जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

माङसेबुङ गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम पारित (पूर्ण पाठ)

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
माङसेबुङ गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम पारित (पूर्ण पाठ)
Spread the love

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको १३ औं अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष हेमन्त राईले पेश गरेको नीति तथा कायक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुहोस् :

माङसेबुङ गाउँपालिकाको गाउँसभाको १ औँ अधिवेशनमा मिति २०८० असार  गते अध्यक्ष हेमन्त राईले पेश गर्नु भएको आ.व.२०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम

गाउँसभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

  • आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम स्थानीय सरकारको तर्फबाट यस सम्मानित सभामा प्रस्तुत गर्न पाउँदा खुसी महसुस गरेको छु ।
  • मुलुकमा संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनाका लागि विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आन्दोलनको क्रममा अंगभंग तथा बेपत्ता भएकाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । राष्ट्रियता र स्वधीनताको रक्षा गर्दै न्यायपूर्ण समाज निर्माण र समृद्धिको मार्गमा एकतावद्ध रहेका महान नेपाली नागरिक र राजनीतिक नेतृत्वप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

गाउँसभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

  • अब म आर्थिक वर्ष २०८०/८१ मा रोजगारी सृजना, सीप विकास, कृषिको व्यवसायीकरण, पूर्वाधारको स्तरोन्नती, सेवा प्रवाहमा सुधार हुने अपेक्षा गर्दै क्षेत्रगत नीति तथा कार्यक्रम पेश गर्न अनुमति चाहन्छु ।

सामाजिक विकास क्षेत्र

  • शिक्षा
  • सामूदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा बाल विकास कक्षामा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई विगतवर्ष देखि प्रदान गरिदै आएको सेवा सुविधाहरु निरन्तर दिइने छ ।
  • मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ
  • गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न माध्यमिक विद्यालय शिक्षक दरबन्दी प्राप्त नभएका विद्यालयहरुमा गणित, विज्ञान र अंग्रेजी शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
  • सामुदायिक विद्यालय तथा धार्मिक वा बैकल्पिक विद्यालयहरुमा पठन पाठन हुने मातृभाषाको पाठ्यक्रम र पाठ्य पुस्तक तथा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणलाई निरन्तरता दिदै सोको उपलब्धतालाई सहज बनाइनेछ साथै निर्माण भएको स्थानीय पाठ्य पुस्तक सबै विद्यालयहरुलाई उपलब्ध गराइने छ ।
  • सामूदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न, विद्यालयमा विद्यार्थी टिकाइ राख्न र विद्यालय बिचैमा छाड्ने विद्यार्थी दरलाई कम गर्न आधारभूत तहमा बालबालिका कक्षा ६ सम्म दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • बिद्यालयका छात्राहरुलाई निशुल्क उपलब्ध गराइने स्यानीटरी प्याड वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
  • विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय व्यबस्थापन, शिक्षण सिकाईमा सुचना प्रविधिको प्रयोग र विज्ञान प्रयोगशाला स्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यालयको भौतिक निर्माण तथा आइ.सि.टि. ICT कार्यक्रमका लागि संघीय सरकारसंग आवश्यक समन्वय गरिनेछ ।
  • एक गाउँपालिका, एक प्राविधिकधार विद्यालय संचालनमा आवश्यक सहयोग गरिनेछ ।
  • सबै माध्यमिक विद्यालयमा स्काउट विस्तार गरि प्रभावकारी वनाइनेछ ।
  • सरस्वती मा. वि. मा प्रदेश नमुना माध्यमिक विद्यालय विकास कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।
  • सामुदायीक विद्यालयहरबाट एस.र्इ.र्इ. SEE परिक्षामा सर्वोकृष्ठ नतिजा ल्याउने एक एक जना छात्र तथा छात्रा विद्यार्थीलाई प्राविधिक (कृषि, पशु, सिभिल इन्जिनियरिङ र सर्भेयर ) विधामा अध्ययन गर्नको छात्रवृत्ति प्रदान गरिनेछ ।
  • माध्यमिक विद्यालय परीक्षा (SEE) लाई अझ व्यवस्थित, प्रभाभकारी र नतिजा उन्मुख बनाउन SEE सहयोग कार्यक्रमलाई निरन्तरता दिन श्रोतको व्यवस्था गरिनेछ । साथै आधारभुत तह कक्षा ८ र कक्षा ५ को परीक्षा गाउँपालिकास्तरीय गर्न आवश्यक बजेटको व्यबस्थालाई निरन्तरता दिइनेछ ।
  • सामुदायिक विद्यालयमा विद्यार्थीहरुले प्राप्त गरेका सिकाई उपलब्धिका आधारमा शिक्षक, नतिजाका आधारमा विद्यालय तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार र प्रोत्साहन गरिनेछ ।
  • शिक्षकहरुका पेशागत सिप विकासका लागि तालिमहरु संचालन गरिनेछ ।
  • विद्यालय अनुगमन सुपरीवेक्षण तथा पेशागत सहयोग कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गरिनेछ ।
  • सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध बनाउन सरोकारवालाहरुबीच छलफल, अन्तरक्रिया, गोष्ठी, जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका प्रतिभा पहिचान तथा विकासका लागि प्रतियोगिता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • विद्यालय तहको खेलकुद विकासको लागि राष्ट्रपति रनिङशिल्ड कार्यक्रमका लागि थप बजेटको व्यवस्था गरिनेछ ।
  • शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा वि. व्य. स. अध्यक्षहरुको लागि असल अभ्यास गर्ने विद्यालयहरुमा अवलोकन भ्रमणको कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • यस पालिका क्षेत्र भित्रमा स्थायी बसोबास गरी विद्यावारीधी गरेको व्यक्तित्वलाई सम्मान तथा प्रोत्साहन गरिनेछ ।
  • सामुदायिक विद्यालयमा विद्यार्थीहरुले प्राप्त गरेका सिकाई उपलब्धिका आधारमा शिक्षक, नतिजाका आधारमा विद्यालय तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रोत्साहन गरिनेछ ।
  • सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध बनाउन सरोकारवालाहरुबीच छलफल, अन्तरकृया, गोष्ठी, जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।
  • विद्यालयसम्म विद्यार्थी पुर्याउन आउने अभिभावकहरुलार्इ लक्षित गरि सिपमूलक अभिभावक तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
  • यी उल्लेखित कार्यक्रमहरुका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

