जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक

इलामः इलाम जिल्लाकोे आन्तरिक सडकको यात्रु भाडा दर सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले जिल्ला भित्रका १ सय २२ सडकमा जीप यात्रु भाडा दर फेसबुक पेजमा सार्वजनिक गरेको छ । गएको जेठ ८ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको संयोजकत्वमा बसेको जिल्ला यातायात ब्यवस्थापन समितिले इलामदेखि ताप्लेजुङ, पाँचथर, र झापासम्मको यतायात ब्यवसायी, यतायात मजदुरसँगै सरोकारवाला निकायको व्यापक उपस्थितिमा नयाँ यात्रु भाडा दर निर्धारण गरेको थियो ।

यस अघि इलामदेखि ताप्लेजुङ, पाँचथर र झापाको यात्रु भाडा दर मात्र सार्वजनिक गरेको थियो । यसका साथै सार्वजनिक यातायातका साधनले अनिवार्य रूपमा यात्रु टिकटको व्यवस्था गरी कार्यान्वयन गर्ने, सवारी साधनमा प्राथमिक उपचाको साधन राख्नु पर्ने, क्षमता भन्दा बढी यात्रु सवार नगराउने, ट्राफिक चेक सडकको फराकिलो स्थानमा गर्नु पर्ने सुचनामा उल्लेख छ ।

यात्रुलाई गन्तव्य स्थानसम्म अनिवार्य रूपमा पुर्‍याउनु पर्ने, सवारी चालक तथा सहचालकले यात्रुलाई मर्यादित व्यवहार गर्नुपर्ने लगायतको छ बुँदाको सहमती समेत कार्यान्वयन गर्नुपर्ने सूचनमा उल्लेख छ । यस्तै, जिल्ला प्रहरी कार्यालयले फेसबुक पेजमा सूचना जारी गर्दै तोकिएको भाडा भन्दा बढी शुल्क लिए प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

यात्रामा भाडा शुुल्क बढि मागेमा जोरकलश किटेनी र गोलाखर्क भञ्ज्याङ चेक पोष्टमा जानकारी गराउँन भनेको छ । यसका साथै जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल सम्पर्क नम्बर ९८५२६८०७१० पुलिस सञ्चारको सम्पर्क नम्बर ९८५२६९००३० र ट्राफिक कार्यालय इलामको सम्पर्क नम्बर ९८५२८३२२४८ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

TOP