जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा

गोबिन्द पौडेल रोङ: चुनावी प्रतिबद्धता अनुसार वडाका हरेक टोलवासीले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् ।भौगोलिक बिकटता रहेको रोङ गाउाँलिका वडा न ६ मा हरेक महिना टोल स्तरीय घुम्ती स्वास्थ सेवा सचालन गर्ने प्रतिबद्धता गरेका वडाध्यक्ष सत्यम राई चौरासेले वडामा कार्यरत जनशक्ति परिचालन गर्दै दर्जन भन्दा बढी स्थानमा घुम्ती स्वास्थ सेवा सचालन गर्न थालेपछि असक्त,जेष्ट नागरिक,दिर्घरोगी गरि हालसम्म करिव ९ सय ५० बढीले सहज स्वास्थ्य सेवा पाइसकेको वडा सचिव एव स्वास्थ्यकर्मी लेनिन खतिवडाले बताए ।
भोगोलिक बिकटता र ठुलो भूगोल रहेको वडा न ६ मा एक स्वास्थ्य चौकी,एक आधारभुत स्वास्थ्य केन्द्र,र एक सामुदायिक स्वास्थ्य इकाईमा सात जना स्वास्थ्यकर्मी रहेका छन् । यिनै जनशक्तिको प्रयोग गरि खारखोला,बन्सुव पाटापुर,लामिटार,कुवापानि जौवारी ,पुमाटोल,थर्पुबजार,साजबोटे,रामभेडे लगायतका दुर्गम टोलमा सेवा प्रवाह गरिने गरिएको छ । वडाको कार्ययोजना अनुसार टोलमा गएर सुगर प्रेसर जाँच सहित परामर्ष सेवा , अति अशक्त र जेष्ट नागरिकको घरघरमै गएर सेवा प्रवाह गर्ने गरेको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख बिकाश गजमेरले बताए ।
सिमित साधन र श्रोतको प्रयोग गरेर चुनावी प्रतिबद्धता पुरा गर्न आफु लागिपरेको वडाध्यक्ष सत्यम राईको भनाई रहेको छ ।सहज रुपमा गाउँमै स्वास्थ सेवा नियमित रुपमा पाउन थालेपछि धेरै सहज भएको ८२ बर्षिय जेष्ट नागरिक शेर बहादुर घिमिरेले वताए ।

TOP