ख)        स्वास्थ्य

  • “सबैलाई सुलभ स्वास्थ्य सेवा” भन्ने मुल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ-३ मनिपुरमा जग्गा प्राप्ति समेत भईसकेको र अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढिसकेकोले अस्पताल निर्माण गर्न पहल गरिनेछ ।
  • संचालन भईरहेको स्वास्थ्य चौकीहरु र सामुदायिक स्वास्थ्य इकाइहरुलाई व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्दै लगिनेछ ।
  • सामुदायिक स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीहरुमा कार्यरत करार कर्मचारीहरुको पारिश्रमिक सुविधा गाउँपालिकामा उपलब्ध श्रोत साधन समेतका आधारमा निरन्तरता गरिने छ ।
  • गाउँपालिकाको हरेक वडाका टोल बस्तीहरुमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई गाउँपालिकाले उपलब्ध गराएको प्रोत्साहन भत्ताको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • स्वास्थ्य संस्थाहरुको संस्थागत क्षमता वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भईरहेको अपांगता रोकथाम तथा नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • माङसेबुङ गाउँपालिका भित्र रहेको सबै बर्थिङ सेन्टरहरुलार्इ सबलिकरण गरिनेछ ।
  • गाउँपालिकाभित्रका गर्भवती महिलाहरुको ज्यान जोखिममा पर्न नदिन साथै नवजात शिशु तथा आमाको सुरक्षाका लागि गर्भवती महिलालाई स्रोत, साधन र सुविद्या सम्पन्न अस्पतालसम्म पुर्याउन गाउँपालिकाले निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेको कार्यलार्इ निरन्तरता दिइनेछ ।
  • ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिप्रति श्रद्धा, आदर, सम्मान तथा सद्भावको अभिवृद्धि गर्नको लागि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति बिरामी भर्इ अस्पताल जानुपर्ने अवस्था भएमा गाउँपालिकाले निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।
  • नवजात शिशु र आमाको पोषणका लागि सुनौलो हजार दिन कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
  • स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पहिलो चरणमा गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका, ख र ग वर्गको अपांगता परचिय पत्र प्राप्त व्यक्तिहरु,का लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पालिका भित्रका नागरिकहरुका लागि प्रोस्टेट ग्लान सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
  • स्वास्थ्य सस्थाहरुमा रिक्त रहेको दरबन्दीहरुमा पदपूर्ती गरिनेछ ।

ग)         खानेपानी तथा सरसफाई

  • खानेपानी योजनाहरुको संचालन र मर्मत संभार गर्दै जनतालाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो रुपमा खानेपानी उपलब्ध गराउने साथै सरसफाईको उचित व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • खानेपानीको स्रोत पहिचान गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिको लागि तत्कालिन र दीर्घकालीन योजना निर्माण गरी एक घर एक धाराको अवधारणा कार्यान्वयन गर्न पहल गरिनेछ ।
  • खानेपानी स्रोत नभएको ठाउँमा स्रोतको सम्भाव्यता अध्ययन गरी वैकल्पिक उर्जालाई प्रयोग गरी सौर्य लिफ्टिङ खानेपानी आयोजना संचालन गरिनेछ ।
  • सुक्खाग्रस्त क्षेत्र महाभारा डाँडा आसपासमा रहेको माङमालुङ बजार लगायतका क्षेत्रहरुमा यसै आ.व. भित्र स्वच्छ खानेपानिको प्रवन्ध गरिनेछ ।

(घ)        कला, भाषा तथा संस्कृति प्रवर्द्धन

  • माङसेबुङ गाउँपालिकामा आदिवासी जनजातिको सघन बसोबास भएको गाउँपालिका हो, त्यसमा पनि लिम्बू र राई जातिको अति बाहुल्य भएको पालिकामा मातृभाषाको संरक्षण र प्रवर्द्धन गरिनेछ ।
  • गाउँपालिकामा बहुसंख्यक जातिको बसोबासको आधारमा गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिकामा किराँत लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरी लिपिको हकमा किरात सिरिजंगा लिपि प्रयोग गर्ने घोषणा गरिएको छ । जसको लागि गाउँपालिकामा एक जना भाषिक कर्मचारी नियुक्ति गरी कार्य सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकामा ३७ प्रतिशत किरात राई जातीको बसोबास रहेको कुरालाई मध्यनजर गर्दै गाउँपालिकामा बान्तावा भाषालार्इ समेत सरकारी कामकाजीको भाषा घोषणा गरिएको छ । जसका लागि गाउँपालिकामा एक जना वान्तावा भाषिक कर्मचारी नियुक्ति गरी कार्य सञ्चालन गरिनेछ ।
  • गाउँपालिकामा रहेका सम्पूर्ण जात जातिको भाषा, धर्म, लिपि र संस्कृतिलाई समान रुपमा संरक्षण, सम्वर्द्धन र विकास गर्ने नीति अवलम्बन गरिनेछ । धार्मिक समुदायहरुको विशेष स्थान मठ मन्दिर, माङहिम,  गुम्बा,  चर्च,  सेमीचोङ आदि संरक्षणलाई प्राथमिकता दिइनेछ । सामूहिक चुलाखिम, गाउँपालिकास्तरीय माङखिम,  साकेला थान निर्माण गरी संरक्षण गर्ने नीति लिइनेछ ।
  • यस गाउँपालिकामा जन्म लिई समाजमा विशेष योगदान गर्नुहुने राष्ट्रिय व्यक्तित्व तथा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दज्यूको नाममा बृहत साँस्कृतिक फाल्गुनन्द पार्कको निर्माण कार्यलार्इ निरन्तरता दिइनेछ । सो कार्यको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढिसकेको छ ।
  • दमक चिसोपानी सडकलाई १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दज्यूको सम्मानमा सो सडकको नाम फाल्गुनन्द मार्ग नामकरण गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।
  • लोपोन्मुख मौलिक बाजा लगायत विभिन्न मौलिक भाषा तथा संस्कृति संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।
  • भाषा, सस्कार, सस्कृती, साहित्य र कलाको विकास गर्नका लागि पालिकास्तरीय माङसेबुङ प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ । साथै प्रतिष्ठानको आयोजनामा बहुभाषिक साहित्यिक गोष्टि तथा सम्मान कार्यक्रमक सञ्चालन गरिनेछ । जसका लागि बजेटको व्यवस्था गरिनेछ ।

