खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

देउमाई नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेट वक्तव्य (पूर्ण पाठ)

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
देउमाई नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेट वक्तव्य (पूर्ण पाठ)
Spread the love

इलाम : इलामको देउमाई नगरपालिकाको आठौं नगरसभामा उपप्रमख पविमाया राईले देउमाई नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेट वक्तव्य प्रस्तुत गरेकी छन् ।

बजेट वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ ।

नगर सभामा पेश भएको मिति- २०८०/०३/०७

यस देउमाई नगरपालिकाको आठौं नगर सभाका सभाध्यक्ष ज्यू तथा उपस्थित सभाका सदस्य ज्यूहरु,

आज हामी यस आठौं नगर सभामा देउमाई नगरपालिकाको समुन्नत भविष्यका लागि दीर्घकालीन सोच सहित आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएका छौं । देउमाई नगरपालिकाको बजेट एवम् कार्यक्रम तर्जुमा समिति संयोजकको हैसियतले यो सम्मानित नगरसभा समक्ष आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरिरहेको छु ।

नेपालका वीर सहिदहरुको बलिदानले नेपाली नागरिकले खोजेको सेवा, चाहेको विकास र परिकल्पना गरेको समाज निर्माण गर्ने प्रणाली स्थापित भएको छ । यस महत्त्वपूर्ण अवसरमा देश र जनताको उज्ज्वल भविष्यका लागि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरु प्रति हार्दिक श्रद्धान्ञ्जली व्यक्त गर्न चाहन्छु ।

हामी जनताका आधारभूत तहका समस्या समाधानका लागि जनप्रतिनिधिको रुपमा उपस्थित भएका छौ र सम्बोधन गर्ने हरसंभव प्रयास पनि गरिरहेका छौ। राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै प्रचलित कानूनमार्फत सेवा प्रवाहलाई प्रभावकारी र सुशासनयुक्त बनाउन प्रतिवद्ध छौ।

स्थानीय तहका अधिकार क्षेत्र  भनि संविधान र कानूनले परिभाषित गरेका जिम्मेवारी पुरा गर्न हामीले केहि कानूनी र संस्थागत संरचना निर्माण गर्दै अगाडी बढ्ने प्रयास गरेका छौँ ।

बजेट विनियोजन गर्दा नेपालको संविधानमा उल्लेखित राज्यका मार्गनिर्देशक सिद्धान्त तथा नीतिहरू, स्थानिय सरकार संचालन ऐन, २०७४, अन्तरसरकारी वित्तिय व्यवस्थापन ऐन, २०७४, दिगो विकास लक्ष्य, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८, नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम, कार्यपालिका बैठकबाट निर्धारित बजेटका प्राथमिकता, टोलटोलका समस्या, विषयगत समिति, वडा समिति, राजश्व परामर्श समिति लगायतका विभिन्न विकास साझेदार र विज्ञहरूको सुझावलाई ध्यान दिएर बजेट तथा कार्यक्रम तय गरेको छु।

आदरणीय सभाध्यक्ष ज्यू,

आ.व. २0८०/८१ को बजेटका मुख्य प्राथमिकता र उद्देश्यहरू यस प्रकार रहेका छन्,

  • क्रमागत योजनाहरूलाई पहिलो प्राथमिकता प्रदान गर्ने,
  • नगरभित्र रहेका सम्पूर्ण विद्यालयहरुमा ईन्टरनेट पहुँचको सुनिश्चितता गर्ने,
  • स्थानीय श्रम, सीप र प्रविधिमा आधारित रोजगारीका अवसरहरु सृजना गर्ने,
  • पशुपंक्षी तथा कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने,
  • देउमाई नगरको पहिचान स्थापित हुने खालका तथा गौरवका आयोजनाहरूलाई संघ र प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन गर्ने,
  • नगरपालिकाका सबै वडाहरूमा बाह्रै मास चल्ने सडकमार्गको विस्तार गर्ने,
  • पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धन गर्ने,
  • शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई सेवाको अभिवृद्धि गर्ने,
  • सक्षम र सुदृढ तथा सुशासनयुक्त सेवा प्रवाहको विकास गर्ने,
  • दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने,
  • सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सबै राजश्वका श्रोतहरुको परिचालन गरि करका दायरा बढाउने ।

