जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्याेदय नगपालिकाको तेह्रौं नगरसभामा नगरपालिकाले बनाएको ऐनको संशोधन प्रस्ताव र प्रतिवेदन पेश

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्याेदय नगपालिकाको तेह्रौं नगरसभामा नगरपालिकाले बनाएको ऐनको संशोधन प्रस्ताव र प्रतिवेदन पेश

फिक्क्ल: इलामको सूर्याेदय नगपालिकाको तेह्रौं नगरसभाको तेस्रो बैठकमा नगरपालिकाले बनाएको ऐनको संशोधन प्रस्ताव र प्रतिवेदन पेश भएको छ ।नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको बैठकमा सूर्याेदय नगरपालिकाको संघ संस्था दर्तासम्बन्धि ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८० पेस भएको छ । सभामा विधेयक समितिका संयोजक उर्गेन बम्जनले प्रतिस्थापन विधेयक पेश गरेका थिए ।
त्यस्तै सूर्याेदय नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेकने विधेयक २०८० पेस भएको छ । भौतिक पूर्वाधार विकास समिति संयोजक पेमा उर्गेन लामाले प्रतिस्थापन विधेयक सभामा पेश गरेका थिए । बुधबार बसेको सभामा केहि स्थानिय ऐनलाई संशोधन गर्न बनेको विधेयक कार्यपालिका सदस्य ख्याम भुजेलले पेस गरेका छन् ।
सभामा पेस भएको केही स्थानीय ऐन संशोधन प्रस्ताबले नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, सूर्याेदय नगरपालिकाको स्थानीय कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको ऐन २०७४, सूर्याेदय नगरपाकाको खानेपानी व्यवस्थापन ऐन २०७६ र सूर्याेदय नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ मा रहेका केही प्रावधानलाई संशोधन गर्ने प्रस्ताव गरेको छ ।
सभामा उपप्रमुख दुर्गा कुमार बरालले न्यायीक समितिको र अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पेस गरेका छन् । सभामा आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले सूर्याेदय नगरपालिकाको आवधिक योजना २०७७÷०७८–२०८१÷०८२ को मध्यावधि समिक्षाको प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक गणेश कुमार खड्काले सूर्याेदय नगरपालिकाको आ.व. ०७८÷०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सभामा पेस गरेका थिए । नगरसभाको अर्काे बैठक असार ९ गते पुन बस्नेगरी स्थगित भएको छ । नगरसभाको तेह्रौ अधिवेशन बैशाख ८ गतेदेखि शुरूभएको हो ।

TOP