(ड.)       खेलकुद,  युवा तथा रोजगारी

  • युवाहरुले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न युवाहरुलाई सीपमूलक तथा आयमूलक तालिम प्रदान गरिनेछ ।
  • राष्ट्रिय युवा नीतिका आधारमा स्थानीय कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • डोलटार खेलमैदानलाई गाउँपालिका स्तरीय खेलमैदानको रुपम स्तरउन्नती गर्दै लगिनेछ साथै गाउँपालिकाका हरेक वडाहरुमा सम्भाव्यताको आधारमा राष्ट्रिय मापदण्डयुक्त “एक वडा एक खेलमैदान” निर्माण गर्ने नीति लिइनेछ ।
  • खेलाडी उत्पादन, खेलाडी तथा खेलको स्तर उन्नतिको लागि नियमित प्रतियोगिताहरु संचालन गर्ने व्यवस्था मिलाईने छ ।
  • खेलकुद विकासको लागि गठन गरिएको गाउँपालिका स्तरीय माङसेबुङ युवा तथा खेलकुद विकास समिति को सवलीकरण गरिने छ।
  • सेइङ आत्मानन्द लिङदेनज्युको जन्मोत्सव र सेइङ पवित्रहाङ साम्बा लिङदेनज्यूको जन्मोत्सवको अवसरमा संचालन हुने गोल्ड कपका लागि सहयोग गर्ने कार्यलार्इ निरन्तरता दिइनेछ ।
  • विभिन्न खेलकूद प्रतियोगिता संचालनको लागि सम्भाव्यताको आधारमा मापदण्डयुक्त खेलमैदान, कवर्डहल, रंगशाला लगायतमा आवश्यक भौतिक पूर्वाधारको निर्माण र सुव्यवस्थित संचालनका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
  • रोजगार सृजना गर्न युवालाई लक्षित गरी व्यवसायिक, सीपमुलक, रोजगारमुलक तालिम तथा कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउँपालिकाका सबै वडाहरुमा युवा क्लबको गठन गरी विपद व्यवस्थापन तथा स्वयंसेवकीय कार्य र सामाजिक जागरणका अभियानहरुमा युवा परिचालन गरिनेछ ।
  • वैदेशिक रोजगारीबाट फर्केका र अन्य बेरोजगार युवाहरुलाई उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्रदान गरी सहुलियतपूर्ण कर्जा प्राप्तिका लागि सहजीकरण गर्दै स्वरोजगार र रोजगारीका थप अवसरहरुको सृजना गरिनेछ ।
  • युवा सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय युवा परिषद र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
  • गाउँपालिकाद्वारा संचालित वडा स्तरीय महिला तथा पुरूष फुटबल प्रतियोगितालार्इ निरन्तरता दिइनेछ ।साथै कराते, ब्याडमिन्टन, भलिबल बुद्धिचाल खेललार्इ पनि समावेश गरी खेलकूद कार्यक्रम सञ्चालन गरिनेछ ।

च) लक्षित समुह

  • आदिवासी जनजातिको उत्थान तथा विकासको लागि गाउँपालिका स्तरीय आदिवासी जनजाति समन्वय समितिलार्इ पुर्णता दिइनेछ ।
  • आदिवासी जनजातिको ऐतिहासिक थात्थलोमा प्राकृतिक स्रोत र साधनमा आश्रित आदिवासी जनजातिको उपभोग अधिकार, कानुनी सुरक्षा, प्राकृतिक स्रोतको दोहन गर्नुअघि पूर्व सहमति र लाभको न्यायोचित बाँडफाँडको हकलाई सुरक्षित गरिनेछ ।
  • आदिवासी जनजातिको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिम तथा कृषि सम्बन्धी नयाँ प्रविधिको अनुदान कार्यक्रम संचालन गरिनेछ ।
  • महिलाको उत्थान तथा विकासको लागि माङसेबुङ गाउँपालिकास्तरीय महिला समन्वय समिति गठन गरिएको छ । सो गाउँपालिकास्तरीय महिला समन्वय समितिबाट महिलाको अधिकार र विकास सम्बन्धी नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।
  • दलित सामुदायको उत्थान र विकासको लागि गाउँपालिकास्तरीय दलित समन्वय समिति गठन गरिनेछ । सो समितिले प्रचलित कानुनको अधीनमा रही दलित सामुदायको अधिकार र विकास सम्बन्धी नीति तथा कार्यक्रम सामाजिक समवेशिताको आधारमा तयार गरी लागू गर्नेछ ।
  • अपाङ्गता सम्बन्धी संस्थागत क्षमता विकास, शारीरिक पुनःस्थापना, स्वास्थ्य शिविर, बौद्धिक अपांगता सशक्तीकरण, अपांगता पुनःस्र्थापना केन्द्र संचालन गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
  • अपांगता भएका वर्गका लागि आर्थिक सशक्तीकरणका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउँपालिकाबाट अपांगता परिचयपत्र सरल र सहज ढंगबाट उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
  • अपांगता भएका व्यक्तिहरुको आवश्यकता पहिचान गरी सहायक सामाग्रीहरु वितरण गरिनेछ ।
  • बाल क्लब र बाल संजाललाई सशक्त बनाई बालबालिकाहरुको हकहित र अधिकारको संरक्षण र प्रवर्द्धन हुने कार्यक्रम संचालन गरिनेछ ।
  • जोखिममा परेका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी विशेष कार्यक्रम संचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • सरकारी, गैरसरकारी, सहकारी, नीजि तथा स्थानीय संघ संस्थाहरुको समन्वय र सहकार्यमा ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा राहत कोष स्थापना गर्न पहल गरिनेछ ।
  • गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईहरुबाट हुने सार्वजनिक सेवा प्रवाहमा ज्येष्ठ नागरिकहरुलाई अग्राधिकार दिने र नीजि क्षेत्रलाई समेत यसमा प्रोत्साहन गर्ने व्यवस्था अवलम्बन गरिनेछ ।
  • लक्षित समुहहरुको मागमा आधारित कार्यक्रम संचालन गर्न साथै उल्लेखित कार्यहरुका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।
  • माङसेबुङ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान गठन गरिनेछ ।

छ)        सामाजिक सुरक्षा तथा संरक्षण

  • बैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगारमा सूचीकृत युवाहरुलाई लक्षित गरी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र सीप सहितको युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना संचालन गरिनेछ ।
  • सुरक्षित आप्रावासन कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श, वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रमका लागि रोजगार प्रवर्द्धन कार्यक्रम शीषर्कमा संघीय सशर्त अनुदानमा आवश्यक रकम प्राप्त हुनेछ ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्राणाली सुदृढीकरण आयोजना अन्तर्गतका कार्यक्रमहरु संचालनका लागि संघीय शसर्त अनुदानमा आवश्यक रकम प्राप्त हुनेछ ।

