देउमाई नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित (पूर्ण विवरण सहित)
-
प्रकाशित मितिः
January 13, 2025
- हाम्रो पालिका
इलाम : इलामको देउमाई नगरपालिकाको आर्थिक बर्ष २०८०-८१ काे निति तथा कार्यक्रम आज (बुधबार) बसेकाे आठाैँ नगर सभाले सर्वसम्मतरूपमा पारित गरेकाे छ। पारित निति तथा कार्यक्रम यसप्रका रहेको छ ।
देउमाई नगरपालिकाकोआठौँ नगर सभामा उपस्थित प्रमुख अतिथी ज्यू, नगर सभाका सदस्य ज्यूहरु, देउमाई नगर सभाको आठौँ नगर अधिवेशनको यो संवेदनशील एवं महत्वपूर्ण क्षणमा हार्दिक स्वागत अभिवादन गर्दछु।
सभाका सदस्य ज्यूहरु,
संविधान कार्यान्वयनका महत्वपूर्ण आधारहरु निर्माण गरी राजनितिक संक्रमण कालको अन्त्य भई देश विकास र समृद्धिको सुखद प्रवेशद्वारमा प्रवेश गरी “समृद्ध नेपाल सुखी नेपाली” को मूल मर्म अनुसार कार्य गर्न थालनी गर्ने एउटा जिम्मेवार सदस्यको हैसियतमा तपाई हामीलाई पाउँदा अति नै खुशी लागेको छ।
विभिन्न किसिमका सामन्ति निरंकुशतावादीहरुको शासन प्रणालीको अध्याँरो युगको अन्त्य गरी जनप्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गराउने क्रममा जीवनको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु ।
नेपाली समाजको रुपान्तरणमा योगदान पुर्र्याउने तथा राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान सहितको लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको लागि नेतृत्वप्रदान गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मानभाव प्रकट गर्न चाहन्छु ।
सभाका सदस्य ज्यूहरु,
आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त ससर्त अनुदान, समानीकरण अनुदान, राजस्व बाँडफाड, समपुरक अनुदान र विशेष अनुदान तथा आन्तरीक आयलाई मुख्य श्रोत मानि बजेट तर्जुमा गरि नगरपालिका क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरु यस नीति तथा कार्यक्रमका आधारमा सञ्चालन हुनेछन्।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा निम्नलिखित विषय वस्तुहरुलाई आधार मानी तयारगरिएको छ ।
क. नेपालको संविधान,
ख. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
ग. संघ र प्रदेश सरकारबाट प्राप्त निर्देशनहरु,
घ. दातृ निकायसँग भएका सम्झौताहरु,
ङ. वडा समितिबाट प्राप्त भएका माँगहरु तथा सुझावहरु,
च. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जूमा दिग्दर्शन,२०७४,
छ. श्रोत साधनको उपलब्धता,
ज. सरोकारवालाहरुको राय सुझाव,
स्थानीय सरकारको प्रमुखका हैसियतले देउमाई नगरवासीहरुका तमाम माग, चाहाना, आकांक्षा र भावनालाई सम्बोधन गर्नम नगरको एकीकृत विकासका लागि आगामी आ.व. २०८०/८१ मा अवलम्बन गरिने नीतिहरु प्रस्तुतिका लागि अनुमति चाहन्छु ।
१.शिक्षा, युवा तथा खेलकुद