आ.व. २०८०/८१ को यस बजेटका प्राथमिकताका आधारहरु यस प्रकार रहेका छन्

  1. आर्थिक विकास एवं गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने।
  2. उत्पादनमूलक तथा छिटो प्रतिफल दिने र राजश्व परिचालनमा योगदान पुर्याउने।
  3. स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिवृद्धि गर्ने।
  4. लैंगिक समानता र सामाजिक समावेशीकरण कायम गर्ने।
  5. दिगो विकासका लक्ष्य, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने।
  6. सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने।

आदरणीय सभाध्यक्ष ज्यू,

अब म गत आ.व. 2078/79 को यथार्थ आय-व्यय, चालु आ.व. 2079/80 को संशोधित आय-व्यय र आ.व. 2080/८1 को अनुमानित आय-व्यय प्रस्तुत गर्न चाहन्छु।

आ.व. 078/79 मा आन्तरिक राजश्वको लक्ष्य रू. 23 करोड 22 लाख 42 हजार राखिएकोमा रू. 4 करोड 44 लाख 54 हजार 4 सय 89 मात्र संकलन भएको छ।

व्यय तर्फ चालु खर्चमा रू. 49 करोड 43 लाख 25 हजार 5 सय र पुँजीगत खर्चमा रु. 42 करोड 50 लाख 4 हजार 5 सय अनुमान गरिएकोमा क्रमशः रू. 40 करोड 98 लाख 93 हजार 1 सय 41 मात्र र रू. 20 करोड 61 लाख 4 हजार 6 सय 90 मात्र खर्च भएको छ।

चालु आ.व. 079/80 को राजश्वको लक्ष्य रू. 10 करोड 24 लाख 17 हजार राखिएको मा असार मसान्तसम्म राजश्व संकलन रू. 3 करोड मात्र हुने संशोधित अनुमान रहेको छ।यो रकम कुल लक्ष्यको 29.30 प्रतिशत रहने अनुमान गरिएको छ। व्यय तर्फ चालु खर्चमा रू. 47 करोड 47 लाख 67 हजार र पुँजीगत खर्चमा रू. 30 करोड 15 लाख 60 हजार 7 सय 99  अनुमान गरिएकोमा क्रमशः रू. 40 करोड र रू. 25 करोड खर्च हुने संशोधित अनुमान गरिएको छ।

आदरणीय सभाध्यक्ष ज्यू,

आ.व. 2080/८1 मा देउमाई नगरपालिकामा तपशिलमा उल्लेखित स्रोतहरूबाट आम्दानी हुने लक्ष्य राखिएको जानकारी गराउँदछु। जसको संक्षिप्त विवरण निम्नानुसार रहेको छः

  1. आन्तरिक राजश्वबाट- रू. ५ करोड ५० लाख 69 हजार
  2. संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम
  3. शशर्त अनुदान चालु तर्फ- रू. 28 करोड 89 लाख
  4. शशर्त अनुदान पुँजिगत तर्फ- रू. 2 करोड 65 लाख
  • वित्तिय समानीकरण अनुदान तर्फ- रू.11 करोड 56 लाख
  1. समपुरक अनुदान तर्फ-रू.75 लाख
  2. विशेष अनुदान तर्फ –रू.75 लाख

जम्मा रू.44 करोड 60 लाख

  1. कोशी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम
  2. शशर्त अनुदान चालु तर्फ- रू. 21 लाख 75 हजार
  3. शशर्त अनुदान पुँजिगत तर्फ- रू. 1 करोड 22 लाख 91 हजार
  • वित्तिय समानीकरण अनुदान तर्फ- रू.72 लाख 35 हजार
  1. समपुरक अनुदान तर्फ- रू.1 करोड 30 लाख

जम्मा रू.3 करोड 47 लाख 1 हजार

  1. बाँडफाँडबाट प्राप्त राजश्व रकम
  2. संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने- रू.10 करोड 40 लाख 27 हजार
  3. कोशी प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने- रू.1 करोड 11 लाख 82 हजार
  • स्थानीय राजस्व बाँडफाँड प्राप्त हुने- रु. 2 लाख 10 हजार

