Hamropalika menu advertisement

इलामका बिभिन्न स्थानबाट ट्याक्टर जेसीबी सहित १७ वटा अटो पक्राउ

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
इलामका बिभिन्न स्थानबाट ट्याक्टर जेसीबी सहित  १७ वटा अटो पक्राउ

फिक्कल: नदी जन्य पदार्थ उत्खन्न गर्ने १ वटा जेसीभी. सहित ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी महमाईले माई नगरपालिका ७ स्थित माईखोला पुल नजिक जे.सी.बी. लगाई अबैध रुपमा खोला जन्य पदार्थ उत्खन्न गरी ओसार पोसार गरेको अवस्थामा प्रहरीले जेसीभी. सहित ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि माई नगरपालिकाको कार्यालय इलाममा बुझाएको हो ।


यस्तै जिल्ला प्रहरी कार्यालय इलामले बिना लाईसेन्स अटो चालकलाई नियन्त्रणमा लिन थालेको छ । बिना लाईसेन्स अटो चलाउदा दुर्घटना हुँदा समस्या हुँन थालेपछि त्यस्ता अटो चालकलाई नियन्त्रणमा लिन थालेको हो ।
जिल्लाका बिभिन्न स्थानमा चल्ने अटो रिक्सा चेक जाँच गर्ने क्रममा सवारी चालक अनुमतिपत्र नभई चलाएका १७ वटा अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यस्ता अटो रिक्सालाई लाईसेन्स प्राप्त चालक राखी संचालन गर्ने वा आफैले लाईसेन्स लिए पछी मात्र चलाउने गरी सम्बन्धीत सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनु भयो । प्रहरीले उक्त अभियान निरन्तर रुपमा संचालन गर्ने जनाएको छ ।

TOP