- शिक्षण सिकाईमा आधुनिक प्रविधिको प्रयोग गर्ने तथा समयानुकूल वैकल्पिक शिक्षण सिकाईको अवधारणालाई अवलम्वन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- देउमाई नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकसित गर्ने लक्ष्य अनुरुप हाल भानुभक्त मा.वि., मंगलबारेमा प्राविधिक धार अन्तर्गत सिभिल ईन्जिनियरिङ्ग, जितपुर मा.वि.,जितपुरमा पशुविज्ञान र खान्द्रुङ्ग मा.वि.,पञ्चमीमा विज्ञान संकाय सञ्चालन गरिदै आएकोमा आगामी आ.व.मा समेत साधन स्रोतको यथोचित व्यवस्थापनलाई निरन्तरता दिदै देउमाई नगरपालिकालाई प्राविधिक शिक्षाको थलोको रुपमा स्थापित गरिनेछ ।
- शिक्षाको उज्यालो किरणबाट कुनै पनि बालबालिकालाई वञ्चित हुन नदिन अनिवार्य विद्यालय भर्ना कार्यक्रम अभियानका रुपमा संचाल गरिने छ।
- देउमाई नगरभित्रमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा सत्र्चालित विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- गरीवीका कारणले शिक्षामा पहूँच नहुने अवस्थालाई अन्त्य गर्न विद्यालयहरुमा छात्रवृति कोष कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- उच्च शिक्षाको क्षेत्रमा विषेश सहयोगको कार्यक्रमलाई निरन्तरता दिइने छ।
- नगरभित्रका प्रत्येक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षण सिकाईका लागि आवश्यक पर्ने भौतिक तथा मानवीय पूर्वाधारको विकास सहित आधुनिक प्रयोगशालाको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
- नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु र मंगलबारे बहुमुखी क्याम्पसको शैक्षिक वातावरण तथा भौतिक पूर्वाधार विकास र स्तरोन्नतीका लागी आवश्यक सहयोगलाई निरन्तरता दिइनेछ।
- नगर प्रमुख छात्रवृति कोषबाट ईन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइने छ।
- देउमाई नगरपालिकाको विस्तृत जानकारी आम विद्यार्थीमा पुर्र्याउने लक्ष्यका साथ यस नगरपालिकाको आफ्नो छुट्टै पाठ्यक्रमको पाण्डुलिपि तयार भईसकेकाले यसै आ.व. भित्र छपाई प्रकृया सम्पन्न गरी सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गरिनेछ ।
- सामुदायिक विद्यालयमा कार्यरत नगर शिक्षक, कर्मचारी तथा स.का.हरुको सेवा सुविधा नेपाल सरकारले निर्धारण गरे बमोजिम समायोजन कार्यलाई निरन्तरता दिइनेछ।
- सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- युवालाई व्यवसायिक एवं उद्यमी बनाउन विभिन्न प्रकारका व्यवसायिक तथा सीपमूलक तालिम प्रदान तथा सामग्री वितरण गरिनेछ।
- “स्वस्थ जीवनका लागि खेलकुद” भन्ने नारालाई साकार बनाउन नगर क्षेत्रभित्र विभिन्न स्थानमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै युवाहरुलाई खेलकुद गतिविधि तर्फ आकर्षित गर्न विभिन्न खेल विधाका नगर तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने नीति लागू गरिनेछ।
२.स्वास्थ्य
- देउमाई नगरपालिकामा निर्माणाधिन १५ शैयाको नगर अस्पताललाई समयमा नै सम्पन्न गरि विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नीति लिइनेछ।
- सुरक्षित मातृत्व तथा बालपोषण कार्यक्रमलाई निरन्तरता दिदै अपाङ्गता गर्भमै रोकथाम गर्नका लागि चौमासिक गर्भ जाँचलाई प्रोत्साहन गर्न चालु आ.व.बाट प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेमा सञ्चालनमा रहको भिडियो एक्स-रे सेवालाई थप व्यवस्थित बनाइनेछ र वडा स्तरमै गर्भवती महिलाहरुका निशुल्क भिडियो एक्स रे सेवा विस्तार गर्दै लग्ने नीति लिइने छ।
