Hamropalika menu advertisement

इलामको माईजोगमाई गाउँपालिकामा रास्वपा बिस्तार हुँदै

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलामको माईजोगमाई गाउँपालिकामा रास्वपा बिस्तार हुँदै

डाईमण्ड तिम्सिना, फिक्कल:

इलामको माईजोगमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी बिस्तार हुँन थालेको छ । पार्टीले गाउँपालिकामा तदर्थ समिति गठन गरे संगै रास्वपा बिस्तार शुरु भएको हो ।पुराना राजनीतिक दलबाट वाक्क भएका र युवा पुस्ता पार्टीमा लागेको रास्वपाले जनाएको छ ।

माईजोगमाईमा रास्वपाले रन बहादुर खत्रीको संयोजकत्वमा ११ सदस्य गाउँ समिति गठन गरिएको छ । नयाँबजारमा भएको गाउँपालिका स्तरीय भेलामा रास्वपाका जिल्ला संयोजक प्रकाश सापकोटा,उपसंयोजक सन्तोष श्रेष्ठ, कोशी प्रदेश सदस्य नाङगेल लामा ,क्षेत्रीय सदस्य दुर्गा सुवेदी,अग्रज पत्रकार जीवन शर्मा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
नवगठित समितिः–
संयोजक–रन बहादुर खत्री
सह–संयोजक–बिरेन मोक्तान
सचिव –ख्याम भट्टराई
सह–सचिव –भावना निरौला
कोषाध्यक्ष –विकी मोदी
सदस्य–डम्बर कुमार महत
–––“–––बाल कुमार राई
––––“––टंकराज निरौला
––“––निर्मला योन्जन
––“––आशिष भण्डारी
––“––टेक बहादुर कठेत

उक्त भेलाले माईजोगमाई गाउँपालिका – १–३–५ को वडा संयोजक र सह– संयोजक समेत तोकेको छ।वडा न–१ संयोजक –मोहन सुवेदी÷सह संयोजक–लिला निरौला,वडा न–३ संयोजक बिमल काफ्ले सह–संयोजक–पितम्बर पौडेल,वडा न–५ संयोजक–कोकिला चापागाईं रहनु भएको छ ।
बाँकी रहेका गाउँपालिका सदस्य अर्को बिस्तारित बैठकले थप गर्ने रास्वपाका सदस्य गुरुराज काफ्लेले बताए ।गाउँपालिकामा समितिले पूर्णता पाएपछि ६ वटै वडामा वडा समिति गठन गर्ने र पूर्णता दिने भएको छ ।रास्वपाले भ्रष्टाचार बिरुद्धको अभियानमा जोडिएर नागरिकको साझा समस्याका मुद्धा उठान समेत आग्रह गरेको छ ।

TOP