जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

गाउँघरमै पाईन्छ पोशिलो खाना

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
गाउँघरमै पाईन्छ पोशिलो खाना

गोबिन्द पौडेल रोङ:
तैयारी खाना र खाजाले आम मानिसको मन भुलाउदै गएको हुँदा हाम्रो गाउँ घरमा पाईने खानेकुरा नै पौस्टिक हुन्छ भन्ने जानकारीको लागि स्थानीय खाद्य सामग्रीको प्रदर्शनी गरिएको छ ।
रोङ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार स्थानीय स्तरमा पाईने खाद्य सामाग्रीको पहिचान र प्रर्दशन गराउदै पोशिलो खानेकुरा चाहिने लक्षित समुह गर्भवती,सुत्केरी,बालवालिका बुढाबुढीको लागि स्थलगत रुपमा हरियो सागपात,स्थानीय स्तरमा पाईने बिभिन्न ताजा फलफुल,दुग्ध र दुग्धजन्य पदार्थ,गेडागुडीको सेवन गरेर पनि निरोगी र स्वस्थ्य रहन सकिन्छ भनेर चेतना बिस्तार गराउदै नागरिकलाई स्वस्थ्य राख्न चेतना मुलक कार्यक्रम गरिएको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए । रोङका सबै टोल र स्वास्थ्य सेवा प्रदायक सस्थामा आम नागरिकको उपस्थितिमा यस्तै पोषण शिक्षा कार्यक्रम गरिएकोमा आज आधारभुत स्वास्थ्य केन्द्र रम्भ्यागमा स्थानिय स्तरमा रहजै पाईने हरियो सागपात,बिभिन्न तरकारी ,गेडागुडी,बिभिन्न फलफुल दुग्धजन्य परिकारको प्रर्दशनी सहितको महत्व र तिनको परिकारको तयारी गरेर बितरण समेत गरिएको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज बिकाश गजमेरले बताए ।
उपभोक्तामा बजारमा सजिलै पाईने तैयारी र पत्रु खानाले राज जमाईरहेको बेलामा हाम्रै करेसा र बगैचामा पनि पोषिलो खाना पाईन्छ भन्ने चेतना बिस्तार गरेकोमा आफुलाई खुसी लागेको सहभागि गर्भवति महिलाले जनाएका छन ।

TOP