जम्मा रु. ११ करोड 5४ लाख १९ हजार

  1. संचित कोषमा मौज्दात हुने अनुमान- रू.७ करोड

कुल जम्मा आय रू.72 करोड 11 लाख 89 हजार हुने लक्ष्य प्रस्ताव गरेको छु।

आदरणीय सभाध्यक्ष ज्यू,

अव म आ.व. 20८०/८१ को विनियोजन बजेट प्रस्तुत गर्न चाहन्छु।

संघीय सरकार तर्फको शशर्त अनुदान रू.31 करोड 54 लाख, विशेष अनुदान रू 75 लाख, समपुरक अनुदान रु.७५ लाख र कोशी प्रदेश सरकार तर्फको शशर्त अनुदान रु. 1 करोड 44 लाख 66 हजार र समपुरक अनुदान रु.1 करोड 30 लाख लाई तोकिएको कार्यविधि, निर्देशिका अनुरूप नै खर्च हुने गरि यस बजेटमा समावेश गरिएको छ।

तपशिलः

  1. पूर्वाधार विकास तर्फ- रू. 14 करोड 21 लाख 46 हजार
  2. सामाजिक विकास तर्फ रू. 39 करोड 14 लाख 07 हजार
  3. आर्थिक विकास तर्फ रू.6 करोड 28 लाख 21 हजार
  4. संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ रू. 69 लाख 65 हजार
  5. कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ रू. 11 करोड 78 लाख 50 हजार

आदरणीय सभाध्यक्ष ज्यू,

अब म वडागत,विभिन्न विषयगत शाखा र नगरकार्यपालिकको कार्यालयको बजेट विनियोजन पेश गर्न चाहन्छु,

आ.व. 2080/81 को कुल विनियोजन रकम रु. 72 करोड 11 लाख 89 हजार मध्ये चालू खर्च तर्फ रु. 48 करोड 28 लाख 85 हजार (67 प्रतिशत) र पुँजीगत खर्च तर्फ रु.23  करोड 83 लाख 04 हजार (33 प्रतिशत)बिनियोजन गरिएको छ।

देउमाई नगरपालिका भित्रका नौ वटै वडामा चालु तथा प्रशासनिक खर्चका लागि १०/१० लाखका दरले ९० लाख र पुँजिगत तर्फ ४०/४० लाख का दरले 3 करोड 60 लाख रकम विनियोजन गरेको छु।

कृषि तथा पशुपंक्षी विकास तर्फः

विनियोजित रकम -रू. १ करोड 67 लाख 50 हजार

  • कृषिको व्यवसायीकरण, विविधिकरण र बजारीकरण गर्न कृषकलाई अनुदानमा प्लाष्टिक टनेल,काउम्याट वितरण, कृषि औजार वितरण, हाते ट्याक्टर र च्यापकटर वितरणमा बजेटको व्यवस्था गरेको छु।साथै कृषकलाई तरकारीको किट बीउ वितरण, कृषक परिचयपत्र वितरण तथा हिँउदे तथा बर्खे घाँसको विउ बितरणका लागि बजेटको व्यवस्था गरेको छु।
  • माटो शिविर सञ्चालनका लागि समेत बजेटको व्यवस्था गरेको छु।
  • पशु विमा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • छुर्पी प्रबर्द्धन कार्यक्र, अलैची पकेट विकास कार्यक्रमलाई निरन्तरता दिने गरी बजेटको व्यवस्था गरेको छु।
  • आधारभूत पशु प्रयोगशाला व्यवस्थापन, माहामारी तथा आकस्मिक रोग नियन्त्रणका लागि बजेटको व्यवस्था गरेको छु।