गाउँ सभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

आर्थिक विकास क्षेत्र

क)        कृषि तथा पशु विकासः

  • उन्नत बीउ बिजन, कर्जा र बीमा, वैकल्पिक उर्जा र सिंचाईका आयोजनाहरु मार्फत उत्पादकत्व बढाउने नीति लिइनेछ ।
  • विभिन्न कारणले गर्दा बाँझो रहन गएको जमिनको उपयोग गर्न प्रोत्साहित गर्ने नीति लिइनेछ । जसका लागि दूग्ध उत्पादक किसानलार्इ दैनिक १५ लिटरभन्दा बढी उत्पादन गरी बिक्री गर्ने किसानलार्इ प्रति लिटर रू २।० (अक्षरेपी दुर्इ रूपैयाँ मात्र) प्रोत्साहन प्रदान गरिने कार्यक्रमलार्इ निरन्तरता दिइनेछ।
  • सब्जीका लागि स्वस्थ्यकर मानिएको स्कुस जसलार्इ भर्खरै मात्र प्लान्ट क्वारेन्टाइन लिस्टमा समावेश भएको स्कूस ३० झ्याङभन्दा बढी रोप्ने किसानलार्इ प्रोत्साहन स्वरूप प्रति झ्याङ रू ५००।० (अक्षेरुपी पाँच सय रुपैयाँ मात्र) प्रदान गरिने कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।
  • ७० झ्याङभन्दा बढी केरा खेती गर्ने किसानलार्इ प्रति झ्याङ रू १००।० (अक्षरूपी एक सय रुपैयाँ मात्र ) प्रोत्साहन प्रदान गरिने कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।
  • ५० झ्याङभन्दा बढी मालबाँस जातका बाँस रोप्ने किसानलार्इ प्रति झ्याङ रु १००।० (अक्षरूपी एक सय रुपैयाँ माब) प्रदान गरिने कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।
  • ५० केजी भन्दा बढी उत्पादन गर्ने किसानहरुलार्इ प्तति के जी रू १०।० (दश रूपैया मात्र) प्रोत्साहन रकम प्रदान गरिने कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।
  • स्वास्थ्यकर र स्वादिष्ट मानिएको पहेली दाल वार्षिक २०० किलोग्रामभन्दा बढी दाल उत्पादन गर्ने किसानलार्इ प्रति के.जी. रू २०।० (बीस रूपैया मात्र) प्रोत्साहन प्रदान गरिने कार्यक्रमलार्इ निरन्तरता दिइनेछ । उल्लेखित प्रोत्साहन कार्यक्रमहरु एक वडा १ कृषि प्रोत्साहन कार्यक्रम लागू गरि व्यवस्थित गरिने नीति लिइनेछ ।
  • परमपरागत खेति कन्दमुल खेतिलार्इ प्रोत्साहन गरिनेछ ।जसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ ।
  • कृषिको उत्पादनको लागत घटाउन, व्यवसायिक बनाउन, प्रतिस्पर्धी बनाउन यान्त्रीकरणमा जोड दिइनेछ ।
  • कृषक समुह दर्ता, कृषि सहकारी, कृषि उद्यमी तथा मल बीउ बिषादि बिक्रेताको सूचीकरण तथा अभिलेखीकरण गरिनेछ ।
  • कृषकहरुलार्इ बिषादी प्रयोगमा न्यूनिकरण गरि जैविक मल प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक तालिमहरुको आयोजना गरिनेछ ।
  • कृषिलार्इ आधुनिकिकरण गर्नका लागि सझेदारीमा प्लास्टिक टनेल/ प्लास्टिक मल्चिङ/ कृषि यान्त्रिकरण/ उन्नत जातको बिउ वितरण लगायतको कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ ।
  • साना तथा सीमान्तकृत, भूमिहिन किसान लक्षित जिविकोपार्जन कार्यक्रम संचालन गरिनेछ ।
  • कृषक समुह, कृषि सहकारी समेतको सहभागितामा स्थानीय उत्पादन संकलन तथा बजारीकरणको संयन्त्र विकास गरिनेछ ।
  • बाली तथा पशु स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन किसानलाई प्रोत्साहित गरिनेछ ।
  • कृषि उपजको उत्पादन सघनतालाई ध्यानमा राखेर कृषि तथा पशुपालन पकेट कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विस्तारका लागि लगानी गर्न चाहने कृषक र उद्यमीहरुका लागि वित्तीय पहुँचमा वृद्धि गर्न सरकारी, गैरसरकारी, सहकारी, निजी क्षेत्र तथा वित्तीय संस्थाहरुसँग समन्वय र साझेदारी गरिनेछ ।
  • गाउँपालिकामा उत्पादित चिया, अलैंची, अदुवा, जडिबुटी, दूग्ध पद्दार्थ, फलफूल लगायतका नगदेबालीहरुको बजारमा पहुँच वृद्धि तथा बजार विस्तारका लागि सरोकारवालाहरुसँग समन्वय गरिनेछ ।
  • कृषिमा नयाँ व्यवसायको नमुना कार्यक्रमहरु सञ्चालन गरी युवाहरुलाई उत्पादन संस्कृतिमा जोड्न अधिकतम प्रयत्न गरिने छ ।
  • कृषि उत्पादनको उचित भण्डारण गर्नको लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरी एक गाउँपालिका एक शीत भण्डार र दूग्ध चिस्यान केन्द्र निर्माण गर्न पहल गरिनेछ ।
  • पशुपालन व्यवसायलाई पूर्ण व्यवसायिक बनाउन कृत्रिम गर्भधानद्वारा नश्ल सुधारका लागि सेक्स सिमेन लगायतका उन्नत जातका सिमेन कृषकहरुलार्इ उपब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
  • गाई पकेट क्षेत्र विस्तार गरी साना तथा मझौला डेरी उद्योग प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • वडा नं. ४ मा केरा खेती, वडा नं. ३ मा धानखेती, वडा नं. १, २ र ६ को माथिल्लो क्षेत्रमा किवीखेती, वडा नं. ३ को खलंगे, उत्तरे, चिवुवा, माद्रे, खोंगी, खुन्द्रुका, सिवाचिन र वडा नं. ६ को टोड्के कुसुण्डे क्षेत्रलाई टमाटर पकेट क्षेत्रको रुपमा विकास गरिनेछ ।
  • वडा नं. १, २, ३, ५ र ६ मा गाईपालन पकेट क्षेत्र तथा वडा नं. ४ मा बाख्रापालन पकेट क्षेत्र विकास गरी व्यवसायिक पशु उत्पादनमा जोड दिइनेछ ।
  • तरकारी, फलफूल तथा पशुधनको बजार संचालन गर्न कृषि बजार पूर्वाधार निर्माण गरिनेछ । कृषकहरुको उत्पादनलाई सहज ढंगले बजार व्यवस्था गर्न एक वडा एक हाट बजार योजना संचालनमा पहल गरिनेछ ।
  • कृषि विकास कार्यक्रम बढिमा ५० प्रतिशत लागत साझेदारी, प्रवर्द्धन कार्यक्रमहरु (फलफूल खेती, तरकारी खेती, पशुपालन) मा शत प्रतिशत साझेदारी, कृषि तथ्यांक व्यस्थापन र कृषक सूचीकरण तथा दर्ता कार्यक्रममा शत प्रतिशत साझेदारी र अन्य कार्यक्रमको हकमा परियोजनाको लागतको प्रकृती अनुसार बढीमा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गार्इ पकेट कार्यक्रमलार्इ व्यवस्थित र व्यवसायिक बनाउनका लागि उन्नत जातको घाँस उत्पादन गर्ने निजी कृषि फर्म, कृषक समुह तथा कृषि सहकारीहरूसँग समन्वय गरिनेछ ।
  • एक पालिका एक उत्पादन कार्यक्रम साझेदारीमा सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिनेछ ।

