जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयका नागरिकलाई बासँका सामग्री बनाउने सीप

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयका  नागरिकलाई बासँका सामग्री बनाउने सीप


प्रेम अधिकारी:

इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ बर्षमा पुग्नु भयो । ६१ बर्षीय राई अहिले धमाधम बासँका सामग्री बनाउने सीप सिक्दै हुनुहुन्छ । हातमा कुनै सीप नभएका राइ अहिले बासँका बिभिन्न सामग्री निर्माण गर्न पोख्त भैसक्नु भएको छ । ‘आफु संग कुनै सीप नहुँदा धेरै दुख पाईयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु ’ राईले भन्नु भयो ।
सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० को स्र्वीकृत कार्यक्रम अनुसार पाँच लाख १३ हजार रुपियाँ लगानी गरेर नगर क्षेत्रका २३ जनालाई बासँका सामग्री बनाउने सीप सिकाएको छ ।
बासँबाट फुलदानी, टी बक्स, फुल प्रेम, बास्केट, मुडा, पेन स्टेन आदि बनाउने १५ दिने तालिम दिईरहेको छ । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको समन्वयमा संचालन भैरहेको तालिमा नगर क्षेत्रका स्थानीयले बासँका सामग्री बनाउन सिकाएको हो । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा शेर्पाले थोरै समय खर्च गर्दा धेरै सामग्री निर्माण गर्न सक्ने भए पछि सीप सिकेका स्थानीयले बेरोजगार बन्नु नपर्ने बताउनु हुन्छ । उहाले भन्नु भयो‘बासँका उत्पादनलाई पर्यटकीय उपजका रुपमा जोड्नका लागि यो सीप सिकाएका हौ ।’
धनकुटाबाट आएर निर बहादुर राईले स्थानीयलाइृ बासँका सामग्री बनाउने सीप सिकाउनु भएको छ । प्रशिक्षक राई भन्नु हुन्छ ‘खेर गएका स–साना बासँलाई पनि प्रयोगमा ल्याउन सकिन्छ, कम खर्च र थोरै समयमै सामग्री निमार्ण गर्न सकिन्छ।’ उहाले बासँका सामग्री बिक्री गर्नका लागि बजारको समेत समस्या नरहेको बताउनु भयो।
नगर क्षेत्रमा बासँ प्रसस्त पाईन्छ । बासँ खरिद गरेर सामग्री बनाउदा पनि उत्पादकलाई कुनै समस्या नपर्ने नगरले जनाएको छ । नगर प्रमुख रणबहादुर राईले स्थानीयलाई सीप सिकाउने र ब्यवसायीक बनाउने नगरको उद्देश्य रहेको बताउनु भयो । नगरले सीप सिकेर बासँका सामग्री निर्माण गर्नेलाई बजारीकरणमा समेत सघाउने योजना बनाएको छ । नगर प्रमुख राईले भन्नु भयो‘बासँका सामग्रीको बजार अध्ययन गरी नगरमा उद्योग समेत संचालन गर्न सकिन्छ।’सीप सिक्दै गर्नु भएकी सूर्योदय नगरपालिका ८ की मनिता राईले सीप सिकेर आफु बासँका सामग्री निमार्ण गर्ने काममा ब्यवसायीक रुपमा लाग्ने बताउनु भयो । उहाले भन्नु भयो‘हामीले सिप मात्र सिकेर भएर उद्योग स्थापना गर्न लगानीको बातावरण समेत निर्माण गर्नु पर्दछ ।’
सूर्योदय नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाले सिपमुलक तालिम अन्र्तगत बासँका सामग्री निर्माण, खाद्य परिका बनाउने, कुखुरापालन तालिम, उद्यमशिलाता बिकास तालिम, नेतृत्व बिकास जस्ता बिभिन्न तालिम संचालन गर्दै आएको छ । शाखा प्रमुख शेर्पाले आगामी बर्ष देखि शाखाले सिप सिकेकालाई ब्यवसायीक बनाउन काम थालिने बताउनु भयो ।

TOP