जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

प्रभु लाइफद्धारा इलाममा ५ लाखको मृत्यूदाबी भुक्तानी

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
प्रभु लाइफद्धारा इलाममा ५ लाखको मृत्यूदाबी भुक्तानी

इलाम: प्रभु लाइफइन्स्योरेन्स इलाम साखाले मृत्यू दावीअन्र्तगतको पाँच चलाख ४३ हजार रकम विमित परिवारको घरैमापुगेर शुक्रबार हस्तान्तरण गरेको छ ।
प्रभु लाइफइन्स्योरेन्स इलाम साखाका बिमित ठाकुर याक्खाको गत सालको वाढीपहिरोमा परि बेपत्ता भए पछि कम्पनिले दुर्घटनाबाट मृत्यु भएको मान्दै बिमितको श्रीमति चित्रमाया सम्वाहाम्फेलाई विमाङ्कको दोब्बर र बोनस समेत गरेर पाँचलाख ४३ हजार ६२ रुपैया इलाम नगरपालिका २ सुम्बेक स्थित वहाकै घरमा एक कार्यक्रम गरि हस्तान्तरण गरेको हो ।
सुम्बेक स्थित विमित ठाकुर याक्खाको घरम ाआयोजित एक कार्यक्रममा पूर्व वडाअध्यक्ष नारद लम्साल,वडा सदस्य मिना दाहाल तथा प्रभु लाइफ इन्स्योरेन्स इलाम साखाका प्रमुख लक्ष्मी प्रसाद मिश्रले संयूक्त रुपमा बिमितको श्रीमती चित्रमाया सम्बाहाम्फेलाई सो चेक हस्तान्तरण गर्नु भएको हो ।
प्रभु लाइफ इन्स्योरेन्स इलाम साखामा ४ बर्ष अघि अमुल्य जिवनबिमा नामक दुई लाख ५० हजार विमाङ्कको २० बर्षे अजिवन जिवनबिमा गरेका याक्खाले बार्षिक १६ हजार पाचसय ७२ रुपैया बिमा शुल्क चार बर्ष सम्म गरि कुल छैसठ्ठी हजार दुइसय ८८ रुपैया जम्मा गर्नु भएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मृतक याक्खाकी श्रीमती चित्रमाया सम्बाहाम्फेले प्रभु लाईफ इन्स्योरेन्सले घरमै आएर मृत्यूदाबी भुक्तानी गरेकोमा खुसी ब्यक्त गर्दै भविष्यको जोखिम हस्तान्तरणको लागि सबैले विमागर्न जरुरी रहेको वताउन् भयो ।
कार्यक्रममा पुर्व वडाअध्यक्ष नारद लम्साल,वडा सदस्य मिना दाहाललगायतले बोल्दै भविस्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकहरुले बिमा गर्नुपर्ने वताउदै बिमा कम्पनिहरुले विमा साक्षरताको निम्ती ग्रामिण स्तरमा अझ प्रभावकारी कार्यक्रम संचालनगर्नु पर्ने बताउनु भयो ।

TOP