जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान

फिक्क्ल: सूर्योदय नगरपालिकाको शिक्षा क्षेत्रमा गरिने बाह्र महिना बाह्र कार्यक्रम अन्र्तगत हस्त लेखन प्रतियोगिता शुक्रबार फिक्कल माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । हस्त लेखन प्रतियोगितामा छनोट चरण पार गरेर आएका नौ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।


१८ जना विद्यार्थीहरुले नेपाली र अंग्रेजी हस्तलेखनमा सहभागीता जनाएका थिए। प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका एक समुह र कक्षा ६ देखि ८ सम्मका विधाथीहरूले सहभागीता जनाए थिए। प्रतियोगितामा १ देखि ५ मध्ये प्रकृति कट्टेल प्रथम बालगुरू ज्ञानविज्ञान विद्यालय, सुम्निमा राई दोस्रो पञ्चकन्या अंग्रेजी विद्यालय, मुनिशा थापा अरुणोदय अंग्रेजी विद्यालय तेस्रो भएका थिए ।
पहिलो दोस्रो र तेस्रो हुने विधार्थीलाई नगद ५ हजार, ३ हजार र २ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसै गरी मेयर शिक्षा सुधारकोष अर्न्तगत छात्रवृतिका लागि सूर्योदय नगरपालिका भित्रका शैक्षिक संस्थामा अध्यनरत १२ जना विद्यार्थी तथा अविभावक सँग औपचारिक सम्झौता नगर प्रमुख रण बहादुर राईले गर्नु भएको थियो।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न खेलकुद विद्यामा पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्ने सूर्योदय नगरपालिकाका खेलाडीलाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरेको जानकारी शिक्षा शाखाका प्राविधिक साहायक नविन पौड्यालले दिनुभयो ।
सोहि अवसरमा नगरपालिकाले विभिन्न शैक्षिक क्षेत्र ९ प्राविधिक ० को बाह्र जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको छ। विद्यार्थी श्री संगम दर्जी पशु विज्ञान विषयमा अध्ययनरत विद्यार्थीलाई ३ बर्षको निम्ति ९०,००० , कन्चना आचार्य बन विज्ञान विषयमा अध्ययनरत छात्रालाई ३ बर्षको निम्ति ९०,००० , स्नेहा खड्का सिए अध्ययनरत छात्रालाई ५०,००० लगायत अन्य गरी पाचँ लाख बाह्र हजार उपलब्ध गराइएको छ।


शिक्षा युवा तथा खेलकुद शाखा सूर्योदय नगरपालिकाको आयोजनामा नगर खेलकुद विकास समितिका अध्यक्ष सौरभ आचार्यको अध्यक्षता , नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता, वडा नं. २ का वडा अध्यक्ष एव सामाजिक विकास समितिका संयोजक डिक बम्जन, वडा नं.३ का वडा अध्यक्ष लोक बहादुर प्रधान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र वास्तोला, सूर्योदय शिक्षा शाखाका स्रोत व्यक्ती सुर्दशन प्रसाद खतिवडा, सूर्योदय नगरपालिकाका खेलकुद प्रशिक्षक एव अन्तराष्ट्रिय कराँते प्रशिक्षक प्रदिप सैजु, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितीमा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रमको अवसर पारेर खेलाडी सम्मान, मेयर शिक्षा सुधारकोष छात्रवृतिका लागि सम्झौता, आई सि.टि. ल्याब सामग्री वितरण तथा खेलकुदमा प्रयोग गरिने म्याट वितरण गरिएको थियो।

TOP