- नगरपालिकाको आफ्नै एम्बुलेन्स खरिद गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया सम्पन्न भइसकेकाले यसै आर्थिक वर्षको पहिलो चौमासिकबाट नगरभित्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि जिल्ला अस्पतालसम्म निशुल्क पुर्याउने व्यवस्था मिलाइनेछ।
- “स्वस्थ एवं समृद्ध देउमाई” साकार पार्न महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई उच्च मूल्याङ्कन गर्दै प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइएको छ।
- नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने राष्ट्रिय निःशुल्क कार्यक्रमका अत्यावश्यक औषधिहरुको स्टक आउट हुन नदिन नियमित आपूर्तिको ब्यवस्थापन गरिनेछ साथै नसर्ने तथा मानसिक रोगको औषधि व्यवस्थापनलाई निरन्तरता दिइनेछ ।
- आयुर्वेद सेवा सुदृढीकरण तथा सबलीकरण कार्यलाई निरन्तरता दिइनेछ ।
- विगतका वर्ष देखि प्रदान गर्दै आएको विपन्न नागरिक औषधी उपचार सम्बन्धी जटिल प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई उपचारको पहूँच सम्म पुर्याउन आवश्यक यातायात सहयोगको ब्यवस्थालाई निरन्तरता दिईनेछ ।
- सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- कोभिड १९ विरुद्धको खोप अभियानलाई निरन्तरता दिइनेछ।
- नियमित खोप कार्यक्रमलाई थप सुदृढीकरण गर्दै चालु आ.व.मा झै आगामी आ.व.मा पनि देउमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- HB1 AC एनालाइजर र सोडियम पोटासियम एनालाइजर खरिद गरि प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेबाट उपलब्ध हुने ल्याव सुविधालाई समायानुकल र दुरुस्त पार्दै लगिनेछ।
३.भौतिक पूर्वाधार विकास
- नगरपालिकाले दैनिक रुपमा प्रदान गर्ने सेवा प्रवाहलाई एकिकृत बनाउने हेतूले निर्माणाधीन नगर प्रशासकीय भवनको निर्माण कार्य यसै आ.व.मा सम्पन्न गरि एकद्वार सेवा सञ्चालनमा ल्याइने छ।
- नगरद्वारा विस्तारित सडक सञ्जाललाई बाह्रै महिना चलायमान बनाउने चुनौति हामी माझ छ र यसको लागि सम्पूर्ण सडक सञ्जाललाई क्रमिक रुपमा अल वेदर (All Weathered)बनाउनको लागि कार्ययोजना बनाई लागु गरिने नीति अनुरुप कच्ची सडकलाई अल वेदर सडकको रुपमा स्तरोन्नति गर्दै लगिनेछ।
- नगरपालिका भित्र विकसित हुने सडक संजालहहरुको दिर्घकालिन व्यवस्थापनका निम्ति नगर यातायात गुरुयोजना निर्माण कार्य सम्पन्न भइसकेकाले सोहि अनुरुपसडक नीति लागू गरिनेछ ।
- देउमाई नगरपालिकाको दिर्घकालिन विकासका लागि राष्ट्रिय आवधिक योजनासँग तादम्यता कायम हुने गरि आवाधिक विकास योजना तथा मध्यकालीन खर्च कार्ययोजना तयार गरि लागु गरिनेछ।
- बजार क्षेत्रको वृहत्तर विकासका लागी वैकल्पिक मार्गको स्तर बृद्दि गर्ने कार्य अन्तिम चरणमा पुगिसकेकाले उक्त सडक क्षेत्रमा बसोवास व्यवस्थित बनाउन थप पूर्वाधारको व्यवस्था गरिने छ। साथै शहरी क्षेत्रका सहरी सडकहरुको स्तरवृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।
- नयाँ सडक वनाउने कार्यलाई निरुत्साहित गर्दै विद्यमान सडकहरुको गुणस्तरीय स्तरोन्नतिको कार्यलाई प्रोत्साहित गरिने छ।