शिक्षा युवा तथा खेलकुद विकास तर्फः

विनियोजित रकम -रू.२७ करोड 69 लाख 30 हजार मात्र

  • नगर खेलकुद संचालन तथा नगर खेलाडी र खेल प्रशिक्षक व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको छु।
  • खान्द्रुङ मावि देनपा-7 मा विज्ञान संकाय संचालन निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • भानुभक्त मावि देनपा-४ मा प्राविधिक धारको पठनपाठन निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • नगर शिक्षक व्यवस्थापन तथा मंगलबारे बहुमुखी क्याम्पस प्राध्यापक व्यवस्थापन कार्यलाई निरन्तरताका लागि यस बर्ष पनि बजेटको व्यवस्था गरेको छु।
  • देउमाई नगरभित्रका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा स्वास्थ्य स्वयंसेवकव्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको छु।
  • देउमाई नगरपालिकाको स्थानीय पाठ्यक्रम विकास गरि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्य अनुरुप कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक प्रकाशित गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • संघीय सरकारको नीति अनुरूप विद्यालय कर्मचारी तथा बाल विकास केन्द्र कर्मचारीको थप तलबलाई निरन्तरता दिएको छु।
  • गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाको पहुँच पुर्याउनका लागि नगर प्रमुख छात्रवृत्ति कार्यक्रमलाई निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई सुदृढीकरण गर्नका लागि प्रत्येक विद्यालयमा ईन्टरनेटको पहुँच पुर्याउनका लागि बजेटको व्यवस्था गरेको छु।
  • नेपाल स्काउट प्रबर्द्धन गर्नका लागि सामुदायिक विद्यालयहरुमा बजेटको व्यवस्था गरेको छु।

स्वास्थ्य शाखा तर्फः

विनियोजित रकम -रू.5 करोड 54 लाख 50 हजार

  • नगरभित्रका गर्भवती महिलालाई सहजरुपमा जिल्लाअस्पताल सम्मको पहुँचका लागि नगरपालिकाको आफ्नै एम्बुलेन्स खरिद गरिनेछ । यसका लागि बजेटको व्यवस्था गरेको छु।
  • स्वास्थ्य चौकी र आयुर्वेद केन्द्रहरुबाट नि:शुल्क उपलव्ध हुने भनि नेपाल सरकारले घोषणा गरेका औषधिवापतको रकम पर्याप्त प्राप्त नहुने भएकोले उक्त औषधि वितरण कार्यलाई सहज बनाउन थप औषधी खरिदको लागि बजेटको व्यवस्था गरेको छु।
  • नगर भित्रका सुत्केरी महिला र नवजात शिशुको पोषणका लागि सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • स्वास्थ्य स्वयंसेविका प्रोत्साहन भत्ता कार्यक्रमको निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • आयुर्वेद गाउँघर क्लिनिक तथा शिविर सञ्चालनका लागि बजेट व्यवस्था गरेको छु ।

खानेपानी, सिंचाई र उर्जा तर्फः

विनियोजित रकम -रू. 5 करोड 26 लाख 63 हजार

  • साना सिँचाई कार्यक्रम अन्तर्गत पंखेलुङ माकथुम्बा सिँचाई योजना, छाँगे होयङबा सिंचाई योजना, दमाई खोला जौबारी सिंचाई योजना, कालसिंङ डाँडाखेत परतापे सिंचाई योजना, सम्याखोला भोटे कुलो सिंचाई योजना लगायत अन्य सिंचाई योजनाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • निर्माणाधीन बृहत् देउमाई खानेपानी आयोजना निर्माण निरन्तरताकालागि बजेटको व्यवस्था गरेको छु।
  • बैकल्पिक उर्जा प्रवर्द्धन तथा जैविक उर्जा प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरेको छु।
  • जलाधर संरक्षण, खानेपानी मुहान मर्मत तथा खानेपानी पाइप वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

युवा तथा रोजगारी र तथ्याङ्क तर्फः

विनियोजित रकम -रू. 1 करोड 30 लाख 77 हजार

  • महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, अल्पसंख्यक लगायतका लक्षित वर्गको उत्थान तथा रोजगारी प्रवर्द्धनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • लघु उद्यम विकास कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, संचालन मार्फत नगरपालिकामा बढी भन्दा बढी रोजगारी सिर्जना गर्नकालागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • किसान सुचिकरण, आप्रवासी प्रोफायल निर्माण, बरोजगारी तथ्याङ्क संकलन कार्यका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

सामाजिक सरक्षा तथा संरक्षण तर्फः

विनियोजित रकम -रू. 1 करोड 62 लाख

  • ज्येष्ठ नागरिक पोसाक भत्ता, एकल पुरूष भत्ता, तेस्रो लिङ्गी नागरिक भत्ता, ४५ वर्ष माथिका अविवाहित महिलालाई भत्ता तथा र पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ताको निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • मृत्यु दाहसंस्कार सहयोग र मातृशिशु पोषण कार्यक्रमको निरन्तरताका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नगर प्रमुख सुरक्षित आप्रवासन कार्यक्रमको निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • दीर्घरोगी उपचार यातायात सहयोग कार्यक्रमको निरन्तरताका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • बाढी, पहिरो, आगलागी, विभिन्न महामारी रोग लगायत विपद् व्यवस्थापनका लागि प्रकोप व्यवस्थापन कोषमार्फत सञ्चालन हुने गरी आवश्यक बजेटको व्यवस्था गरेको छु।

