कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः November 9, 2025
  • हाम्रो पालिका
नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

फिक्कल: इलाम जिल्लामा तैनाथ श्री रणशार्दूल गणले सूर्योदय नगरपालिका १० को श्री कृष्ण आधारभूत विद्यालयलाई शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको छ । गणले आईतबार बिद्यालयमै आएर २५ हजार रुपैया बराबरको शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीय जनसमुदायको उपस्थितीमा उक्त सामग्री गणपति प्रमुख सेनानी सुनिल सुबेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मार्फत विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो । बि.सं. २००९ सालमा स्थापना भई विविध कारणले बि.सं. २०७३ सालदेखि बन्द रहेको उक्त विद्यालय यसै शैक्षिक सत्रबाट पुनः संचालनमा आएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर बहादुर कुलुङले नेपाली सेनाबाट बिद्यालयले सहयोग पाएकोमा खुशी ब्यक्त भयो । उहाले यस्ता कार्यक्रमबाट नागरिक–सैनिक सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउन सहयोग पुग्ने समेत उल्लेख गर्नु भएको थियो । नेपाली सेनाले बिभिन्न समयमा बिद्यालयलाई यस्ता सहयोग गर्दै आएको छ ।

TOP