जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

लुङ्खिम भाषाको प्रशिक्षण सम्पन्न

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
लुङ्खिम भाषाको प्रशिक्षण सम्पन्न

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका ११ मा लुङ्खिम राई भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लोप हुँदै गएको भाषालाई बचाउनका लागि सूर्योदय नगरपालिकाको आयोजनामा ३० दिने भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
लुङ्खिम राई समाजका अध्यक्ष जंग बहादुर राईको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यक्रमा वडा नं.११ का वडा अध्यक्ष सन्तोष राई , कार्यपालिका सदस्य लतादेवी अधिकारी, वडा समिति सदस्य पूर्ण बहादुर राई लगायतको उपस्थिति रहेको थियो । सूर्योदय नगरपालिकाको आर्थिक सहयोग तथा लुङ्खिम राई समाज नेपालको आयोजनमा सूर्योदय नगरपालिका १०, ११ र १२ भित्र बसोबास गर्ने ३० बढीलाई प्रशिक्षण दिइएको थियो ।
२०७८ सालमा भाषा आयोगले लुङ्खिम भाषाको शब्दकोष निमार्ण, वर्ण पहिचान र आधारभूत तहको पाठ्यपुस्तक निमार्ण गरी समाजलाई हस्तान्तरण गरिसकेको र सोको आधारमा भाषा विज्ञ अरुण कुमार राईले प्रशिक्षण गराउनु भएको जानकारी समाजका अध्यक्ष राईले जानकारी दिनु भयो ।कार्यक्रममा उप प्रमुख दुर्गा बरालले भाषा संस्कृति संरक्षण्मा नगरले सहयोग गर्ने बताउनु भयो ।

TOP