फिक्कल: इलामको रोङ गाउँपालिकाको कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभराको हिसावकिताब पुरानो समितिले हिनामिना गरेको भन्दै छानविनको माग गरिएको छ ।पाथीभराको पुरानो समिति पाथीभरा संरक्षण संस्थाले गाउँपालिकालाई हिसाव नबुझाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवाईमा स्थानीय राजनीतिक दलले मंगलबार गाउँपालिकालाई हिसाव सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुँन ।
राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रोङ गाउँ कमिटिले गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोलाई पारदर्शी रुपमा पाथीभराको हिसाव सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण गराएका हुँन । ध्यानाकर्षण पत्र बुझाउदै स्थानीय राजनीतिक दलले दाताले चढाएको भेटीमा समेत घोटला भएको भन्दै छिटो छानविन गरी सार्वजनिक गर्न माग गरिएको नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सदस्य बृहस्पती खतिवडाले जानकारी दिनु भयो । उहाले राष्ट्रिय स्वतन्त्र पार्टीले थालेको राम्रो कामलाई पालिकाका सबै राजनीतिक दलले साथ दिएको बताउनु भयो ।
ध्यानाकर्षण पत्रमा राष्ट्रिय स्वतन्त्र पाटीका रोङका अध्यक्ष मिलन चाम्लिङ ,नेकपा एमालेका अध्यक्ष खड्ग आले , नेकपा समाजवादी(एस)का रोङ अध्यक्ष सम्भु दाहाल ,नेपाली काग्रेस रोङका सचिव एघा अर्याल लगायत माओवादी केन्द्रका प्रतिनिधले हस्ताक्षर गरेका छन ।
ध्यानाकर्षण पत्रमा पाथीभराको हिसाव सार्वजनिक गराउन पालिकालाई माग गर्दै सबै राजनीतिक दलले गाउँपालिकाले पाथीभरालाई पारदर्शी रुपमा संचालन गर्न माग गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी रोङका अध्यक्ष मिलन चाम्लिङले पाथीभरा जस्तो पवित्र संस्थामा घोटला भैरहदा पालिकाले आफनो मातहतमा पाथीभरा ल्याएर छाविन गर्न जिल्ला प्रशासन कार्यालय इलामलाई आग्रह गर्दा जिल्ला प्रशासन कार्यालय समेत प्रभावमा परेको बताउनु भयो ।
गाउँपालिकाले केहि समय अघि कानुन निर्माण गरी कार्यपालिकाबाट पास गरेर पाथीभरामा नयाँ समिति निर्माण गरेर पाथीभरालाई गाउँपालिकाको मातहतमा ल्याएको थियोे । पालिकाले पटक पटक हिसाव बुझाउन पुरानो समितिलाई पत्रचार गरे पछि समितले गत १४ गते साधारण सभा गराई हिसाव बुझाउने भने पनि अन्तिम समयमा आएर समिति अध्यक्ष दौलत कुमार र्राइले हिसाव बुझाउन नमाने पछि बिवाद शुरु भएको थियो ।
पुरानो समितिले १९ महिनाको हिवास बुझाउन वाँकी छ भने पुरानो पाथीभरा संरक्षण संस्था २०७३ साल देखि नविकरण समेत नभएको पाईएको छ । संस्थाले आन्तरिक लेखा परीक्षण समेत नगराएको पाईए पछि अहिले गाउँपालिकाले लेखा परीक्षक नियुक्त गरेर लेखा परीक्षणको काम गरीरहेको छ ।
पुरानो समितले हिसाव नबुझाए पछि पालिकाले केहि दिन अघि जिल्ला प्रशासनलाई पत्र लेख्दै पाथीभराको सम्पती नियन्त्रणमा लिएर छानविन गर्न माग गरेको थियो । तर, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले छानविन गर्नुको सट्टा पुरानो समितिलाई बल पुग्ने गरी दुबै समितिलाई छलफलमा मात्र बोलाए पछि बिवाद चर्कीएको थियो । प्रजिअ पोखरेलले गाउँपालिकालाई पत्र लेखि छलफलमा बोलाए पछि पाथीभराको बिषय थप विवादित बनेको छ ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारलाई बेवास्ता गर्दै नविकरण समेत नभएको संस्था संग समान हैसियतमा बोलाए पत्र काट्ने अधिकार प्रजिअ संग नरहेको बताउनु भयो । उहाले भन्नु भयो ‘संघीयताको मर्म बिपरीत काम गर्ने अ्रजिअ बिरुद्ध इलामका १० वटै पालिका आन्दोलीत बन्ने तयारी छ ।’उहाले प्रजिअले तत्काल निर्णय नसच्याए प्रजिअलाई बहिस्कार गर्ने सम्माका आन्दोलन पालिकाहरुले गर्ने जानकारी दिनु भयो ।
पाथीभरालाई गाउँपालिकाको मातहतमा ल्याएर नयाँ समितिले काम गर्न थाले पछि १ सय दिनमा ७४ लाख बढी रकम आम्दानी भएको छ । उता पुरानो समितिले यस अघिको रकम करिव ४७ लाख मात्र समिति संग भएको जनाउदै आएको छ । त्यसमा पनि हाल १५ लाख रुपियाँ मात्र समितिको खातामा रहेको बुझिएको छ ।
पुरानो समितिले गरेका कामको लेखा परीक्षण गराउदा काटीएका रसिदमा केरमेट भएको, टिपेक्स लगाईएको, अंक फरक परेको पाईएको छ । नगद र जिन्सी दुबैमा घोटला भएको अनुमान गरिएको छ । गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार एकल अधिकार सूचीमा राखेर पाथीभरालाई गाउँपालिकाले आफनो अधिनमा ल्याएको जानकारी दिनु भयो ।
‘स्थानीय सरकारको अधिकार माथी सीडियोले हस्तक्षेप गर्ने होईन, छाविनमा सहयोग गर्ने हो’उपाध्यक्ष खवासले भन्नु भयो ।
उक्त अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गाउपालिकालाई मितब्ययी बन्न, ठूला आयोजना संचालन गर्न , जनप्रतिनिधिले लिदै आएको अनुगमन शिर्षकको भक्ता कटाउन, शिक्षा , स्वास्थ्यमा जनताको पहुँच पुग्ने गरी काम गर्न सुझाव दिएको छ । अध्यक्ष स्याङ्बोले रास्वपा सहित सबै दलले दिएको सुझावका आधारमा काम गर्ने प्रतिवदद्धा ब्यक्त गर्नु भएको छ । कार्यक्रममा इलाम र झापाका ४० बढी पत्रकारको सहभागीता रहेको थियो ।