- संघ तथा प्रदेश सरकारसँगको समन्वय-सहकार्यमा देउमाई नगरपालिकाको केन्द्र मंगलबारे र मेची राजमार्ग जोड्ने नेपालटार-मंगलबारे सडकखण्ड स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइने छ।
- झोलुङ्गेपुल विस्तार आयोजनालाई निरन्तरता दिइनेछ।
- बहुबर्षिय योजनाहरुलाई प्राथमिकताका साथ संचालन गरिने छ।
४.रोजगारी तथा गरिवी निवारण
- देउमाई नगरपालिका भित्र रहेका अति विपन्न परिवारको पहिचान र अवस्था विश्लेषण गरी परिचय पत्र वितरणका माध्यमवाट सरकारी तथा गैर सरकारी निकायहरुवाट प्रदान गरिने सेवा सुविधालाई एकीकृत रुपमा प्रदान गर्न आवश्यक नीति लिइनेछ ।
- वैदेशिक रोजगारीबाट फर्केका तथा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सिप र क्षमताको पहिचान गरी स्वदेश मै रोजगार बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन परियोजना र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा समाहित गर्दै स्वरोजगार बनाइनेछ।
- वैदेशिक रोजगारीमा गएका तथा वैदेशिक रोजगारीबाट फर्कि आएका र निजको परिवारको सामाजिक सुरक्षा तथा सहायताको लागि सुरक्षित आप्रवासन कार्यक्रमसँग समन्वय तथा सहकार्यका लागि बजेट व्यवस्थापन गरी कार्यक्रम प्रभावकारी बनाउन आवश्यक नीति तय गरिनेछ।
- नगरक्षेत्र भित्रका श्रम सक्रिय जनशक्तिलाई स्वरोजगार तर्फ उन्मुख गराउन घरेलु तथा साना उद्योग क्षेत्र, सीप तथा व्यवसाय प्रवर्द्धन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरी सम्बन्धित सीपलाई उजागर गरी क्षमता अभिवृद्दि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- नगरका सम्पूर्ण रोजगारीका कार्यक्रमहरु एकिकृत रुपले सञ्चालन गर्न तथा बेरोजगार व्यक्तिहरु एवं रोजगारदाताहरुको वास्तविक तथ्याङ्क राख्न, अद्यावधिक गर्न लगायतका रोजगारी सम्बन्धी सम्पूर्ण सेवा प्रदानका लागि रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा विस्तार गर्ने उद्देश्य अनुरुप रोजगार सेवा केन्द्र, सुरक्षित आप्रवासन कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई एकीकृत रुपले सञ्चालन गर्न श्रम तथा रोजगार प्रवर्द्धन शाखाको स्थापना गरि आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ।
- वैदेशिक रोजगारीमा जाने तथा वैदेशिक रोजगारीबाट छुट्टीमा आएका युवाहरुको श्रम स्वीकृतिको कार्य रोजगार सेवा केन्द्रबाटै प्रदान गरिनेछ।
- नगरपालिकामा सञ्चालन हुने निर्माण योजनामा स्थानीय जनशक्तिको प्रयोगलाई प्रोत्साहन दिने नीति लिइनेछ ।
५.खानेपानी,सिँचाई तथासरसफाई
सभाका सदस्य ज्यूहरु,
- स्वच्छ खानेपानी स्वस्थ जीवनको पहिलोआधार हो। हाम्रो नगरपालिका भित्र निर्माणाधीन खानेपानीका आयोजनालाई नगरकै मातहतमा संचालन गरी पुर्णरुपमा स्वच्छ खानेपानीको प्रत्याभूत गराइने छ ।
- दीर्घकालीन खानेपानी समस्या समाधानका लागि नयाँ श्रोतको व्वस्थापन गरिनेछ।
