जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सन्दकपुरमा ३९ कराेड ८५ लाख बराबरको बजेट पेश

  • प्रकाशित मितिः September 21, 2026
  • हाम्रो पालिका
सन्दकपुरमा ३९ कराेड ८५ लाख बराबरको बजेट पेश

सन्दकपुर: इलामकाे सन्दकपुर गाउँपालिकाकाे १३ आै गाउँ अधिवेशनमा ३९ कराेड ८५ लाख बराबरको बजेट अघि सारेकाे छ । गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली स्वास्थ्य प्रतिकुल भएपछि अनुपस्थित हुँदा वडा नं २ का वडाध्यक्ष सनम राईले ३९ कराेड ८४ लाख ६४ हजार ३२२ रूपैया बराबरको बजेट पेश गरेका हुन् । पालिकाले आर्थिक बर्ष ०८०/०८१ का लागि आन्तरिक श्राेतबाट ८ कराेड ८४ लाख ६३ हजार ३२२ रूपैया आम्दानी हुने प्रक्षेपण गरेकाे छ । संघीय सरकारबाट २७ कराेड ५६ लाख, प्रदेश सरकारबाट २ कराेड ७३ लाख १ हजार, ऋण तथा अन्य श्राेतबाट ७१ लाख आम्दानी हुने प्रक्षेपण रहेकाे छ । त्यसैगरी आज नै पेश भएकाे विभिन्न बिधेयक पारित भएकाे गाउँ अधिवेशन सचिव महेश राईले बताए ।

गाउँपालिका अधिवेशनमा वडा नं ४ का वडाध्यक्ष ढाल बहादुर गुरूङले पेश गरेकाे नीति तथा कार्यक्रम पारित भएकाे छ । वडा नं १ का वडाध्यक्ष एवम प्रवक्ता रहर कुमार राईले पेश गरेकाे राजस्व दायरा सम्बन्धि आर्थिक बिधेयक, वडा नं ३ का वडाध्यक्ष लिला वुर्जाले पेश गरेकाे गत आर्थिक बर्षकाे यथार्थ खर्च विवरण बिधेयक, वडा नं ५ का वडाध्यक्ष यज्ञ बहादुर गुरूङले पेश गरेकाे आर्थिक बर्ष ०७९/०८० काे संसाेधित अनुमान बजेट पारित भएकाे हाे ।
वडा नं २ का वडाध्यक्ष सनम राईले पेश गरेकाे आर्थिक बर्ष ०८०/०८१ काे बजेट तथा कार्यक्रम र मध्यमकालिन खर्च संरचना आगामी बैठकबाट पारित गर्ने गरि प्रस्तुत भएकाे छ ।
प्रस्तुत प्रस्ताव माथि दिपक राई, साेम साउदेन, कुमार गुरूङ, पासाङ शेर्पा, नरमाया थेवे, ताेरण मुखिया लगायतले सुझाव पेश गरेका थिए । गाउँपालिका अध्यक्ष तुलाराम गुरूङले सभाध्यक्ष गरेका थिए ।

TOP