नगरपालिका चालु तथा पुँजिगत तर्फः

  • नगर भित्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • संघीय सरकारसँगको साझेदारीमा यसै आ.व.भित्र सम्पन्न गर्ने लक्ष्य लिइएकोनगरपालिका प्रशासकीय भवन निर्माण सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • जट्टेश्वर मिलडाँडा चाचले कृषि सडक स्तरोन्नति तथा नगरपालिका बैकल्पिक शहरी सडक नमुना पिच कार्यक्रमको निरन्तरताका लागि बजेट व्यवस्था गरेको छु।
  • कृषि तथा पशुपंक्षी बजार निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • देउमाई नगरपालिकाको मुहार फेर्ने (गेम चेन्जर प्रोजेक्ट) अन्तर्गतका रणनीतिक सडकहरु, शहरी सडक, कृषि सडक, ग्रामिण सडक लगायतका यातायात पूर्वाधारहरूको मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • समाजमा रहेका विभिन्न लक्षित वर्ग तथा समुदायको भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • विभिन्न जातजातिगत धार्मिक-साँस्कृतिक साथै पर्यटकीय महत्व बोकेका संरचना निर्माण तथा मर्मतसंभारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नगर भित्र संचालन तथा निर्माण हुने विभिन्न विकास आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय मूल्यांकन निर्माण लगायत विभिन्न विकास गुरूयोजना तयार गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

न्याय र सुशासन प्रवर्द्धन

  • सुशासन र पारदर्शिता प्रवर्द्धनका गर्न भईरहेको विद्युतीय भुक्तानी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक वजेट विनियोजन गरेको छु ।
  • न्यायिक समिति र ईजलास सञ्चालन साथै लक्षित समूह र महिला प्रवर्द्धन कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • क्षमता अभिवृद्धि गरी न्याय सम्पादन कार्यलाई अझ प्रभावकारी बनाउन न्यायिक समिति, वडा मेलमिलाप तथा मेलमिलापकर्ताहरुलाई तालिमको लागि वजेट विनियोजन गरेको छु ।
  • समयानुकल र प्रविधिमैत्री सेवा प्रवाहको लागि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न साथै अन्य पालिकाहरुमा भएका असल अभ्यासहरुको अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।

आदरणीय सभाध्यक्ष ज्यू,

बजेट तर्जुमा सँगसँगै यसको कार्यान्वयन अर्को महत्वपूर्ण पाटो हो। लक्ष्य अनुरूपका कार्यक्रमहरु समयमै संचालन हुन सके मात्र अपेक्षित नतिजा हासिल गर्न सकिन्छ।कार्यक्रमको सफल कार्यान्वयनमा स्थानीय समुदायको अत्यन्त ठूलो भूमिका हुने भएकाले स्थानीय समुदायको तर्फबाट अपनत्व ग्रहण गरी यसको सफल कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा लिएको छु। प्रस्तावित कार्यक्रमबाट नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा गुणात्मक सुधार आई सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु।

  यसर्थ प्रस्तुत बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै सरोकारवाला पक्षसँग सहयोग र सहकार्यको अपेक्षा गर्दछु।

आदरणीय सभाध्यक्ष ज्यू,

देउमाई नगरपालिकाको गरिमामय यस आठौँ नगरसभाको बजेट निर्माण गर्न अहोरात्र खटिनुहुने नगरसभा सदस्यहरू, विषयगत समिति, बजेट तर्जुमा समिति, बजेट मस्यौदा समिति, कर्मचारी मित्रहरू, देउमाई नगरवासी दाजुभाई तथा दिदिबहिनीहरू लगायत सम्पूर्ण देउमाई नगरपालिकाको शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गर्दछु।

अन्त्यमा, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई नगरको समृद्धि र नगरबासीको हितमा योगदान गर्न आह्वान गर्दछु।

“प्राकृतिक श्रोत, कृषि र पर्यटन समृद्ध देउमाई हाम्रो अभियान”

धन्यवाद।

पविमाया राई

नगर उप-प्रमुख

देउमाई नगरपालिका

मंगलबारे, इलाम।

TOP