पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

नेपाली कांग्रेस सूर्योदयको प्रथम नगर सम्मेलन सम्पन्न

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
नेपाली कांग्रेस सूर्योदयको प्रथम नगर सम्मेलन सम्पन्न

फिक्कल: इलाम नेपाली कांग्रेस सूर्योदयको प्रथम नगर सम्मेलन बिहीबार सम्पन्न भएको छ । १४ वटै वडामा वडा सम्मलेलन सकेको नगर समितले जिल्लामै पहिलो नगर सम्मेलन गरेको हो ।
नगर सभापती जिवन कुमार नेपालको अध्यक्षतामा सम्पन्न नगर सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले अहिले आम जनमानसमा जुन किसिमको राजनीतिक वितृष्णा जागेको भनिएको छ त्यो सत्य नभएको बताउनु भयो । नगर सम्मेलन उद्घाटनका क्रममा उहाले नेपाली कांग्रेस पार्टीलाई अझ मजबुत ढंगले अगाडि बढाउन मार्गचित्र बनेकाले कार्यकर्तालाई विचलित नहुन आग्रह गर्नु भयो । उहाले तल उठेका सवालमा केन्द्रमा छलफल गरिने जानकारी दिनु भयो
यस्तै पार्टीका जिल्ला सभापति डम्बरबहादुर खड्काले देशमा परेको सबैजसो संकटमा नेपाली कांग्रेस नै चाहिने भएकाले पार्टीलाई बलियो बनाएर लैजानु पर्नेमा जोड दिनु भयो ।पुर्व जिल्ला सभापती एवम महासमिति सदस्य केशव थापाले पार्टीको भन्दा नेताको कमीकमजोरीले गर्दा पार्टी विग्रिएको र यसलाई समाल्न केन्द्रीय नेताको मति सप्रिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य टिकाराम लाप्चा, जिल्ला उपसभापति खगेन्द्र देवान, महासमिति सदस्य भेसराज आचार्य महासमिति सदस्य हिमालय कर्मचार्य लगायत पाटीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

TOP