- नगरका सम्पूर्ण कृषि योग्य जमिनलाई सिन्चित गराउने नीति अनुरुप, संघीय सरकार, प्रदेश सरकार,स्वीस सरकार र देउमाई नगरपालिकाको साझेदारीमा सञ्चालित साना सिँचाई कार्यक्रम (SIP) सँगको सहकार्यमा १८ वटा आयोजना सम्पन्न भइसकेको र आगामी वर्षमा थप५ वटा आयोजनाहरु सम्पन्न गरिनेछ साथै यस कार्यक्रमलाई आ.व. २०८१/०८२ सम्म निरन्तरता दिइनेछ ।
- स्वच्छ एवं स्वस्थ पर्यावरणलाई दृष्टिगत गर्दै फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य वस्तुहरुलाई क्रमिक रुपले निरुत्साहित तथा न्यूनीकरण गर्दै लगिने छ ।
६.वन, वातावरण तथा विपद् व्यवस्थापन
- जलाधार तथा खानेपानी मूहानलाई संरक्षण गर्न आवश्यक नीति अवलम्बन गरि वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने छ।
- सडक तथा संरचनाहरु निर्माण गर्दा वन तथा वातावरणको क्षति न्यूनीकरण गर्ने उपाय (वायो ईन्जिनियरिङ्ग) अवलम्बन गरि विकास निर्माणका कार्यलाई अघि बढाइनेछ।
- बहुक्षेत्रगत विपद नक्सांकन तयार गरि विपद सम्बन्धि रणनीति तयार गरिनेछ
- नगर विपद व्यवस्थापन समिति तथा वडागत विपद व्यबस्थापन समिति गठन गरि समितिहरुलाई चुस्त बनाइनेछ ।
- नगरपालिकाका विभिन्न सडक तथा संरचनाको निर्माणको लागि वातावरण प्रभाव मुल्यांकन तथा विष्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गरि नगर आयोजना बैंकको स्थापना गरिनेछ।
- विपद् व्यवस्थापनका लागि आवश्यक नीति अवलम्वन गरिने छ ।
७.कृषि तथा पशु
सभाका सदस्य ज्यूहरु,
- “देउमाई नगरपालिकाको पहिचान प्रांगारिक खेती अभियान” लाई साकार रुपदिनकृषिलाई वाध्यता हैन रहरका रुपमा विकास गर्ने गरि व्यवसायिक कृषि प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- ”घर घरमा करेसावारी, भान्सा – भान्सामा ताजा तरकारी” अभियान मार्फत विभिन्न जातका तरकारी तथा फलफुलका बिउ वितरणका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- उन्नत खालका पशुपालन, व्यवसायिक तरकारी तथा फलफूल खेती, व्यवसायिक मत्स्यपालन, मौरीपालन, अलैची, अकबरे खोर्सानी, किवि, अदुवा,चिया, कफि लगायतका नगदेबालीव्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
- कृषि तथा पशुपंक्षी सम्बन्धी तथ्यांक अद्यावधिक गरी किसान सुचिकरण र कृषक परिचय पत्र वितरण कार्यक्रमलाईनिरन्तरता दिइनेछ।
- आर्थिक विकासमा कृषि क्षेत्रको योगदानलाई वृद्धि गर्न कृषि क्षेत्रको विविधीकरण, व्यवसायिकरण र आधुनिकीकरण गर्दै लैजाने नीति अनुरुप यस आ.व.मा निर्माणाधीन कृषि तथा पशु बजारकेन्द्र र पशु वधशाला व्यवस्थित गरि सञ्चालनमा ल्याइनेछ।
- बाली तथा पशुपंक्षी प्रवर्द्धन कार्यक्रम मार्फत मासु तथा दुग्धजन्य उत्पादनमा देउमाई नगरपालिकालाई आत्मनिर्भर बनाइ निर्यातमूखी बनाउदै लगिनेछ ।
- बाली तथा पशु बिमा कार्यक्रमलाई प्रोत्सहित गर्नका लागि विमा प्रिमियम रकममा ५०% अनुदानको व्यवस्था गरिनेछ ।
- दुग्घ डेरी आद्युनिकिरण तथा छुर्पी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- “हाम्रै नगरको झ्याले आलु – अर्गानिक खानपानमा नगरवासी सिपालु ” कार्यक्रम मार्फत स्थानीय उत्पादन वृद्धि गर्न विऊ संरक्षण तथा वितरण, उत्पादित वस्तुको बजारीकरण गरी बढ्दो फास्टफूड र जंक फूडको प्रयोगमा न्यूनीकरण गरिनेछ।