(ख)       पर्यटन

  • गाउँपालिकाका प्रमुख पर्यटकीय आर्कषक गन्तव्यहरुको आन्तरिक तथा बाह्य पर्यटन बजारमा बजारीकरणका लागि देशका मुख्य पर्यटीय केन्द्रहरुमा माङसेवुङ डेस्कको स्थापना गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र, अन्य स्थानीय तह र सरकारी निकायसँग समन्वय र साझेदारी गर्ने नीति लिईनेछ ।
  • माङसेवुङ गाउँपालिकामा रहेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका क्षेत्रहरु गजुरमुखीधाम, माङसेवुङ, माङमालुङको गुरुयोजना निर्माण कार्य सम्पन्न भईसकेको हुनाले उक्त गुरुयोजना कार्यान्वयन गर्न प्रदेश सरकार, संघीय सरकारसँग लागत साझेदारीता कार्यक्रम संचालन गर्न पहल गरिनेछ ।
  • गाउँपालिकाभित्रका अन्य राष्ट्रिय महत्व राख्ने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनम्बा, विराटज्योति माङहिम, अन्धाराजा अन्धारानी, पाङबुहाङ गुफा, ढ्याङगुरे डाँडा, खराने थुम्का, घोर्लेभीर, तारेभीर, फुलुंगी, खत्रप्पा जस्ता पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार सहितको विभिन्न पर्यटकीय सर्किट तथा संजालहरुको विकास गर्न गुरुयोजना निर्माण तथा विस्तृत आयोजना प्रतिवेदन तयार गरी प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र र बाह्य लगानीलाई प्रोत्साहन गरी पूर्ण सुविधायुक्त पर्यटकीय स्थलहरुको विकास गर्दै लगिनेछ । गजुरमुखीधाम, माङसेबुङ, माङमालुङ, विराटज्योति माङहिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गरिनेछ ।
  • किरात धर्माबलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई किराँत धार्मिक क्षेत्रको रुपमा साझेदारीमा विकास गर्न संघीय र प्रदेश सरकारसंग पहल गरिनेछ ।
  • साहसिक खेल रक क्लाइम्बिङको लागि घोर्लेभीर, तारेभीर तथा प्याराग्लाइडिङ्गको चतुरेदेखि लारुम्बा, नावालुङदेखि गजुरमुखीधाम, उत्तरेदेखि रतुवावेसी, तीनथुम्कीदेखि चत्तुरे आदिको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न निजी क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
  • ग्रामीण पर्यटन प्रवर्द्धन निम्ति सामूहिक घरबास (Home Stay) तथा सामुदायिक आवास व्यवस्थापनका लागि प्राविधिक सहयोग र तालिमको व्यवस्था गरी सेवाको गुणस्तर वृद्धि गरिनेछ ।
  • किरात धर्म गुरुज्यूको आश्राम लारुम्बा क्षेत्र, खत्रक्पा, फुत्लुङ्गी, चुक्चिनम्बा, अगौटे, गजुरमुखीधाम, माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासको लागि प्रदेश सरकार, सङ्घीय सरकार तथा दातृ निकायहरुसँग सहकार्य समन्वय गरिनेछ । माङसेबुङको लारुम्बा क्षेत्र वृहत्तर विकासका लागि दातृ निकाय स्वीस सरकारसँग समन्वय गरिनेछ ।
  • धार्मिक तथा पर्यटकीय क्षेत्र माङमालुङलार्इ सुनाखरी क्षेत्रको रुपमा विकास गर्न सरोकारवाला‚ विभिन्न सङ्घ संस्थाहरु तथा व्यक्तिहरुसँगको सहकार्यमा सुनाखरी फुल रोपन गर्ने नीति लिइनेछ ।
  • गजुरमुखीधाम‚ माङमालुङधामको विकासको लागि सरोकारवालाहरुसँग छलफल गरी धार्मिक पर्यटकीय क्षेत्र विकास ऐन निर्माण गरी गाउँपालिकाको स्वामित्तमा ल्याउन पहल गरिनेछ ।

(ग)        सहकारी

  • विकासको एक प्रमुख साझेदारको रुपमा विकास भएको सहकारी क्षेत्रको लागि गाउँपालिकामा सहकारी समन्वय समिति गठन गरिनेछ ।
  • अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रको सुशासन कायम गरिनेछ ।
  • सहकारी क्षेत्रको प्रवर्द्धन र विकासका लागि सबै खाले सहकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सहकारी तथा बचत समूहहरुलार्इ क्रियाशिल बनार्इ ब्यवस्थित बनाइनेछ ।

(घ)        उद्योग

  • लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम संचालन गरी स्थानीय स्तरमा मै उपलब्ध हुने कच्चा पद्दार्थमा आधारित उद्योग संचालन गर्न अभिप्रेरित गरिनेछ ।
  • गाउँपालिकाभित्र घरेलु तथा साना उद्योग विस्तार गरिनेछ । स्थानीय सीप, श्रोत र साधनलाई प्रयोग गरी खाडी, अल्लो, ढाका जस्ता उत्पादन गर्ने लक्षित वर्गलाई सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्ने समुहमा प्रविधि हस्तान्तरण गरिनेछ ।
  • नयाँ उद्यमीहरुको सृजनाका लागि सामाजिक परिचालन, उद्यमशीलता तथा सिप विकास तालिम संचालन, पुराना उद्यमीहरुको स्तरोन्नती, उद्यमीको वित्त क्षेत्रमा पहुँच तथा प्रविधि हस्तान्तरण गर्न कार्यक्रम संचालन गरिनेछ ।
  • स्थानीय कच्चा पदार्थबाट सञ्चालन गर्न सकिने उद्योगलार्इ प्रोत्साहन गर्ने नीति लिइनेछ ।
  • गाउँपालिकामा मिनिरल वाटर उद्योग सञ्चालन गर्नका लागि व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा सम्भाव्यता अध्ययन गरिनेछ ।
  • बाँस उत्पादन क्षेत्रलार्इ प्रोत्साहन गर्दै बाँसबाट उत्पादित तामाका परिकारहरु उत्पादन, प्रशोधन गरी बजारीकरण गर्न व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा कार्य अघि बढाइनेछ । जसका लागि बजेटको व्यवस्था समेत गरिएको छ ।

