मिस सूयोदय हुँने, विजेताले एक लाख पाउने – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

मिस सूयोदय हुँने, विजेताले एक लाख पाउने

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika


फिक्कल:
इलामको सूर्योदय नगरपालिकामा मिस सूयोदय सिजन १ हुँने भएको छ । स्थानीय स्तरमा रहेका प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले जिल्लामै पहिलोपटक आयोजना गरीएको मिस सूर्योदय सिजन १ यहि असार ७ गते देखि २० गते सम्म फिक्कलमा हुँने भएको हो ।
होटल एसोसीएसन सूर्योदयको आयोजना तथा सूर्योदय जेसीज र युनाईटेट फिक्कल क्लबको सह आयोजनामा हुँने कार्यक्रमको ब्यवस्थापन समुन्त सूर्योदय मल्टी सर्भील प्रा.लिले गर्ने भएको छ ।
१६ देखि २५ बर्ष उमेर समुहका युवतीले सहभागीता जनाउन सक्ने उक्त कार्यक्रमले सौन्दर्यकला र बुद्धिमत्ताको प्रचार;संस्कृति, परम्परा र इतिहासको प्रवर्द्धन गर्ने जनाईएको छ । कार्यक्रमले सहभागीलाई स्वस्थ जीवनशैली र सामुदायिक संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने , सामाजिक सीप र व्यक्तित्वको विकास गर्दै आत्म–विश्वास, आत्म–अनुशासन, प्रेरणा, र दृढ संकल्पमा वृद्धि गर्ने जनाईएको छ ।
प्रतिस्पर्धीको वस्ताविक पहिचानका लागि व्यवसायिक समूहद्वारा अडिसन लिइने आयोजकका कार्यक्रम संयोजक युवराज प्रधानले जानकारी दिनु भयो । उहाका अनुसार छनौटमा रहेका प्रतिष्पर्धीलाई कोरियोग्राफी ,हस्पिटालिटी, क्षमता अभिवृद्धि ,उद्घोषण तथा पब्लिक स्पिकिंग, नेतृत्व बिकास तालिम, व्यवसायिक मोडलिंग तालिम, मेकअप, आर्टिस्ट , फेसन डिजाइनिंग सम्बन्धि तालिमका साथै योगा पोषण तथा स्वस्थ्य सम्बन्धी तालिम र अंग्रेजी बोलचाल ,मनोसामाजिक परामर्श ,उत्प्रेरणा, आत्मरक्षा ,बित्तिय साक्षारता ,सामाजिक ,राजनैतिक ,समावेशिता ,पर्यटन तथा करियर सम्बन्धी परामर्श ( लोकसेवा ,बैदेशिक अध्ययन व्यवसाय बैकिङ्ग सेवा सम्बन्धी) तालिम दिईने छ ।
सहभागी मध्येबाट उत्ृष्ठ १० छनौट गरी फाईनलका लागि प्रतिष्पर्धा गराईने छ ।

पुरस्कार
मिस सूर्योदय सिजन १ विजेता
टाइटल ताज पुष्पगुच्छा छात्रवृत्ति
नगद पुरस्कार रु १०००००÷–
 विभिन्न ब्रान्डमा बैतानिक दूत तथा विज्ञापन खेल्ने अवसर
 म्युजिक भिडियो खेल्ने अवसर

Mr & Miss Province No= 1 मा सहभागिताको अवसर

मिस सूर्योदय सिजन १ प्रथम रनरअप
टाइटल ताज पुष्पगुच्छा तथा नगद रु ५००००÷–
मिस सूर्योदय सिजन १ सेकेण्ड रनरअप
टाइटल ताज पुष्पगुच्छा तथा नगद रु २५०००÷–
अन्य

 BEAUTY WITH PURPOSE

 BEAUTY WITH INTELLIGENT

   PHOTOGENIC

   BEST SMILE

   ORGANIZERÚS CHOICE

कार्यक्रमको फाईनल असार २० गते हुने छ ।

TOP