प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामका आठ पालिकालाई अनुदानको रसायनिक मलमा कोटा निर्धारण,बास्तविक किसान सम्म नपुग्दै सकिन्छ

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
इलामका आठ पालिकालाई अनुदानको रसायनिक मलमा कोटा निर्धारण,बास्तविक किसान सम्म नपुग्दै सकिन्छ

फिक्कल
इलामका आठ स्थानीयतहलाई अनुदानमा प्राप्त रसायनिक मलको कोटा निर्धारण गरिएको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विर्तामोडले इलामका लागि गत जेठ २१ गते २३ सय बोरा रसायनिक मल (यूरिया) छुट्याएको थियो ।सोही अनुसार इलामका आठ स्थानीय तहले अनुदानको मल पाएका हुन् ।यसरी मल पाउनेहरुमा इलाम नगरपालिकाले ३ सय बोरा,सूर्योदय नगरपालिकाले ३ सय ६० बोरा,देउमाई नगरपालिकाले २ सय ६० बोरा,माईजोगमाई गाउँपालिकाले २ सय बोरा,रोङ गाउँपालिकाले ३ सय बोरा,चुलाचुली गाउँपालिकाले ४ सय बोरा,माई नगरपालिकाले ३ सय ६० बोरा र सन्दकपुर गाउँपालिकाले १ सय २० बोरा पाएका छन् ।फाकफोकथुम र माङसेबुङ गाउँपालिकामा भने कुनै सहकारी दर्ता नभएकोले माग नभएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।कृषि सामाग्री कम्पनी इलामको गोदाममा मौज्दातमा रहेको यूरिया र डिएपी भने इलाम नगरपालिका,देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकाले पाएका छन् ।असार ३ गते कोटा बाँडफाँड गरि इलाम नगरपालिकालाई ११ सय ३६ बोरा यूरिया र ६ सय ९३ बोरा डिएपी,देउमाई नगरपालिकालाई ६ सय बोरा यूरिया र १ सय ५० बोरा डिएपी,माईजोगमाई गाउँपालिकालाई २ सय बोरा यूरिया रहेको छ ।ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाका अनुसार यसरी प्राप्त भएको मल स्थानिय तहको मल वितरण ब्यवस्थापन समितिको निणर्य बमोजिम सहकारी र विक्रेताहरुले बजार मुल्य भन्दा सस्तोमा किसानहरुलाई विक्री गर्नुपर्नेछ ।कोटामा प्राप्त भएको मल स्थानिय तहले असार १० गते भित्रमा साल्ट ट्रेडिङ कर्पोरेशन विर्तामोडबाट उठाईसक्नुपर्ने छ।कतिपय स्थानिय तहले तोकिएको समयमा मल नउठाईदिदा अनुदानको मल पाउनबाट किसान वञ्चित हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।पछिल्लो फाल्गुनयता हरेक महिना सरकारले किसानका लागि अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ । ।साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनीमा दर्ता भएका सहकारीहरुले मात्र अनुदानको मल पाउने प्रावधान रहेको छ ।सरकारले उपलब्ध गराउने अनुदानको मलमा यूरिया प्रति केजी १४ रुपैयाँ,डिएपी ४३ रुपैयाँ र पोटास प्रतिकेजी ३१ रुपैयाँ पर्ने गर्छ ।सहकारीहरुले संचालन खर्च प्रति केजी १ रुपैयाँ र ढुवानी भाडा जोडेर मल विक्री गर्नुपर्नेछ ।तर इलामका कतिपय सहकारीहरुले अनुदानको मल धेरै महंगोमा बेच्ने गरेको र बास्तविक किसानले नपाउने गरेको गुनासो छ ।

TOP