कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पाथीभराको अनियमितता छानविन गर्न समिति गठन, २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन

  • प्रकाशित मितिः November 9, 2025
  • हाम्रो पालिका
पाथीभराको अनियमितता छानविन गर्न समिति गठन, २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन

फिक्कल: जिल्ला प्रशासन कार्यालय इलामले पाथीभराको हिसाव छानविन गर्न मंगलबार एक समिति बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालय , शहरी बिकास तथा भवन निर्माण कार्यालय , अडिटर एसोसीएसन र गाउँपालिकाका प्रतिनिधि रहने गरी समिति बनाएको हो ।
प्रशासनले संस्था दर्ता ऐन २०३४ को दफा १०(१) अनुसार समितिले २५ दिन भित्रमा अनियमितताको सत्यतथ्य छानविन गरी प्रतिवेदन बुझाउन समय दिएको छ । प्रशासनले उक्त समितिले माग गरेको समयमा पाथीभरा संरक्षण संस्थाले सबै हिसावकिताव दिनु पर्ने, बैंक र लकरको समेत विवरण लिने, समितिले निर्माण गरेको कार्यको प्राविधिक नापजाँच गराउने, २०७३ श्रावण १ गते देखि २०७९ माघ मसान्त सम्मको हरहिसाव हेर्नु पर्ने निर्णय गरेर समितिलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनु भयो । उहाका अनुासर समितिले जेठ ३२ गर्ते गर्ने भनीएको साधारण सभा समेत लेख परीक्षण प्रतिवेदन र समितिको छानविन प्रतिवेदन सार्वजनिक गरे पछि मात्र गर्न निर्देशन दिएको जानकारी दिनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक ध्रुव प्रसाद कोईरालाले समितिले तत्काल काम थाल्ने जानकारी दिनु भयो । गाउँपालिकाले भने उक्त समितिको सदस्य तोक्न वाँकी छ ।

TOP