- कृषि सहकारिता, सामुहिक खेती र सामुहिक पशुपालन प्रणालीलाईउत्पादन वृद्धिको आधारबनाउन सहकारी दर्ता ऐन अनुसार दर्ता प्रकृयालाई प्रोत्साहित गर्ने नीति लिइने छ।
- राष्ट्रिय एवं स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली तथा बस्तुको व्यवसायिक उत्पादनका लागि कृषि पकेट क्षेत्रको कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै सेवा प्रवाहलाई सु-व्यवस्थित गर्न कृषि तथापशु क्षेत्रमा विज्ञ जनशक्तिको व्यवस्थापन गरिनेछ।
- माटो परीक्षण शिविर सञ्चालनलाई निरन्तरता दिइनेछ।
- कृषि धन तथा पशुधन रक्षा तथा प्रवर्द्धन गर्न आवश्यक नीति अवलम्वन गरिनेछ।
८.पर्यटन
- नगरपर्यटनगुरुयोजना अनुरुप निर्देशिका बनाई पर्यटकीय गन्तव्यहरुको संरचनागत विकास कार्यलाई निरन्तरता दिइनेछ।
- देउमाई नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको प्रचार-प्रसार गर्न निजी क्षेत्रसँग समेत समन्वय गरि संरचना निर्माण गर्दैस्थानीय,क्षेत्रीय,राष्ट्रिय तथा अन्तराष्ट्रिय संचार माध्यमलाई परिचालन गर्ने नीतिलाई निरन्तरता लिइने छ।
९.विद्युत तथा वैकल्पिक उर्जा
- “हाम्रो देउमाई उज्यालो देउमाई” अभियानलाईसाकार बनाउने नीतिलाई निरन्तरता दिइनेछ।
- धुँवामुक्त नगरको रुपमा देउमाई नगरपालिकालाई विकसित गर्न सुधारिएको चुलो, बायोग्याँस, विद्युतीय चुल्हो जडान लगायत सौर्य उर्जा तथा नविकरणीय उर्जा प्रविधि जडानलाई प्रोत्साहन गरिनेछ।
१०. लक्षित वर्ग तथा समावेशीकरण
सभाका सदस्य ज्यूहरु,
- बालश्रम विरुद्भ तथा महिला हिंसा अन्त्यका लागि सचेतना कार्यक्रम संचालन गरिने छ।
- महिला प्रवर्द्धन कार्यक्रम मार्फत नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर एवं उद्यमी बनाउदै रोजगारीको विकास तथा स्थानीय श्रोत-साधन परीचालन गर्ने कार्यक्रम ल्याइने छ।
- चालु आ.व.मा थालनी गरिएको लक्षित वर्गका भवन निर्माण अन्तर्गतका दलित, सुनुवार स्यादार, साकेला र अपाङ्ग भवन निर्माणलाई निरन्तरता दिइनेछ।
- अपाङ्गता भएका विपन्न नागरिकलाई स्वास्थ्य विमा कार्यक्रमको पहुँचमा ल्याउन विशेष नीति लिइने छ।
- ११.मानव संशाधन विकास
- नगरपालिकाद्वारा प्रदान गरिने सेवाप्रवाहलाई चुस्त दुरुस्त पार्न आवश्यक जनशक्ति व्यवस्थापनका निम्ति नगरपालिकाको कर्मचारी सांगठनिक संरचना तयार पारि सकिएको र यसै आ.व. बाट कार्यान्वयन गरिनेछ ।
- नगरपालिकामा कार्यरत जनशक्तिलाई आवश्यक प्रोत्साहनको व्यवस्था गरिनुका साथै समयानुकुल आधुनिक प्रविधि तर्फ अगाडि बढाउन प्रत्येक वडा कार्यालयबाट सहभागिताहुने गरि प्राविधिक एवंप्रशासनिक जनशक्तिलाई निरन्तर तालिम, अध्ययन अवलोकन तथा भ्रमणको व्यवस्था गरी सेवा प्रवाहलाई सरल, छिटो, छरितो एवं दुरुस्त बनाउन प्रविधि मैत्री नीति लिइनेछ।
- जनप्रतिनिधीहरु,न्यायिक समिति तथा मेलमिलाप समिति गठन तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रम ल्याइने छ।
१२. सूचना तथा प्रविधि
सभाका सदस्य ज्यूहरु,
