जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पाथीभराको अनियमितता छानविन गर्न समिति गठन, २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
पाथीभराको अनियमितता छानविन गर्न समिति गठन, २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन

फिक्कल: जिल्ला प्रशासन कार्यालय इलामले पाथीभराको हिसाव छानविन गर्न मंगलबार एक समिति बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालय , शहरी बिकास तथा भवन निर्माण कार्यालय , अडिटर एसोसीएसन र गाउँपालिकाका प्रतिनिधि रहने गरी समिति बनाएको हो ।
प्रशासनले संस्था दर्ता ऐन २०३४ को दफा १०(१) अनुसार समितिले २५ दिन भित्रमा अनियमितताको सत्यतथ्य छानविन गरी प्रतिवेदन बुझाउन समय दिएको छ । प्रशासनले उक्त समितिले माग गरेको समयमा पाथीभरा संरक्षण संस्थाले सबै हिसावकिताव दिनु पर्ने, बैंक र लकरको समेत विवरण लिने, समितिले निर्माण गरेको कार्यको प्राविधिक नापजाँच गराउने, २०७३ श्रावण १ गते देखि २०७९ माघ मसान्त सम्मको हरहिसाव हेर्नु पर्ने निर्णय गरेर समितिलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनु भयो । उहाका अनुासर समितिले जेठ ३२ गर्ते गर्ने भनीएको साधारण सभा समेत लेख परीक्षण प्रतिवेदन र समितिको छानविन प्रतिवेदन सार्वजनिक गरे पछि मात्र गर्न निर्देशन दिएको जानकारी दिनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक ध्रुव प्रसाद कोईरालाले समितिले तत्काल काम थाल्ने जानकारी दिनु भयो । गाउँपालिकाले भने उक्त समितिको सदस्य तोक्न वाँकी छ ।

TOP