गाउँ सभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

पूर्वाधार विकास क्षेत्र

(क)       सडक भवन तथा पुल

  • माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य “दिगो विकास समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार” प्राप्तिका लागि भौतिक पूर्वाधारको विकास गर्दै लगिनेछ । सडक क्षेत्रको योजनाबद्ध विकासका लागि सडक यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • गाउँपालिकाभित्रका मुख्य सडकहरुमा सबै समयमा यातायातका साधनहरु संचालन हुने गरी स्तर उन्नती गर्न प्रदेश तथा संघीय सरकारसँग समन्वय र सहकार्य गरी लागत साझेदारीमा सडक स्तरोन्नती गर्ने कार्यक्रम संचालन गरिने कार्यलार्इ निरन्तरता गरिनेछ ।
  • “आहा माङसेबुङ” अभियान सञ्चालन गरी गाउँपालिकाका सडकहरुलाई व्यवस्थित र भरपर्दो बनाई हरेक वडा बस्तीका नागरिक र पर्यटकहरुको जनजीवनलाई सहज र व्यवस्थित गर्दै लगिने नीतिलार्इ निरन्तरता दिइनेछ । अब सडकहरु बाह्रैमास (अलवेदर) बनाइनेछ ।
  • गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिका भित्रका मोटरेबल सडक, पदमार्ग, पक्की पुल, झोलुङ्गे पुलहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • जिल्ला सदरमुकाम तथा अन्तरपालिका जोड्ने सडकहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्नका लागि सम्बन्धित निकाय, विकास साझेदारहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
  • गाउँपालिकाभित्रका एक वडादेखि अर्को वडा जोड्न बाँकी रहेका स्थानमा सडक विस्तार गरिनेछ । साथै सडक संजाल जोडिईसकेका सडकहरुलाई बाह्रै महिना सवारी साधन चल्न सक्ने गरी सडकहरुको स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
  • “दिगो विकास समृद्धिको आधारस् स्थायित्व र पर्याप्त पूर्वाधार” माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य प्राप्तिका लागि गाउँपालिकाले मर्मत संभार कोषबाट संचालन हुने कार्यक्रमलाई निरन्त्तरता दिनेछ ।
  • दश लाखभन्दा बढी बजेट विनियोजन भएका पूर्वाधारसँग सम्बन्धित आयोजनाहरु प्रतिस्पर्धात्मक ठेक्का प्रकृयाबाट कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • माङसेबुङ गाउँपलिकामा सञ्चालन हुने विकास निर्माण योजना तथा अन्य कार्यक्रमहरुमा प्रयोग हुने मेसिन तथा औजारहरुको दररेट माङसेबुङ गाउँपालिकाभरि एउटै रहने गरी व्यवस्था मिलाइनेछ । प्रतिस्पर्धात्मक दरमा काम गराउन निर्माण व्यवसायीहरु सूचीकृत हुने व्यवस्थाको शुरुवात गरिनेछ ।
  • उपभोक्ताहरुको लागत सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ ।

(ख)       जलश्रोत र उर्जा विकास

  • उज्यालो घर अभियान अन्तर्गत माङसेबुङ गाउँपालिकाका हरेक वडाको प्रत्येक टोल बस्ती र घरहरुमा राष्ट्रिय प्रसारणको विद्युत लाईन पुर्याउने लक्ष्य राखी साझेदार निकायहरुसँगको समन्वय र सहकार्यमा उच्च प्राथमिकताका साथ काम गरिनेछ । यस अभियानलाई सार्थक र सफल बनाउन नेपाल विद्युत प्राधिकरण, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सांसद र संघीय सरकारसँग आवश्यक सहयोग र सहकार्य गरिनेछ ।
  • गाउँपालिका, प्रदेश सरकार र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच त्रिपक्षीय संझौता पत्रमा २०७५ भाद्र ०५ गते हस्त्ताक्षर भएकोले विद्युतको राष्ट्रिय प्रसारण पुर्याउन सम्भव नभएको टोल बस्ती र घरहरुमा ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय र सहकार्यमा सौर्य उर्जा मार्फत उज्यालो घर, उज्यालो टोल बस्ती कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • समुदायमा आधारित साना सौर्य ग्रीड संचालनको लागि गाउँपालिकाको विभिन्न क्षेत्रहरुहरुमा सम्भाव्यता अध्ययन गर्नको लागि ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय र सहकार्य गरिनेछ ।
  • गाउँपालिकाभित्र रहेका खोला र नदीहरुबाट जलविद्युत उत्पादनको लागि सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नको लागि वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामीण क्षेत्रको लागि नवीकरणीय उर्जा कार्यक्रमसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । गाउँपालिका क्षेत्रभित्र भएर बग्ने देउमाई, फेवा, रतुवा र तामा खोलाबाट जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिनेछ ।
  • गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा सौर्य बत्ती जडान गर्न शुरु गरिनेछ ।
  • सुधारिएको चुलो तथा बायोग्याँस जडान गर्नेलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।
  • यस आर्थिक वर्ष भित्रमा पालिका भरि विद्युतिकरण गर्न पहल गरिनेछ ।

(ग)        सिंचाई

  • सिंचाइको सुविधाको अभावले बाँझोपना हुन गईरहेको खेतीयोग्य समथर जमीनको लगत तयार गरी त्यस्तो क्षेत्रको सम्भाव्यता अध्ययन गरेर विद्युतीय वा सौर्य लिफ्टिङ परियोजना संचालन गर्न आवश्यक पहल गरिनेछ ।
  • गाउँपालिकाबाट संचालन हुने कृषि विकास कार्यक्रम र सिँचाइ योजनाहरुलाई अन्तर सम्बन्धित बनाई संचालन गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेको सिचाइ आयोजनाहरु सम्पन्न गर्न प्रदेश सरकार, सङ्घीय सरकार र स्वीस दातृ निकायसँगको सहकार्यमा सञ्चालित सिचाइ आयोजनाहरुलार्इ निरन्तरता दिइनेछ ।
  • पालिका भित्र आवश्यक रहेको मुहान अभाव सिचाइ आयोजनाहरुलार्इ लिफ्टिङ प्रविधिबाट खेतियोग्य जमिनलार्इ सिन्चित गर्ने नीति लिइनेछ ।

गाउँ सभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

वन, वातावरण तथा विपद व्यवस्थापन

  • चुरे क्षेत्रको वनलाई दिगो रुपमा संरक्षण गर्न सो क्षेत्रका बसोबासीहरुलाई नदी उकास तथा खोल्सा खोल्सी क्षेत्रमा बाँस लगायतका वन पैदावरमा आधारित व्यवसायिक आय आर्जनका कार्यमा उत्प्रेरित गरी भू–क्षयको दृष्टिले संवेदनशील सो क्षेत्रमा लोपोन्मुख वनस्पती तथा जीवजन्तूको संरक्षणमा जोड दिईनेछ ।
  • यस गाउँपालिकामा बाँस प्रचुर मात्रामा पाईने भएकोले यसमा आधारित उद्योग विकास गर्दै बाँसको रोपन एवं विस्तारलाई आय आर्जनको प्रमुख आधारको रुपमा स्थापित गर्ने नीति लिईनेछ ।
  • गाउँपालिकाभित्र रहेका ताल, तलैया पोखरी र सीमसारहरुको संरक्षण र व्यवस्थापनमा जोड दिइनेछ ।
  • वन अतिक्रमण, अवैध कटानी, वन फँडानी, चोरी शिकारी, तस्करी तथा वन डढेलो नियन्त्रणका लागि जनसहभागितामूलक र समन्वयतात्मक संयन्त्र निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  • संभावित खोला–नदी कटान र भू–क्षय नियन्त्रण गर्न पहिरो र कटान क्षेत्रलाई बायो इञ्जिनियरिङ र स्थानीय प्रविधिमा आधारित चेक ड्याम निर्माण गरी कटान र भू–क्षय नियन्त्रण गर्ने नीति लिईनेछ ।
  • गाउँपालिकाको वडा नं ३, ५ र ६ को दक्षिणी भेग तथा वडा नं ४ चुरे क्षेत्रमा पर्ने र वर्षात्को समयमा बाढीपहिरो एवं नदी, खोला, खोल्सीले कटान गर्ने हुनाले त्यसको रोकथाम र संरक्षण गर्नको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँग आवश्यक समन्वय र सहकार्य गरेर कार्यक्रम संचालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाभित्र जडिबुटी लगायतका वन पैदावरमा आधारित उद्योग सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा स्थापना गर्नको लागि पहल गरिनेछ ।
  • स्थानीय वातावरण अनुकूलका वन पैदावरहरुको विस्तार र विविधीकरण गरी वातावरण संरक्षण र व्यवस्थापन गरिनेछ । साथै भू–क्षय नियन्त्रण र नदी मुहान तथा किनाराको संरक्षण गर्ने कार्यक्रम संचालन गरिनेछ ।
  • एक गाउँपालिका एक नर्सरी, एक गाउँपालिका एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहसँग समन्वय गरेर वृक्षरोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्राकृतिक प्रकोप भूकम्प, महामारी, बाढी पहिरो, आगलागी समेतले निम्त्याउन सक्ने असहज अवस्थाको व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषलाई उपयोग गरिने छ ।
  • उल्लेखित विपद सम्बन्धि कार्यका लागि बजेटको व्यव्स्था गरिनेछ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन

