पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्योदयका नागरिकलाई बासँका सामग्री बनाउने सीप

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
सूर्योदयका  नागरिकलाई बासँका सामग्री बनाउने सीप


प्रेम अधिकारी:

इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ बर्षमा पुग्नु भयो । ६१ बर्षीय राई अहिले धमाधम बासँका सामग्री बनाउने सीप सिक्दै हुनुहुन्छ । हातमा कुनै सीप नभएका राइ अहिले बासँका बिभिन्न सामग्री निर्माण गर्न पोख्त भैसक्नु भएको छ । ‘आफु संग कुनै सीप नहुँदा धेरै दुख पाईयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु ’ राईले भन्नु भयो ।
सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० को स्र्वीकृत कार्यक्रम अनुसार पाँच लाख १३ हजार रुपियाँ लगानी गरेर नगर क्षेत्रका २३ जनालाई बासँका सामग्री बनाउने सीप सिकाएको छ ।
बासँबाट फुलदानी, टी बक्स, फुल प्रेम, बास्केट, मुडा, पेन स्टेन आदि बनाउने १५ दिने तालिम दिईरहेको छ । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको समन्वयमा संचालन भैरहेको तालिमा नगर क्षेत्रका स्थानीयले बासँका सामग्री बनाउन सिकाएको हो । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा शेर्पाले थोरै समय खर्च गर्दा धेरै सामग्री निर्माण गर्न सक्ने भए पछि सीप सिकेका स्थानीयले बेरोजगार बन्नु नपर्ने बताउनु हुन्छ । उहाले भन्नु भयो‘बासँका उत्पादनलाई पर्यटकीय उपजका रुपमा जोड्नका लागि यो सीप सिकाएका हौ ।’
धनकुटाबाट आएर निर बहादुर राईले स्थानीयलाइृ बासँका सामग्री बनाउने सीप सिकाउनु भएको छ । प्रशिक्षक राई भन्नु हुन्छ ‘खेर गएका स–साना बासँलाई पनि प्रयोगमा ल्याउन सकिन्छ, कम खर्च र थोरै समयमै सामग्री निमार्ण गर्न सकिन्छ।’ उहाले बासँका सामग्री बिक्री गर्नका लागि बजारको समेत समस्या नरहेको बताउनु भयो।
नगर क्षेत्रमा बासँ प्रसस्त पाईन्छ । बासँ खरिद गरेर सामग्री बनाउदा पनि उत्पादकलाई कुनै समस्या नपर्ने नगरले जनाएको छ । नगर प्रमुख रणबहादुर राईले स्थानीयलाई सीप सिकाउने र ब्यवसायीक बनाउने नगरको उद्देश्य रहेको बताउनु भयो । नगरले सीप सिकेर बासँका सामग्री निर्माण गर्नेलाई बजारीकरणमा समेत सघाउने योजना बनाएको छ । नगर प्रमुख राईले भन्नु भयो‘बासँका सामग्रीको बजार अध्ययन गरी नगरमा उद्योग समेत संचालन गर्न सकिन्छ।’सीप सिक्दै गर्नु भएकी सूर्योदय नगरपालिका ८ की मनिता राईले सीप सिकेर आफु बासँका सामग्री निमार्ण गर्ने काममा ब्यवसायीक रुपमा लाग्ने बताउनु भयो । उहाले भन्नु भयो‘हामीले सिप मात्र सिकेर भएर उद्योग स्थापना गर्न लगानीको बातावरण समेत निर्माण गर्नु पर्दछ ।’
सूर्योदय नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाले सिपमुलक तालिम अन्र्तगत बासँका सामग्री निर्माण, खाद्य परिका बनाउने, कुखुरापालन तालिम, उद्यमशिलाता बिकास तालिम, नेतृत्व बिकास जस्ता बिभिन्न तालिम संचालन गर्दै आएको छ । शाखा प्रमुख शेर्पाले आगामी बर्ष देखि शाखाले सिप सिकेकालाई ब्यवसायीक बनाउन काम थालिने बताउनु भयो ।

TOP