इलाम सहित २१ जिल्ला पहिराको उच्च जोखिममा – Hamropalika
प्रदेश रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप प्रदेश इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का प्रदेश वर्तमान सत्ता गठबन्धन माघ कट्दैनः कांग्रेस महामन्त्री गगन थापा जीवनशैली बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा प्रदेश इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच प्रदेश पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा प्रदेश वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र प्रदेश आचारसंहिता विपरित इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’ अभियान पर्यटन इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु पालिका विशेष ‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा
Hamropalika menu advertisement

इलाम सहित २१ जिल्ला पहिराको उच्च जोखिममा

  • प्रकाशित मितिः May 13, 2024
  • hamro_palika

इलाम: सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ । विगतको तथ्याङ्क, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमानलगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो मनसुनका समयमा नेपालका २१ जिल्ला पहिरोको उच्च जोखिममा छन् भने अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा छन् ।

प्राधिकरणका अनुसार २२ जिल्ला भने बारम्बार बाढीबाट प्रभावित भएका पाइएको छ । यस्तै सात जिल्ला बाढीपहिरो दुवैबाट प्रभावित हुँदै आएको प्राधिकरणका कर्याकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । आउँदो मनसुनको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाले यस वर्ष १२ लाख ५० हजार मानिस विपदबाट प्रभावित हुने आँकलन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जल तथ मौसम विज्ञान विभागले यस वर्ष देशभर नै मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने अनुमान सार्वजनिक गरिसकेको छ ।

“औसतभन्दा कम पानी पर्ने भन्दैमा पानी नै नपर्ने र बाढी पहिरो नआउने भन्ने होइन”, विभागका महानिर्देशक कमलराम जोशीले भन्नुभयो, “उत्तिकै सावधानी अपनाउनु जरुरी छ ।” अध्ययनपश्चात् गरिएको आँकलनका आधारमा गत वर्ष २० लाख मानिस प्रभावित हुने भनिएकामा यस वर्ष त्यो सङ्ख्या केही घट्ने देखिएको भन्दै यस वर्ष १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरिएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक जोशीका अनुसार नेपालमा मनसुनजन्य विपद्का कारण भारी वर्षा हुनुका साथै बाढी पहिरोको जोखिम हुन्छ ।

मनुसनको अवधिमा झाडापखाला, हैँजाजस्ता पानीजन्य रोगको सङ्क्रमण बढ्नुका साथै सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिलाई पनि तयारी अवस्थामा राख्नुपर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।

उच्च जोखिममा रहेका जिल्ला

विगतको तथ्याङ्क, बारम्बार मनसुनको समयमा पहिरो गइरहेका र यस वर्षको मनसुनसम्बन्धी पूर्वानुमानका आधारमा बाढीबाट उच्च जोखिममा पर्ने जिल्लाको सूची सार्वजनिक गरिएको छ । उच्च जोखिममा परेका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेका छन् ।

मध्यम जोखिममा रहेका जिल्ला

यस्तै, प्राधिकरणले पहिरोको मध्यम जोखिममा रहेका जिल्लाको सूची पनि सार्वजनिक गरेको छ । जसअनुसार ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सोलुखुम्बु, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व, डोल्पा, जुम्ला, मुगु, कालीकोट, हुम्ला, सल्यान, जाजरकोट, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, र दार्चुला छन् ।

बारम्बार बाढी गइरहेका जिल्ला

बारम्बार बाढीबाट प्रभावित हुने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । तराईका केही जिल्लामा भने पछिल्ला समयमा बाढीको प्रभाव कम हुँदै गएको प्राधिकरणले जनाएको छ । बाढीपहिरो दुवैबाट प्रभावित जिल्लामा सिन्धुली, काठमाडौँ, सिन्धुपाल्चोक, कास्की, बझाङ, बाजुरा, र उदयपुर छन् ।

यसपटक भित्रिन लागेको मनसुनका समया हुने विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकायअन्तर्गत खोज र उद्धार जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । विभिन्न निकायअन्तर्गत रहेका विपद्का समयमा उद्धार तथा राहतसँग सम्बन्धित स्रोतसाधन तथा आवश्यक यन्त्र, उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।

बहुप्रकोपीय जोखिम आँकलन विधि तथा कार्ययोजना तयार गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रीय तथ्याङ्क कार्यालय, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भू–गर्भ विभाग एक कार्यदल पनि गठन भएको छ ।

तातो हावाको लहरबाट उत्पन्न परिस्थितिका सम्बन्धमा प्रभावितलाई सहयोग पुर्‍याउन तत्काल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सङ्घीय निकाय, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ । रासस

TOP