(क)       सेवा प्रवाह र सुशासन

  • गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुले संचालन गरेका गतिविधिहरुका बारेमा जनतालाई सुसूचित गर्न, पारदर्शिता कायम गर्न, सेवाग्राहीको पृष्ठपोषण लिन चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरी हरेक क्रियाकलापलाई जवाफदेही र पारदर्शी बनाइनेछ ।
  • सेवालाई जनताको घरदैलौमा पुर्याउन आर्थिक वर्ष २०७९/८० बाट वडा नं २, ३ र ६ को सेवा प्रवाहलाई विस्तार गरी सेवाकेन्द्रबाट सेवा प्रवाह संचालन गरिएको छ यसलार्इ निरन्तरता दिइनेछ ।
  • यस गाउँपालिकाको भौतिक विकासका अलवा माग र अधिकारमा आधारित विभिन्न गतिविधि गर्दै विकासको मूल प्रवाहमा सबै नागरीकहरुलाई समावेश गर्न र राज्यले व्यवस्था गरेकाबालबालिका, दलित अपाङग, पिछडा वर्ग, अल्पसंख्यक सीमान्तकृत व्यक्ति तथा समुदायको समावेशी तथा समतामूलक विकास गर्नको लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विषयगत कार्यालयहरु र सम्वन्धित गैरसरकारी संघ, संस्थाहरुलाई आग्रह गर्दै सम्वन्धित क्षेत्रमा आवश्यक योजना निर्माण तथा बजेट विनियोजनका लागि आह्वान गर्ने ।
  • सुशासनमा जोड दिंदै सेवा प्रवाहमा विना भेदभाव सबैलाई समान अवसर प्रदान गरिनेछ ।
  • गाउँ कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभुत तथा सामुदायिक स्वास्थ्य इकाइ, कृषि तथा पशु शाखामा कार्यरत करार कर्मचारीहरुको सेवालाई निरन्तरता दिईनेछ ।
  • फिल्डमा खटिनु पर्ने ईञ्जिनियरिङ सेवा तर्फका प्राविधिक कर्मचारीहरुलाई फिल्ड भत्तालाई निरन्तरता दिइनेछ ।
  • साविकको स्थानीय निकायमा स्थायी नियुक्ति भई कार्यरत कर्मचारीहरु सेवाबाट अवकाश हुंदाका बखत प्रदान गरिने सुविधाका लागि कर्मचारी कल्याण कोषको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाभित्रका वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र इकाइमा विद्युतीय हाजिरीको व्यवस्था गरिनेछ ।
  • पालिकामा सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाइनेछ । जसका लागि आवश्यक बजेटको व्यव्था गरिएको छ ।
  • गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा पदीय दायित्वबोध, जवाफदेहीता, व्यवसायिकता तथा क्षमता वृद्धि गर्न तालिमको व्यवस्था गरिनेछ ।
  • गाउँपालिका र वडा कार्यालयबाट संकलन गरिने राजश्वलाई पारदर्शी बनाउन अन लाइन प्रणालीलाई निरन्तरता दिइनेछ ।
  • पदीय जिम्मेवारीको थप महसुस गराउन साथै काममा उत्प्रेरणा प्रदान गर्न उत्कृष्ट कर्मचारी (वडा सचिव, प्राविधिक कर्मचारी र अन्य कर्मचारी), उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट पदाधिकारी, उत्कृष्ट शिक्षक शिक्षिका, कक्षा आठ, एसईई र कक्षा १२ सर्बोत्कृष्ट अंक ल्याउने छात्र छात्रा साथै गाउँपालिका क्षेत्रबाट अवकाश भएका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई जीवनभर गरेको सेवाको सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • गुणस्तरीय शिक्षा, स्वास्थ्य, सेवा प्रदान तथा सुशासन कायम गर्न विद्यालय तथा कार्यालयहरूमा सिसि टिभि जडान गर्ने नीति लिइनेछ ।

(ख)      सूचना तथा संचार

  • देशको सामाजिक, आर्थिक, शासकीय लगायत समग्र क्षेत्रको विकासका लागि सूचना तथा संचार प्रविधि अपरिहार्य साधन भएकोले यसलाई समयानुकूल प्रभावकारी रुपमा उपयोग गर्ने नीति लिइनेछ ।
  • असमान रुपमा रहेको गाउँपालिका र वडा कार्यालयहरुको इन्टरनेटको अवस्था अन्त्य गर्न साथै सबै वडा कार्यालयहरुलाई गाउँपालिकासँग इन्टरनेटको माध्यमबाट जोड्न र सोही माध्यमबाट इन्टरकम टेलिफोनको व्यवस्था गर्नका लागि इन्ट्रानेटको ब्यवस्था गरिनेछ ।
  • संचालित योजना तथा कार्यक्रमहरुको गुणस्तरीयता सुनिश्चित गर्न अनुगमन तथा निरीक्षणलाई ब्यवस्थित र नतीजामुखी बनाइनेछ । साथै स्थानीय तहहरुको क्षमता स्वमूल्यांकन (LISA) र स्थानीय तहको वितिय जोखिम मूल्याङ्कन (FRA) लाई अझ प्रभावकारी बनाइने छ।
  • नागरिक वडापत्रहरु, विभिन्न कार्यक्रमका सूचना, फोटो तथा भिडियो, प्रत्यक्ष कार्यक्रमहरु प्रदर्शन गर्नका लागि विद्युतीय डिजिटल डिस्प्ले बोर्ड राख्ने कार्यलाई विस्तार गरिनेछ ।
  • पारदर्शी, छिटो, छरितो र सुरक्षित डाटाबेस साथै पेपरलेस कार्यक्रमका लागि जिन्सी, सिफारिस, योजना, राजश्व, लगायतका क्षेत्रहरुमा सफ्टवेयर प्रणालीलाई निरन्तरता दिइनेछ ।
  • सूचना प्रविधिमैत्री अध्यापन कार्यलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधारको व्यवस्था गर्दै सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय र सहकार्य गरिनेछ ।
  • गाउँपालिकाले गरेका गतिविधिहरूबारे जनतालार्इ सूचित गर्न पत्र–पत्रिका, अनलाइन पत्रिका, रेडियोमा माङसेबुङका विकाससँग सम्बन्धित कार्यक्रम संचालन गरिनेछ ।
  • स्थानीय स्तरमा संचालित संचार माध्यमहरूको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गर्ने संचार माध्यमहरूलार्इ लोक कल्याणकारी सूचनाको व्यवस्था मिलाउँदै लगिनेछ ।
  • नेपालका विभिन्न संचार माध्यमहरूमा काम गर्ने माङसेबुङ गाउँपालिकाबासी पत्रकारहरूको सिप तथा क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरिनेछ । जसका लागि स्थानीय सञ्चार माध्यम र पत्रकारितासँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिनेछ ।
  • माङसेबुङ गाउँपालिकाले प्रकाशन गर्दै आएको माङसेबुङ बुलेटिन प्रकाशन यस वर्ष देखि निरन्तरता दिइनेछ । जसका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
  • माङसेबुङ गाउँपालिकाको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने नेपालका विभिन्न संचार माध्यमहरूमा काम गरिरहेका पत्रकारहरूमध्ये एक जना पत्रकारलार्इ वर्षेनी सम्मान गरिनेछ ।
  • माङसेबुङ गाउँपालिकामा रहेका एफ. एम. स्टेशनलार्इ प्रशारण क्षमता वृद्धि गर्न प्रोत्साहन गर्ने नीतिलार्इ निरन्तरता दिइनेछ ।
  • माङसेबुङ गाउँपालिकाको विकासका लागि वि स २०१५ साल देखि हालसम्मका जननिर्वाचित/जनप्रतिनिधिहरुको चिनारी सङ्गालो प्रकाशन गरिनेछ ।

