जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको कृषि बीज भण्डारको गोदाममा सिलबन्दी

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको कृषि बीज भण्डारको गोदाममा सिलबन्दी

गोपाल निरौला:

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइएको छ ।बास्तविक किसानले अनुदानको मल नपाईरहँदा सहकारीले विचौलियालाई बेच्ने गरेको पाइएको हो ।किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले आज (बुधबार) अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि विज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो । अनुदानको मल विक्री अनुमति नभएको पाइएपछि प्रशासनले मल गोदाम शिल गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी ध्र्र्रुव प्रसाद कोईरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजात सहित तीन दिन भित्रमा प्रशासनमा उपस्थित हुन विज भण्डारका संचालकलाई निर्देशन दिएको बताए ।कोईरालाले ताकिएको समयमा आवश्यक कागजपत्र नजुटाएमा कानुन बमोजिम कारबाही गरिने बताए । नेपालटामा रहेको सूर्यज्योति सहकारीले एक सय २० बोरा अनुदानको मल किसानलाई नदिई उक्त कृषि विज भण्डारलाई विक्री गरेको थियो ।कृषि सामाग्री कम्पनी इलामबाट यो सहकारीले तीन सय ७० बोरा यूरिया र एक सय ५२ बोरा डिएपी मल पाएको छ ।यता सहकारीका व्यवस्थापक अमर खत्रीले मल विक्री नगरेको भन्दै गोदाममा मात्र राखिएको बताए । तर खत्रीले राखिएको भनेको गोदामबाट कृषि विज भण्डारले खुलेआम चर्को मूल्यमा मल विक्री गरिरहेको प्रमाण फेला परेको छ ।उता अनुगमनको टोलीलाई भने कृषि विजका संचालकले झापाको चारआलीबाट मल खरिद गरेको बताएपनि उनले खरिद गरेको आवश्यक कागजपत्र देखाउन सकेनन् । कृषि सामाग्रीका अनुसार सहकारीले यूरिया ९ सय नौ र डिएपी २३ सय उन्सठ्ठी रुपैयाँ प्रतिबोरामा पाउँछन् ।तर केही सहकारीले सस्तो मूल्यको मल किसानलाई नभई विचौलियालाई बेच्ने गरेका हुन् । पछिल्लो समय इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।पालिकाहरुले सहकारी मार्फत किसानलाई वितरण गर्नुपर्ने मल विचौलियाको हातमा पुग्ने गरेको छ ।विचौलियाले किसानबाट चर्को मूल्य अशुल्ने गरेका छन् ।नियमित अनुगमन नहुँदा अनुदानको मलमा सहकारीको मनपरी बढ्दो रहेको किसान बताउँछन् ।ऐन भन्दा बाहिर गएर सहकारीले मल विक्री गरेको पाइएमा सहकारीको मल विक्री इजाजत खारेज हुने व्यवस्था रहेको छ ।

TOP