इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक – Hamropalika
पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ पालिका विशेष बिद्यार्थीलाई ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई अर्थ वाणिज्य गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो
Hamropalika menu advertisement

इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक

  • प्रकाशित मितिः December 2, 2023
  • hamro_palika

इलामः इलाम जिल्लाकोे आन्तरिक सडकको यात्रु भाडा दर सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले जिल्ला भित्रका १ सय २२ सडकमा जीप यात्रु भाडा दर फेसबुक पेजमा सार्वजनिक गरेको छ । गएको जेठ ८ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको संयोजकत्वमा बसेको जिल्ला यातायात ब्यवस्थापन समितिले इलामदेखि ताप्लेजुङ, पाँचथर, र झापासम्मको यतायात ब्यवसायी, यतायात मजदुरसँगै सरोकारवाला निकायको व्यापक उपस्थितिमा नयाँ यात्रु भाडा दर निर्धारण गरेको थियो ।

यस अघि इलामदेखि ताप्लेजुङ, पाँचथर र झापाको यात्रु भाडा दर मात्र सार्वजनिक गरेको थियो । यसका साथै सार्वजनिक यातायातका साधनले अनिवार्य रूपमा यात्रु टिकटको व्यवस्था गरी कार्यान्वयन गर्ने, सवारी साधनमा प्राथमिक उपचाको साधन राख्नु पर्ने, क्षमता भन्दा बढी यात्रु सवार नगराउने, ट्राफिक चेक सडकको फराकिलो स्थानमा गर्नु पर्ने सुचनामा उल्लेख छ ।

यात्रुलाई गन्तव्य स्थानसम्म अनिवार्य रूपमा पुर्‍याउनु पर्ने, सवारी चालक तथा सहचालकले यात्रुलाई मर्यादित व्यवहार गर्नुपर्ने लगायतको छ बुँदाको सहमती समेत कार्यान्वयन गर्नुपर्ने सूचनमा उल्लेख छ । यस्तै, जिल्ला प्रहरी कार्यालयले फेसबुक पेजमा सूचना जारी गर्दै तोकिएको भाडा भन्दा बढी शुल्क लिए प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

यात्रामा भाडा शुुल्क बढि मागेमा जोरकलश किटेनी र गोलाखर्क भञ्ज्याङ चेक पोष्टमा जानकारी गराउँन भनेको छ । यसका साथै जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल सम्पर्क नम्बर ९८५२६८०७१० पुलिस सञ्चारको सम्पर्क नम्बर ९८५२६९००३० र ट्राफिक कार्यालय इलामको सम्पर्क नम्बर ९८५२८३२२४८ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

TOP