अन्य

(क)       गैर सरकारी संस्था

  • गैर सरकारी संस्थाहरुले आफ्ना कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दा आवधिक तथा वार्षिक गाउँपालिका विकास योजना, सहभागितामूलक योजना पद्धतिका आधारमा स्थानीय स्तरबाट माग, छनौट र प्राथमिकीकरण भई आएका आयोजना र कार्यक्रमहरु मध्येबाट गर्नु पर्ने नीति लिइनेछ ।
  • गैर सरकारी संस्थाको पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्न सहजीकरण, परिचालन, अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाईनेछ ।
  • गैर सरकारी संस्था तथा लघुवित्त संस्थाहरुले गाउँपालिकासँग अनुमति लिएर मात्र कार्य गर्ने व्यवस्था गरिनेछ ।

(ख)       गरिबी न्यूनीकरण

  • गरिबी निवारण गर्न स्थानीय श्रोत साधनको उपलब्धता र बजारीकरणको पहुँचलाई ध्यान दिदैं बाँस तथा काठ उद्योग खोल्नलाई गाउँपालिकाले सहयोग गर्नेछ ।
  • गरिबी निवारणको निम्ति गरिबसँग विशेश्वर कार्यक्रम संचालनलाई निरन्तरता दिइनेछ ।
  • गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नयाँ उद्यमी सृजना गर्दै, पुराना उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै लगिनेछ साथै उद्यमीहरुले सरल र सहज तरिकाले ऋण प्राप्त गर्ने कार्यमा आवश्यक पहल र समन्वय गरिनेछ ।
  • संभावनाका आधारमा विकास गरिएका कृषि तथा पशु विकासका पकेट क्षेत्रहरुको कार्यक्रमलाई स्थानीय समुदायको आय आर्जन र सीप विकाससँग जोडी गरिबी न्यूनीकरणमा प्रत्यक्ष रुपमा सहयोगी बनाइनेछ ।
  • साना सिंचाई कार्यक्रम संचालनबाट सिंचाई सुविधा पुगेको बाँझो जमिनलाई उपयोग गरी कृषिलाई व्यवसायिक बनाई अतिरिक्त आय आर्जन हुने नीति लिइ गरिवी न्यूनीकरणमा सहयोगी बनाइनेछ ।
  • मापदण्डका आधारमा गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरणका लागि लगत संकलन कार्य सम्पन्न भएकोले आगामी आ.व.मा परिचय पत्र वितरण गरिनेछ ।

(घ)        भूमि व्यवस्था

  • जमिनको वैज्ञानिक वर्गीकरणका लागि भू–उपयोग नीति लागूगरिने छ ।
  • गाउँपालिकाभित्रका सम्पूर्ण कृषियोग्य जमिनको उचित उपयोग गर्न भू(उपयोग योजना तर्जुमा गरी भूमिको वर्गीकरण गरिनेछ ।
  • लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न संकलन गरेको लगतका आधारमा स्थलगत नापचाँच गरी यसै आ.व २०८०/८१ देखि भूमिहिन सुकुम्बासी/ भूमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलार्इ जग्गाको निस्सा तथा धनिपूर्जा वितरण गर्ने कार्य अघि बढाइनेछ । जसको लागि बजेटको व्यवस्था गरिनेछ ।

(ड.)       राजश्व नीति

  • राजश्व परिचालनका लागि करका दरभन्दा दायरा फराकिलो पारी नयाँ आम्दानीका स्रोतहरु पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइनेछ ।
  • करयोग्य आर्थिक क्रियाकलापलाई करको दायरमा ल्याउँदै प्रगतीशिल, समन्यायिक, पारदर्शी, व्यवसायमैत्री राजश्व प्रणालीको विकास गरिनेछ ।
  • कर प्रशासनमा सूचना प्रविधिको प्रयोगलाई निरन्तरता दिइनेछ ।

(च)       न्याय सम्पादनः

  • न्याय सम्पादनलाई सर्वसुलभ बनाउनका लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरुलाई व्यवस्थित गरिदै लगिनेछ । जसका लागि बजेटको व्यवस्था गरिनेछ ।
  • न्याय सम्पादनमा संलग्न हुने पदाधिकारीहरु तथा मेलमिलापकर्ताहरु र कर्मचारीको क्षमता वृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

(छ)        अध्यक्ष विकास / उपाध्यक्ष विकास कार्यक्रम

  • चालु आर्थिक वर्ष २०७९/८० बाट सुरुवात गरिएको अध्यक्ष विकास कार्यक्रम र उपाध्यक्ष विकास कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।

अन्त्यमा,

माङसेबुङ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न गाउँपालिकामा श्रम सस्कृतिको विकास गरिनेछ । सोका लागि सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि, कर्मचारीहरुमा जनश्रमदानको लागि आह्वान गरिन्छ । लिइएको नीति तथा कार्यक्रमलार्इ सम्पन्न गर्न आम माङसेबुङबासीको सल्लाह, सुझाब र साथ सहयोगको पनि उत्तिकै आवश्यकता रहेको छ । लिइएको नीति तथा कार्यक्रमलार्इ कार्यन्वयन गर्न सके (आहा माङसेबुङ) को परिकल्पनालाई पूरा गर्न सकिने विश्वास लिइएको छ ।

TOP