- नगरपालिकाबाट दैनिक रुपमा प्रवाह हुने सेवालाई छिटो, छरितो तथा थप पारदर्शी रुपले घरैबाट प्राप्त गर्न सक्ने गरि सूचना प्रविधिको प्रयोग गर्दै विद्युतिय भुक्तानी प्रणाली लागूगरिदै आएकोमा यस आ.व.बाट सेवाग्राहीहरुले घरैबाट सेवा प्राप्त गर्ने गरि ई-सर्भिस सञ्चालनमा ल्याइने छ।
- सूचना तथा सञ्चार प्रविधिको थप सबलीकरण मार्फत सेवाप्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउदै लगिने छ।
- सञ्चार क्षेत्रको विकासका निम्ति स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
- नगरपालिका हाताभित्र सुचना केन्द्रको स्थापना गरि नगरको सम्पूर्ण सूचना सहज रुपमा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
- सूचना प्रविधिमा आधारीत शिक्षण सिकाईलाई निरन्तरता दिईने छ।
१३.सामाजिक सुरक्षा एवं संरक्षण
- सामाजिक संस्कारबाट एकल रुपमा रहन बाध्य भएका एकल पुरुषहरुलाई प्रदान गरिदै आएको एकल पुरुष भत्ता तथा ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रमलाईनिरन्तरता दिइने छ।
- मृत्यु दाहसँस्कार सहयोग तथा मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रदान गरिदै आएको निर्वाह भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- नगरमा रहेका तेस्रो लिङ्गी तथा ४५ वर्ष माथीकाअविवाहित महिलालाई समेत सामाजिक सुरक्षा भत्तावितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- नगरपालिका भित्र पहेलो कार्ड प्राप्त अपाङ्गहरुलाई दिइदै आएको भत्तालाई निरन्तरता दिइएको छ।
१४.राजश्व तथा बित्तीय व्यवस्था
- कोरोना महामारी तथा विश्वब्यापी आर्थिक संकटको कारण धरासायी भएका व्यवसायहरु जुर्मुराउदै गरेको वर्तमान परिवेशमा करको दर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो वनाउदै प्रगतिशील कर संकलन नीति अवलम्वन गरिनेछ।
- सम्पुर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई करका दायरामा ल्याइने छ।
- देउमाई नगरपालिकाको आन्तरीक राजस्व वृद्धिका लागि सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र कानुनले वर्जित गरेका वाहेक बन क्षेत्रका वन्यजन्तु एवं जडिबुटिको कारोवारलाई करको दायरामा ल्याइने छ।
- नगरको समग्र राजस्व वृद्धिका लागि राजस्व सुधार योजना निर्माण गरि लागू गरिनेछ।
१५. भू-व्यवस्थापन, सहरी विकास र आवास व्यवस्था
सभाका सदस्य ज्यूहरु,
- भु-उपयोग राष्ट्रिय विकास नीतिलाई अवलम्बन गरिने छ।
- भूमि व्यवस्थापन आयोगद्वारा संचालित कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न समन्वय र सहकार्य गरिनेछ।
- पुराना घरको अभिलेखिकरण तथा नयाँ घरको नक्शा पास अनिवार्य गरिने छ।
- भू-उपयोग नीति लागु गरि नापी तथा मालपोत कार्यालय सँग समन्वय गरि भू-वर्गिकरणको लगत व्यवस्थित गरिनेछ ।
- सार्वजनिक तथा निजी भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता कडाईका साथ लागू गरिनेछ। साथै विद्युतीय घरनक्शा पास प्रणाली कार्यान्वयनमा ल्याइने छ।
१६.प्राकृतिक श्रोत व्यवस्थापन
- नगरपालिकाको स्वामित्वमा रहेका र सार्वजनिक पर्ति जग्गाहरुको खोजविन गरी तथ्याङ्क राख्ने तथा ती जग्गाहरुको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र बन क्षेत्रका बन्यजन्तु एवं जडिबुटिको उपयोगमा विशेष निति बनाएर लागू गरिने छ।
