इलामको माईमा आगलागिबाट १० लाखको क्षति – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

इलामको माईमा आगलागिबाट १० लाखको क्षति

  • प्रकाशित मितिः June 1, 2023
  • hamro_palika

माई : इलामको माई नगरपालिका–२ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर विहिवार जलेर नष्ट भएको छ । करिब ३ बजेतिर घरमा अचानक आगोलागि भएको हो । घर जलेर नस्ट हुँदा १० लाख माथीको क्षति भएको अनुमान गरिएको छ। लिम्बूको ६ वटा कोठा भएको दुई तले घर आगलाीमा परि नस्ट भएको हो ।

आगलागि के कारण भएको हो खुल्न सकेको छैन । चार जनाको परिवार बस्दै आएको लिम्बूको परिवारमा कोही नभएको समयमा आगलागि भएको हो । बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । लिम्बूको घरमा रहेको करिव ३० मन धान, चाँदीको गरगहना, लत्ता कपडा, भाडाबर्तन लगायत जलेर नस्ट भए ।

आगलागिको माई २ का वडाध्यक्ष उर्दबहादुर राई, वडा सचिव बिष्णु कट्टेल, वडा सदस्य कुन्ता पाण्डे, नेपाल प्रहरीको टोली लगायतले स्थलगत अनुगमन गरि क्षतिको विवरण लिएको हो । आगलागिबाट मानवीय क्षति भएन ।

TOP