जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण


फिक्कल: इलामको सूर्योदय नगरपालिका ९ मा रहेको बिष्णुज्योति आधारभूत बिद्यालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरिएको छ । स्थानीय खेटकुमारी सापकोटाले निजि लगानीमा बिद्यालय परिसरमा निर्माण गर्नु भएको मन्दिर एक कार्यक्रमको आयोजना गरी पुजा गरेर बिद्यालयलाई हस्तान्तरण गरिएको हो । सापकोटाले आफुले पाएको सामाजिक सुरक्षा भत्ताबाट बचाएर मन्दिर निर्माण गर्नु भएको हो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बेदप्रसाद दुलालको अध्यक्षता तथा वडाध्यक्ष देवेन्द्र शर्माको प्रमुख आतिथ्यता र मन्दिर निर्माण कर्ता सापकोटाको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष शर्माले बृद्ध आमाले बिद्यालय प्रति देखाउनु भएको सदभाव सबैका लागि अनुकरणीय भएको बताउनु भयो । कार्यक्रममा बिद्यालयको आय-ब्यय अर्चन ढुंगानाले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तब्य बिद्यालयका प्रधानाध्यापक संगीता घिमिरेले राख्नु भएको थियो ।

TOP