सभाका सदस्य ज्यूहरु
१७.उद्योग,सहकारी तथा संघ–संस्था
- स्थानीय श्रोत साधन तथा यस क्षेत्रमा पाइने कच्चा पदार्थको प्रशोधन गर्ने घरेलु तथा साना उद्योग, कृषिजन्य, वन जन्य उद्योग स्थापना तथा संचालनलाई प्रोत्साहन गर्ने निति बनाइने छ साथै लघु उद्यम विकासका लागि संघीय सरकार, प्रदेश सरकार संग सहकार्य गर्दै अघि बढिनेछ।
- देउमाई नगरपालिकामा रहेका सम्पूर्ण सहकारीहरुलाई कोपोएम.आई.एस. प्रणालीमा अनिवार्य आवद्ध गराई व्यवस्थित गरिनेछ ।
- सहकारी तथा संघ-संस्थाहरुको अनुगमन सम्बन्धी कार्यविधि जारि गरि अनुगमन कार्यलाई कडाईका साथ अघि बढाइनेछ ।
१८.सुरक्षा
- नगरका सम्पूर्णजनतालाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने नीतिलाईनिरन्तरता दिइनुका साथै ट्राफिक प्रहरीको व्यस्थापनका लागि पहल गरिनेछ।
- प्रत्येक वडामा प्रहरी विटको स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गरिने छ।
१९. अन्य निकाय सँगको सम्बन्ध
- देउमाई नगरपालिकाको छिमेकमा रहेका इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिका सँग सडक सञ्जाल ,पर्यटन विकास, जल उपयोग, बिपद व्यवस्थापान र व्यापार क्षेत्रमा सहयोग तथा साझेदारीका लागि विशेष नीति अवलम्वन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था सँग भगिनि सन्बन्ध जोड्दै अघि बढिने छ।
उपस्थित सभाका सदस्य ज्यूहरु,
जनताका बढ्दो इच्छा, आकाङ्क्षा र आवश्यकताको तुलनामा नगरपालिकामा प्राप्त हुने स्रोत साधन अत्यन्त न्यून हुने हुँदा जनताका सबै माग एवं चाहानालाई यो वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिएको छैन। नगरपालिकाको आन्तरिक स्रोत कम भएको कारणले पनि हामीलाई थप कठिनाई उत्पन्न भएको छ। तसर्थ, उपलब्ध स्रोतबाट मात्र सम्पन्न हुन नसक्ने योजनाहरुलाई नेपाल सरकार र प्रदेश सरकार समक्ष अनुरोध गरी सत्र्चालन गर्न पहल गरिनेछ।
यस नगरपालिकाले आफ्नो २०८०/०८१ को वार्षिक नीति तयारी गर्ने सन्दर्भमा नेपाल सरकार, कोशी प्रदेश सरकारको नीति र मार्गदर्शन अनुरुप यहाँका विभिन्न क्षेत्र, समुदाय साथै ९ वटै वडाहरुबाट प्राप्त भएका सुझाव, योजना तथा कार्यक्रमहरुलाई विभिन्न विषयगत समिति, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जूमा समिति लगायतका समितिहरुको बैठकको निर्णयका आधारमा यो वार्षिक नीति तथा कार्यक्रम तयार गरी नगरकार्यपालिका बैठकबाट निर्णय भई आजको यो नगरसभा समक्ष पेश गरेको छु ।यस पुनित कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु धन्यवादका पात्र हुनुहुन्छ।
साथै प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि आगामी दिनमा सबै क्षेत्रबाट अझ बढी सहयोग र सदभाव प्राप्त हुने आशा एवं विश्वास लिएको छु ।
अन्त्यमा, देउमाई नगरपालिकाको आठौं नगरसभा सभ्य एवं भव्य रुपमा सम्पन्न गर्न योगदान गर्नुहुने सम्पूर्ण नगरसभाका सदस्य ज्यूहरु, नगरपालिकाका राष्ट्रसेवक कर्मचारी साथीहरुएवं सबैसरोकारवाला पक्षहरु प्रति आभार व्यक्त गर्दछु ।
धन्यवाद ।
सुर्य प्रसाद पोख्रेल
(सभाध्यक्ष)
२०८०-०३-०६