कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

कृष्णाश्रम माबिमा भित्ते पत्रिका तथा आर्ट ग्यालेरी सार्वजनिक

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
कृष्णाश्रम माबिमा भित्ते पत्रिका तथा आर्ट ग्यालेरी सार्वजनिक

कन्याम: श्रीकृष्णाश्रम माध्यमिक विद्यालयमा रहेको श्रीकृष्णाश्र बाल क्लबद्वारा विविध कार्यक्रम गरि त्रैमासिक भित्ते पत्रीका सार्वजनिक गरेकोछ। इलामको सूर्योदय नगरपालिका बालमैत्री नगरपालिका रहेको र यश नगरपालिकामा रहेको विभिन्न बाल क्लबले विविध कार्यक्रम गर्दै आइरहेकोछ। यसै अन्तर्गत सूर्योदय नगरपालिका वडा न. ७ स्थित श्रीकृष्णाश्रम माध्यमिक विद्यालयमा रहेको श्रीकृष्णाश्रम बाल क्लबले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न विभन्न प्रकारका कार्यक्रम गर्दै आइरहेकोछ।
क्लबले राष्ट्रिय धान दिवसको अवसर पारेर भित्ते पत्रीका बाल प्रतिभाको चौथो अङ्क सार्वजनिक हो । बालक्लबका अध्यक्ष क्यारोल थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी विध्यालयको सहायक प्रधानाध्यापक सुमन परियार रहनु भएको थियो । उक्त त्रैमासिक पत्रीकामा विध्यार्थीका लेख रचना प्रकशित हुने गर्दछन । यस अङ्कदेखी बाल प्रतिभा आर्ट ग्यालेरी समेत प्रकाशन गर्न थालिएकोछ । धनवीर तामाङ सम्पादक रहेको उक्त पत्रीकामा प्रकाशित उत्कृष्ट लेख रचनालाई पुरस्कृत समेत गर्ने गरिएकोछ । अङ्क तीनबाट उत्कृष्ट नेपाली कवितामा कक्षा ७ का श्रेया घिमिरे अङ्ग्रेजी कवितामा कक्षा ५ का यमुना गिरि र उत्कृष्ट पेन्टिङमा कक्षा १० का अनुपम पोख्रेलले पुरस्कार प्राप्त गरेका छन ।
श्रीकृष्णाश्रम बाल क्लबको पुनर्गठित नयाँ समितिलाई स्वागत तथा पदभार ग्रहण गराईएकोछ । यसका साथै विद्यालयमा अन्तर सदन माध्यमिक तह र आधारभूत तह अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकोछ । बाल क्लबकी सचिव रचना कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन बाल क्लबका संरक्षक शिक्षक दिपेन्द्र आचार्यले गर्नुभएको थियो।

TOP