगाइएको थियो ।
खोपकार्ड नभएका बालवालिकालाई खोपकार्ड बितरण समेत गरेको थियो । खोप लगाइ सकेपछि पालिका स्तरीय खोप समन्वय समितिले प्रत्येक वडाको पन्ध्र पन्ध्र घर धुरी सर्भेक्षण गरी सबै बालवालिकाले खोप लगाएको एकिन भएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा हुदा रोङको सबै वडा पूर्ण खोप युक्त वडा घोषण भइसकेकोले आगामी असार १९ गते रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका दिगोपना सुनिश्चि हुन लागेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
बाल मृत्युदर र अपाग्ङता घटाउन नेपालमा २०३४ सालवाट बिस्तारित खोप शुरुआत गरिएको थियो । बि सं २०२१ सम्म पूर्ण खोप सुनिश्चितता र दिगोपन भएको देश बनाउने लक्ष्य अनुसार सोह्र हजार भन्दा बढी खोपकेन्द्रवाट नियमित खोप सेवा दिइने गरिएको छ । मुलुक संघिय संरचनामा गएपछि स्वास्थ्य सेवामा थप बिकेन्द्रिकृत बनेर निशुल्क स्वास्थ्य सेवा लिनेको संख्या बढीरहेको छ । सेवाको बिस्तारवाट मानव बिकाश सूचांक बृद्धि भइ सरकारले अवलम्वन गरेको नितीले लक्ष्यमा सघाउ पुगेर बिकाशको गतिमा फड्को मार्ने छ ,जनसांखीकीय सभेक्षण २०११ का अनुसार करिव ७८ प्रतिसत बालवालिकाले पूर्ण खोप पाएका छन् भने ३ प्रतिसतले कुनै खोप नपाएको तथ्याङ रहेको छ ।

TOP