पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

रेमीको सूर्योदय नगरपालिकामा कार्यशाला समपन्न

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
रेमीको सूर्योदय नगरपालिकामा कार्यशाला समपन्न
फिक्कल:

वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पुन एकीकरण गराउने उदेश्य सहित पुन एकीकरण ( रेमी ) परियोजनाले सूर्योदय नगरपालिकामा सरोकारवालाहरूसँग प्रथम कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ ।
नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बिच द्विपक्षीय सम्झौता भए पश्चात कोशी प्रदेश र मधेश प्रदेशको दश दश वटा स्थानिय तहमा परियोजना सञ्चालन हुने भए पछि यस परियोजनाले सूर्योदय नगरपालिकामा गर्ने कामहरुको विषयमाथि सरोकारवालाहरुलाई जानकारी गराएको हो। सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईको अध्यक्षतामा संञ्चालन भएको गोष्ठीमा राईले नितिगत कुरा परियोजना कसरी आयो र परियोजना किन आवश्यक छ यसको महत्व लगायतको बारेमा प्रस्टाउनु भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत मिलन मट्टराइले बैदेशिक रोजगारमा जानु पर्ने अवस्था बैदेशिक रोजगरमा रहेका नेपालीको तथायाङक लगायतको विषयमा प्रस्ट्याउनु भएको थियो ।
उक्त परियोजना को लागि प्रदेश संयोजक रिता विश्वासले समग्र परियोजना बैदेशीक रोजगारी बाट फर्किएका श्रमीकहरुलाई स्वदेश भित्र सामाजिक आर्थिक सांस्कृतिक र राजनितिक जीवनमा सक्रिय रुपमा स्थापीत गराउने उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रमको नेपाल परियोजना हेर्ने मधु लन्सकर र सामाजिक पुर्नएकीकरण विज्ञ सपना थापाले परियोजनाका बारेमा थप प्रस्ट्याउनु भएको थियो । सूर्योदय हेर्ने कार्यक्रम संयोजक इश्वरी तामाङले संञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालीकाको उपप्रमुख दुर्गा कुमार बराल, विभिन्न वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य विषय गत शाखाका शाखा प्रमुख संघ संस्थाका प्रतिनिधी लगायत सरोकारवालाहरूको उपस्थिती रहेको थियो।

TOP