जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

फिक्कल: इलाम जिल्लामा तैनाथ श्री रणशार्दूल गणले सूर्योदय नगरपालिका १० को श्री कृष्ण आधारभूत विद्यालयलाई शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको छ । गणले आईतबार बिद्यालयमै आएर २५ हजार रुपैया बराबरको शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीय जनसमुदायको उपस्थितीमा उक्त सामग्री गणपति प्रमुख सेनानी सुनिल सुबेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मार्फत विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो । बि.सं. २००९ सालमा स्थापना भई विविध कारणले बि.सं. २०७३ सालदेखि बन्द रहेको उक्त विद्यालय यसै शैक्षिक सत्रबाट पुनः संचालनमा आएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर बहादुर कुलुङले नेपाली सेनाबाट बिद्यालयले सहयोग पाएकोमा खुशी ब्यक्त भयो । उहाले यस्ता कार्यक्रमबाट नागरिक–सैनिक सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउन सहयोग पुग्ने समेत उल्लेख गर्नु भएको थियो । नेपाली सेनाले बिभिन्न समयमा बिद्यालयलाई यस्ता सहयोग गर्दै आएको छ ।

TOP