ओलम्पिक डेमा इलाममा व्याडमिन्टन प्रतियोगिता – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

ओलम्पिक डेमा इलाममा व्याडमिन्टन प्रतियोगिता

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

इलाम: ओलम्पिक डे २०२३ को अवसरमा इलाम सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयको कवर्डहलमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा खुला ए तर्फ फुर्तेम्वा शेर्पा र रेनिस सुनुवार प्रथम भए । यो जोडीले राजन दाहल र रोहन दासलाई पराजित गरेको हो । त्यस्तै खुला बि तर्फ सन्तोष राई र सन्देश राईको जोडी बोधराज वस्नेत र कमलश्रेष्ठलाई पराजित गर्दै विजेता वने । सुपर भेट्रानतर्फ दिलिप घिमिरे र सुभाष चिपालुको जोडी उत्कृष्ट रहयो । उनीहरुले इश्वर चिपालु र राजेन्द्र आचार्यलाई पराजित गरेका हुन् । महेश श्रेष्ठ र थेवा तामाङ लेखराज राई र देवेन्द्र सुनुवारलाई हराउदै भेट्रानतर्फ विजेता वने ।
बुधवार सुरु भएको प्रतियोगितामा विजेता तथा उपजिजेता खेलाडीहरुलाई आयोजक जिल्ला व्याडमिन्टन संघ इलामका अध्यक्ष हुकुमलाल थेवे, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललगायतले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । समापन कार्यक्रमको अवसरमा वोल्दै संघका अध्यक्ष थेवेले जिल्लामा व्याडमिन्टन खेलाडी उत्पादनकालागि चा“डै प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिए । इलाम नगरपालिकाका प्रमुख केदार थापाले हरेक खेलको विकासमा नगरपालिकाले सधै साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

TOP