पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

इलामका आठ पालिकालाई अनुदानको रसायनिक मलमा कोटा निर्धारण,बास्तविक किसान सम्म नपुग्दै सकिन्छ

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
इलामका आठ पालिकालाई अनुदानको रसायनिक मलमा कोटा निर्धारण,बास्तविक किसान सम्म नपुग्दै सकिन्छ

फिक्कल
इलामका आठ स्थानीयतहलाई अनुदानमा प्राप्त रसायनिक मलको कोटा निर्धारण गरिएको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विर्तामोडले इलामका लागि गत जेठ २१ गते २३ सय बोरा रसायनिक मल (यूरिया) छुट्याएको थियो ।सोही अनुसार इलामका आठ स्थानीय तहले अनुदानको मल पाएका हुन् ।यसरी मल पाउनेहरुमा इलाम नगरपालिकाले ३ सय बोरा,सूर्योदय नगरपालिकाले ३ सय ६० बोरा,देउमाई नगरपालिकाले २ सय ६० बोरा,माईजोगमाई गाउँपालिकाले २ सय बोरा,रोङ गाउँपालिकाले ३ सय बोरा,चुलाचुली गाउँपालिकाले ४ सय बोरा,माई नगरपालिकाले ३ सय ६० बोरा र सन्दकपुर गाउँपालिकाले १ सय २० बोरा पाएका छन् ।फाकफोकथुम र माङसेबुङ गाउँपालिकामा भने कुनै सहकारी दर्ता नभएकोले माग नभएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।कृषि सामाग्री कम्पनी इलामको गोदाममा मौज्दातमा रहेको यूरिया र डिएपी भने इलाम नगरपालिका,देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकाले पाएका छन् ।असार ३ गते कोटा बाँडफाँड गरि इलाम नगरपालिकालाई ११ सय ३६ बोरा यूरिया र ६ सय ९३ बोरा डिएपी,देउमाई नगरपालिकालाई ६ सय बोरा यूरिया र १ सय ५० बोरा डिएपी,माईजोगमाई गाउँपालिकालाई २ सय बोरा यूरिया रहेको छ ।ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाका अनुसार यसरी प्राप्त भएको मल स्थानिय तहको मल वितरण ब्यवस्थापन समितिको निणर्य बमोजिम सहकारी र विक्रेताहरुले बजार मुल्य भन्दा सस्तोमा किसानहरुलाई विक्री गर्नुपर्नेछ ।कोटामा प्राप्त भएको मल स्थानिय तहले असार १० गते भित्रमा साल्ट ट्रेडिङ कर्पोरेशन विर्तामोडबाट उठाईसक्नुपर्ने छ।कतिपय स्थानिय तहले तोकिएको समयमा मल नउठाईदिदा अनुदानको मल पाउनबाट किसान वञ्चित हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।पछिल्लो फाल्गुनयता हरेक महिना सरकारले किसानका लागि अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ । ।साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनीमा दर्ता भएका सहकारीहरुले मात्र अनुदानको मल पाउने प्रावधान रहेको छ ।सरकारले उपलब्ध गराउने अनुदानको मलमा यूरिया प्रति केजी १४ रुपैयाँ,डिएपी ४३ रुपैयाँ र पोटास प्रतिकेजी ३१ रुपैयाँ पर्ने गर्छ ।सहकारीहरुले संचालन खर्च प्रति केजी १ रुपैयाँ र ढुवानी भाडा जोडेर मल विक्री गर्नुपर्नेछ ।तर इलामका कतिपय सहकारीहरुले अनुदानको मल धेरै महंगोमा बेच्ने गरेको र बास्तविक किसानले नपाउने गरेको गुनासो छ ।

TOP